Slider

Videos

News

Interview

Society

International

Sports

Photo Gallery

नेपालगन्जकै मुटु होटल सिद्धार्थमा होली कार्यक्रम भब्यताका साथ सम्पन्न ।

सुरज खड्का,,
नेपालगन्ज  –
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व मंगलबार तराई भेगका जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदैछन । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङहरु खेली मनाउने परम्परा छ ।

यसै अवसरमा नेपालगन्ज होटल सिद्धार्थमा पनि होलीपर्वलाई  रङ्गीबिरङ्गी पोशाकमा सजिएर सिद्धार्थ ग्रुपका सपरिवार भेला भई भब्यताका साथ होली कार्यक्रमलाई सफल पारेका छन।

यस वर्ष कोरोना भाइरसको प्रभाव विश्वव्यापीरूपमा बढ्दै गएकाले यस् फागु पर्वमा पानी र लोला जन्य पदार्थ  प्रयोग नगर्न सिद्धार्थ होटलका जनरल म्यानेजर सन्तोष न्यौपानेको आह्वानमा एकअर्कालाई रङ दलेर मायाको भाबलाई साटासाट गरि भब्यताका साथ होली कार्यक्रम सम्पन्न भयको  छ । नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन होटल सिद्धार्थ नेपालगन्जका जनरल म्यानेजर सन्तोष न्यौपानेले अनुरोध गर्नु भयको थियो ।

त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफै भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएकको हुदा  एक आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङहरु का साथै  स्वादिलो भोजनका साथ होटल सिद्धार्थमा नै भब्यताका साथ मनाइयो

आठौ तला माथि थारु कल्चरमा सजियको चारतारे होटलको रूफटप रेष्टुरेण्ट जहाँबाट नेपालगञ्ज नियाल्न सकिन्छ ।

२३ फागुन २०७६ शुक्रबार
सुरज खड्का


नेपालगञ्जकै सबैभन्दा उचो स्थान अर्थात आठौं तलामा सिद्धार्थ समूहको यो चार तारे होटलमा रहेको  रेष्टुरेण्ट कला, संस्कृतिका धनी आदिवासी थारु समुदायको ‘कल्चर’को संयोजन गरेर निकै कलात्मक शैलीमा निर्माण भयको रुफ्टप रेष्टुरेण्टले  पाहुनालाई नयाँपन दिने प्रयास गरेको बताउनुहुन्छ  सिद्धार्थ बिजनेश ग्रुपका क्षेत्रीय प्रबन्धक केशव न्यौपाने । उहाँ भन्नुहुन्छ–‘हाम्रा सेवाग्राहीले यस क्षेत्रको कला,संस्कृतिका बारे जान्न पाउनु भन्ने उदेश्य राखेर यसो गरेका हौं ।
माटोले पोतेको भित्तामा लहरै  हात्ती र घोडाका आर्कषक चित्र ! त्यही भित्ताको दक्षिणतर्फ ‘लडिया’ को पांग्रालाई कालो रङ्गले पोतियका । रेष्टुरेन्टको छानोलाई ढकिया,पुराना काठले सजाएको दृश्य  । कोठा भित्र छिर्ने बित्तिकै जोकोहीको र नजरमा यिनै कुरामा पर्छन । झट्ट हेर्दा आदिवासी थारु समुदायको घर वा संग्राहलयमा पुगेको भान हुने यो ठाउँ हो,नेपालगञ्ज–१८ कारकादोमा रहेको चार तारे हो सिद्धार्थको ‘रुफ्टप रेष्टुरेण्ट’ हो।
रुफ्टपमा आउने पाहुनाहरु डुङ्गामा बसेर तस्बिर खिचाउन मनपराउने र माटोले पोतेर कुदेको आर्कषक चित्रहरु नियाल्न । सिद्धार्थ ग्रुपले गरेको सानो काम तर पाहुनाले निकै रुचीपूर्वक नियाल्नुहुन्छ ।’– न्यौपानेले भन्नुभयो । सिद्धार्थको नयाँपन दिने कामले पश्चिमका आदिवासी थारु समुदायको संस्कृतिक चिनाउने अवसर प्राप्त त भएको छ नै होटलमा आउने भिआईपी ग्राहकलाई पनि नयाँ कुरा जान्ने अवसर पाएका छन् ।

आठौ तला माथि बनाएको रेष्टुरेण्टबाट नेपालगञ्ज नियाल्न सकिने । बाहिरका दृश्य अवलोकन गर्दै कफीको चुस्की लिनुको मज्जा नै बेग्लै रहेको रेष्टुरेन्ट  यहाँ टिपिकल नेपालीखाना लगायत  बिभिन्न देशका खानाको स्वाद लिन पाईन्छ । त्यहाँ आउने सेवाग्राहीले  जापनिज, कोरियन, इटालियन, थाई, जस्ता बिश्वबिख्यात खानाको लाभ लिन सक्ने छन् र साथै  बर्षायाममा हरिया फाँट र सफा मौसममा चुरे पहाडको दृश्य हेर्दाको छुट्टै मज्जा छ ।

मानिसको उमेर बढ्दै गएपछि ‘सिंगल’ बस्ने चाहाना पनि बढ्छः एक अध्ययन



फागुन  ६गते, २०७६ -
सुरज खड्का 
एजेन्सी – मानिस सामाजिक प्राणी हो । सामाजिक प्राणी भएकै कारण समाजमा बाँच्नको लागि मानिसलाई साहाराको जरुरत पर्छ । जन्मसँगै जब बचपनका पाइलाहरु अगाडि बढ्न थाल्छन् तब देखि मानिसहरु साथी खोज्न थाल्छन् । बच्चादेखि नै एक अर्काका साथी बन्न सुरु गर्छन् त्यसपछि विस्तारै सबैभन्दा मिल्ने साथीको खोजीमा लाग्छन् र आफ्नो समय र उर्जा असल जीवनसाथीको खोजीमा लगाउँछन् ।
सामाजिक परम्परा जगाइराख्न मात्र नभई हर कोहिलाई कसै न कसैको आवश्यकता पर्ने प्राकृतिक नियम नै हो । त्यसैले प्राकृतिक र सामाजिक परम्परालाई अस्वीकार गरेर एक्लै जीवन बिताउनु हरेकका लागि सम्भव हुदैँन ।
यसै क्रममा एक्लै जीवन बिताउने कि जीवनसाथीको साथमा रु भन्ने सवालमा आधारित भएर गरिएको एक अनुसन्धान गरिएको छ ।
कस्तो हुन्छ ‘सिंगल’ मानिसको जीवन
समय सँगसँगै मानिसको सोचमा पनि परिवर्तन हुँदै गइरहेको छ । विस्तारै हाम्रा समाजका धारणाहरु पनि विकसित हुँदै गइरहेका छन् । त्यसैले यदि कुनै व्यक्तिले जीवन एक्लै बिताउँछु भन्ने फैसला गरेको खण्डमा पनि जीवनसाथी खोज्न दवाव दिइँदैन । तर, जो व्यक्ति एक्लै रहन चाहान्छ ती व्यक्तिप्रति मानिसहरुको उत्सुकता र दया जोडिएको हुन्छ । मानिसहरु एक्लै जीवन बिताउँने मानिसहरुलाई अलग्गै सोच्छन् । भने, आमाबुबा सधैँ आफ्नो सन्तानको कुशलतालाई लिएर चिन्तित रहने गर्छन् । आफन्तहरु पनि उनीहरुलाई जोडी खोज्नका लागि हजार कोशिस गरिरहन्छन् तर, जब मानिसले एक्लै बस्ने संकल्प गर्छ तब उसका लागि एक्लै बस्न बानी पर्दै जान्छ ।
उमेर बढेपछि ‘सिंंगल’ रहने चाहाना बढी
जर्मन सेन्टर अफ गेरोन्टोलोजीका स्कोलर्सद्वारा गरिएको एक अनुसन्धानले उमेर बढेसँगै एक्लै जीवन बिताउनुमा सन्तुष्टि मिल्ने र वैवाहिक जीवनप्रतिको उत्सुकता घट्दै जाने बताएको छ ।
अनुसन्धान
एनी बोगर र ओलिवर हक्स्फोल्डले जर्मन एजिङ सर्वेद्वारा उपलब्ध गराइएको डाटामा आधारित भएर यो अध्ययन गरेका थिए । यस अध्ययनका लागि ४० देखि ८५ सालका व्यक्तिहरुलाई सन् १९९६ देखि २०१४ सम्म सामेल गरिएको थियो । जसमा २५५२ जना मानिसहरु सहभागी थिए । उनीहरुलाई २००८ मा पुनः २०१४ मा आधारित भएर अन्तर्वार्ता लिइएको थियो ।
रोमान्टिक जोडीको सम्बन्धमा गिरावट
यो अनुसन्धानले पत्ता लगाएअनुसार सिंगल मानिसहरु उमेर बढे पनि सन्तुष्टिको अनुभव गरिरहेका थिए तर सम्बन्धमा रहेका मानिसहरु आफ्नो सम्बन्धमा मिठास नभएकोले दुखी थिए । कुनै कुनै जोडीको जीवन सुरुवाती दिनहरुमा उदाहरणीय थियो तर विस्तारै सम्बन्धमा आएको उतारचढावका कारण सम्बन्धमा तित्तता बढेको र जीवनप्रति नै निराशा छाएको पाइयो ।
‘सिंगल’मा भन्दा सम्बन्धमा रहनेमा एक्लोपनको अनुभव धेरै
सम्बन्धमा रहने र एक्लै रहनेहरुले एक्लोपनको विषयमा फरकफरक अनुभव सुनाए । अध्ययनका अनुसार जो मासिनहरु एक्लै बाँचिरहेका थिए ती व्यक्तिलाई एक्लोपनको अनुभव नहुने र उमेर बढ्दै गएपनि एक्लो अनुभव नहुने पाइयो । तर जुन मानिसहरु विवाहपछि लामो समय जोडीका साथ विताएका थिए । र, पार्टनरको मृत्यु भएपछि वा सम्बन्धमा आएको खटपटका कारण धेरै नै एक्लोपनको अनुभव गरिरहेका थिए ।
के हो त कारण ?
यस अध्ययनले वैज्ञानिक कारण उल्लेख नगरेपनि अध्ययनमा उपलब्ध डाटाका अनुसार सिंगल व्यक्तिले जीवन सन्तुष्टिका साथ विताइरहेको पाइयो । एक्लै बस्नेहरुमा सहनशीलता बढ्दै जाने र आफूजस्तै एक्लै सफल भएका मानिसहरुलाई हेरेर आफूप्रति विश्वास जाग्ने भएकाले उनीहरुलाई जीवनमा एक्लो हुनुमा कुनै पनि अपसोस हुँदैन । ...कपि पोष्ट

हाम्रो समाजमा अनि भ्याल्न्टाइनले निम्त्याएको बिकृती ।,

"सुरज"
बिहिवार फागुन १,२०७६ ,
हाम्रा चाडपर्वमा दिने  छुट्टीको कटौती सही  छ त ?
हामी अर्का को नक्कल गर्न मा सायद अग्रपंक्तिमा छौ होला!
हाम्रा फागु पुर्णिमा जो लभ डे भन्दा कयौ उच्च कोटी को हुन्थे ! कसै लाई स्मरण छ होला र ? हामी होली  सम्झन्छौ  रंग खेल्छौ । यो पनि प्रेम को रुप हो जो द्वापर युग देखि चलन चल्तीमा छ ! तर हामी भुली सकेका छौ !फागु  खेल्ने भने को केटाकेटीहरु रसलिलाका गित हरु गाउने गर्थे जो कि एउटा डाडा र अर्को डाडा वारीपरि हुन्थ्यो ! कति  शुद्धता थियो जो न कि एक दिन जब कि  फागुन महिना भरि चल्थ्यो ! मैले पनि हजुरबुबाहरु संग बाट सुने को हो  भने आज हाम्रा  संस्कृतिहरु कसरी लोप भैरहेको छ !  हाम्रा मौलिकता कसरि हराई रहेको छ ! पश्चिमको लह-लहैमा लगेर हाम्रा चाडपर्वहरु लाई खुम्च्याउदै लगिएको छ ! अनि छुट्टि धेरै भए भनेर हाम्रा चाड पर्वका बिदा काटिदै छ। केहि समय पछि हप्ता को दुई दिन बिदा राख्न सुरु गर्ने छन् उनि हरु कै निर्देशनमा !  सुनियोजित खेल हो हाम्रा सन्ततिलाई संस्कृतिक बिमुख बनाउन ! हेर्नुहोस शिव रात्री १ दिन जनै पुर्णिमा १ दिन , दसैँ को १५ दिन तिहार को ५ दिन मागे सक्रान्ति १ दिन श्री पंचमी १ दिन ठुली एकादशी २ दिन  जन्माष्टमी १ दिन हरितालिका १  दिन  ऋषि पंचमी १ दिन लोसार 9 दिन  इद २ दिन  क्रिस्मश १ दिन नया वर्षा १ दिन  बुद्ध पुर्णिमा १ दिन जम्मा जम्मी ४३  दिन बर्ष भरि पर्छ ! १ दिन छुट्टि बडाउने बित्तिकै ४८ दिन  छुट्टि हुन्छन ! जो कि पहिलाको छुट्टीभन्दा ५ दिन कम हुन्छ र यिनै छुट्टिहरु बाट हाम्रा बाल बच्चाहरुले गाउँ  गइ गाउँको रहन सहन सिक्थे  ! केहि हद सम्म गाउ को परिवेशपनि बदलिने थियो ! अहिले चाडपर्वको बिदामा गाउँ  पुगी आफ्नो खेत बारी को काल्ना नपुग्दै फर्कने बेला हुन्छ ! यो सम्पूर्ण खेल मा ठुलो छलकपट छ  तर हामी बुझ्दैनौ ! हाम्रो सहीषुड्तालाई लडाई रहिये को छ !
अब कुरा गरौ भ्यालेन्टाइन डे को ! भ्यालेन्टाइन डे को इतिहास के हो र हाम्रो हिन्दु समाजमा यस पर्वलाई मनाउने आधार र औचित्य के हो त ? कसरि केलाउने ?
पश्चिमेली समाजका मानिसहरु विवाह गरेर बस्नु भन्दा रखौटी - रखौटा राख्न महत्व दिन्छन् । ‘लिभ इन रिलेशनशिप’ को आधार तयार गरेको युरोप ,अमेरीका तिर  यस्ता महिला वा पुरुष पाउन मुश्किल छ जस्को एक मात्र विवाह भएको होस्  या  एक मात्र महिला अथवा पुरुष सँग सम्बन्ध गासिएको होस्  । के हामी त्यस्तो समाज चाहान्छौ ? हाम्रो समाज नारी सम्मान को धरोहर   हो ! समानताको नाम मा लडाई रहेको को छ परिवारलाई विभाजन गराइएको छ !
इसाईताको अनुसार नारीको निर्माणनै पुरुषको मनोरञ्जन र उपभोगका निम्ति भएको हो ।
दार्शनिक रुसो ले आफ्नो आत्मकथा म लेखेका छन् , जीवनभर एक मात्र महिलासँग बस्न सम्भव नै हुदैन  , महिलामा त आत्मा नै हुँदैन, महिला एक कपडा  जस्तै हो, जब पुरानोले मन अघाउछ तब नयाँ ल्याइन्छ त्यसैले त  चर्चले आफ्ना पादरीहरुको निम्ति वेश्यालय  बनायो  किन कि पादरी, बिपस तथा क्लर्जीहरुलाई एक या एक भन्दा बढी बेश्या र रखौटी राख्नु अनिवार्य थियो  त्यो एउटा पुराना  जमाना थियो युरोपेलीको। उपज नै हो वेश्यालय ! के हाम्रो समाजमा त्यो भेटिन्छ ? कदापी नाई ! तर हामी उनिहरु प्रति नै समर्पण भए का छौ !
त्यो समयको त्यो  संस्कारलाई चिर्न सन्त भ्याल्न्टाइनले महत्व पूर्ण भूमिका खेले का थिए ! यस्तो पशु तुल्य व्यवहार, विकृत संस्कृतिको र रहनसहनको व्यवस्थाको विरुद्ध कडा शव्दमा आवाज उठाए का थिए ! योे ठिक होइन । यस्तो प्रथाबाट समाजमा विकृती फैलिनु को साथै एक दिन हामी  सबै जना यौनरोगको चपेटमा आउनेछौ र आपन्त्व प्रेम भन्ने रहने छैन ,यो बन्द हुनु पर्छ भन्दै फ्रान्स को सहर सहर घुमेर मानिसहरुलाई सम्झाउदै  सबैलाई प्रोत्साहित तथा प्रचारप्रसार गर्न थाले  कि  एक पुरुष वा एक स्त्रीसँग विवाह गर, उनै सँग मात्र सम्बन्ध राख र आफ्नो जीवनलाई आदर्शवान  बनाउ । येस्तो विवाह  गराउने सोच  भ्यालेन्टाइनलाई उनि चर्च को पादरी हुदा हिन्दु धर्म र संस्कृतिको अध्ययन बाट प्राप्त भएको  उनि आफैले आफ्ना अनुयायी हरु लाई भनेका छन्  ! भ्यालेन्टाइनले युरोप को पुरानो परम्परा  विगार्र्दै छन् भन्ने थाहा पाएर मोज मस्तिका साथ बस्न मन पराउने तत्कालिन रोमका राजा क्लोडियस ले  ई. सं. ४९८ फरबरी महिनाको १४ तारिख को दिन सार्वजनिक  रुपले उनलाई फाँसीको सजाय दिए । युरोपको  ठूलो वर्ग भ्यालेन्टाइनद्वारा दिएको हिन्दु सिद्धान्तका कुराहरुबाट प्रभावित भएर  विवाह पद्धतीलाई प्रोत्साहन दिने उद्देश्यले उनका अनुयायीद्वारा उनको सम्झनामा हरेक वर्ष १४ फरबरीमा ‘भ्यालेन्टाइन डे’ मानाउन थालियोे ।
हाम्रा हिन्दु संस्कृतिबाट प्रभावित भएर सुधारात्म कदमका रुपमा युरोपेली समाजमा मनाइने भ्यालेन्टाइन डे लाई यति महत्व दिनुकोे औचित्य के छ र ? जो कि हाम्रो दैनिक जीवन का आचरण हुन् ! हाम्रा हरेक दिन भ्यालेन्टाइन डे हुन् ! फागु पुर्णिमा ,शिव रात्री ,हरितालिका तिज ,तथा सम्पुर्ण पर्व हरु नै हाम्रा भ्यालेन्टाइन डे हुन् भन्दा फरक नपर्ला !
हाम्रो सनातन हिन्दु संस्कृतिमा परम्परादेखि नै विवाहगर्ने पद्धति छ त्यो नै भ्यालेन्टाइन डे हो जो जुनी जुनी लाई कसम हुन जान्छ ! कसलाई के थाहा भ्यालेन्टाइन डे  को कार्ड मा लेखिने "Would You Be My Valentine "     ड यु बी माई भ्यालेन्टाइन " को अर्थ "के तपाईं म सँग बिहे गर्नु हुन्छ "? ना कि प्रेम प्रस्ताव
हाम्रा नयाँ पिंढीलाई ,जनै पुर्णिमा ,कृष्ण जन्माष्टमी, रामनवमी तथा शिव रात्री कुन दिन पर्छ शायदै थाहा होला तर १४ फरबरी भ्यालेन्टाइन डे हो, भन्ने   सबलाई थाह छ । प्रेम र भक्तिका प्रेरणास्रोत सीता राम ,शिव पार्वती ,श्री राधाकृष्ण जस्ता जीवन्त उदाहरण हाम्रो संस्कृतिमा छन् । हाम्रो समाज र संस्कारको लागी अत्यन्तै घातक यो  छ कि हामीले आफ्नो मौलिक संस्कृति र परम्परालाई छोड्दै जानु  विदेशी अर्थात पाश्चात्य प्रभावलाई अँगाल्दै जानु छाडा प्रवृत्तिको विकास हुँदै जानु ,आफ्नो गुरु र बाबा आमालाई नमान्ने अरु विभिन्न दिवस मनाउँदै जाने प्रचलनको विकास हुनु
आफ्ना परापुर्व काल देखि चल्दै आएको  धर्म संस्कृतिको महानता तथा महत्वलाई बिर्सेर पश्चिमी सभ्यता–संस्कृतिको नक्कल गरेर आफूलाई आधुनिक ठान्नु मुर्खता  हो । सबैलाई चेतना भया
लेखक
सेफ लक्ष्मन प्रसाद भण्डारी
कार्यकारी प्रमुख
ग्लोबल नेप्लिज सेफ फेडेरेशन

खानामा शुद्ध बोलिमा बुद्ध भन्ने अभियानका साथ सेफ प्रेमलाल तामाङ नेपाली रैथान खानाको तिब्रगतिमा खोज!

सेफ सुरज खड्का
असोज,२६,
२०७६

नेपाली खानाकाे"खोजी अभियानमा १०१ दिनका लागि पुर्व मेचीदेखि पश्चिम महाकाली सम्म निस्कनु भयकाेमा ग्लाेवल नेपालिज सेफ फेडरेशनका सचिव सेफ प्रेम लाल घिसिङको  आज १३ दिन पूरा भएको छ उहालाई सफलताकाे शुभकामना
आ-आफ्नाे स्थानवाट  सहयाेग गरिदिनुहुन यस संस्थाका जिल्ला तथा प्रदेश शाखाहरू ,प्रर्यटन क्षेत्र सथै सराेकारवाला निकायहरूमा हार्दिक अनुराेध छ ।

सेफ तमाङले नेपाली समाजमा नेपाली मौलिक खानाहरुको सट्टा बिदेशी खानाहरुको प्रयोगमा बढोत्तरी हुँदै गई रहेको प्रति चिन्ता ब्यक्त गर्दै आफुले नेपाली परम्परागत खानाको महत्वलाई आम नेपाली एबम विश्व समुदाय सामु उजागर गर्न नेपाली खानाले स्वास्थ्यमा पार्ने प्रभाव , पोषण आदीको बिषयमा खोज र अन्वेषण गर्ने उहाँको सपना हो ।

सेफ तामाङको भ्रमणको सुरुवात झापाको धिमाल समाजबाट भएको थियो धिमालीहरुले पुर्खादेखि नै खादै अायको रैथाने खानालाई केराको पातमा परम्परागत नै परोसेका थिए ।
दोस्रो  दिन झापा बिर्तामोड स्थित अादर्श स्कुल अफ होटलमेनेजमेण्टले सेफ तामाङलाई भब्य स्वागत गरेको थियो  तेसै गरि पाँचौदिन झापाको भक्काको स्वाद छौटौ दिन किष्णबास्मती को स्वाद लिदै हाल ईलाम हुँदै पाँचथर फेदान लुबुफा भ्रमणमा हुन्छ।

खाना प्रत्यक्षरुपमा जनजीवन, रीतिरिवाज, चाडपर्व, भूगोल, प्रकृति एवं हावापानीसँग जोडिने हुँदा खानाको माध्यमबाट स्थानीय जनजीवन झल्किने र यसबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने सोचका साथ यो अभियानमा दिन रात नभनि लाग्नु भयका सेफ तामाङले लुकेका खानाहरुलाई बिश्वबजारमा चिनाउन सफल हुनहुन्छ भनेर सबैजना आशाबादी छौ।

नेपाली रैथाने खाना चामल, कोदो, फापर, गुन्द्रुक, च्याउ, आलु, भटमास, बदाम, स्थानीय जडीबुटी तथा मासुका विभिन्न स्वादिष्ट परिकार नेपाली खाना र संस्कृति विश्वभर फैलिएको सन्दर्भमा नेपाली मौलिक खानालाई विश्वव्यापीकरण गरी बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न हौसला दिदै ग्लाेवल नेपालिज सेफ फेडरेशन लायन क्लब इन्टरलेसनल प्रभु RT काठमाडौ साथै पुजा गुरुङ र जासमिन श्रेष्ठ ज्युको ठूलो योगदान रहेको छ  सबै सहयोगीहरुले बुलन्दभै  हातमा हात राखेर यो १०१ दिनको सफल यात्राको शुभकामना दिएको छन।

दशैँ मानौ तर अस्पताल पुग्नबाट बचौं


 सेफ लक्ष्मण प्रसाद भण्डारी
असोज १८ ,२०७६

नेपालमा मनाइने पर्वहरूमध्ये हिन्दूहरूको महान चाँड भनेकै बडा दशैँ हो मान्यजनहरुको हातबाट टीका आशीर्वाद थाप्ने मिठोमसिनो खाने पर्वका रूपमा यसको चिनारी रहँदै आएको यो पर्वमा नयाँ लुगा लगाउने मासुका लागि सिँगै खसी ढाल्ने होडबाजी नै चल्ने गर्दछ विशेष गरी मासुका विभिन्न परिकार बनाएर खाने चलन हुन्छ चाँडपर्वमा सानोसानो लापरवाहीले गर्दा दशैँ मनाउन भनेर आएका पाहुनाहरू बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्था सोही कारण दशैँमा मासुका परिकारको सावधानीपूर्वक सन्तुलित प्रयोग गर्नुपर्छ
मासु एक पौष्टिक आहार हो, यसमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ यसमा जिङ्क, भिटामिन बी, पोटासियमजस्ता तत्व पनि पाइन्छन् ।मासुबाट प्राप्त हुने तत्व त्यति सजिलैसँग भने प्राप्त गर्न सकिँदैन हामीले राम्रोसँग सुरक्षित ढङ्गले राख्न नजानेमा त्यही मासुबाट विभिन्न किसिमका रोग उत्पन्न हुन्छ खानामा दैनिक अत्यधिक रातो मासुको प्रयोगले मानिसको संवेदनशील अङ्ग मुटुमा असर पार्नुका साथै उच्च रक्तचाप निम्त्याउने क्यान्सरको सम्भावना पनि बढाउँछ
खसी,बोका मासु कसरी छान्ने ?
-हेर्दै नाम्ले परेजस्तो
-अति दुब्लो,
-आँखा आवश्यकता भन्दा बढी रसिलो भएको,
-झोक्राएर बस्ने,
-फनफनी घुम्ने खसी बोका छान्नु हुदैन
-मासु हलुका गुलाबी रङको हुनु हुँदैन
-मासु हरियो तथा प्याजी रङको भएमा त्यो खान अयोग्य मानिदैन
-मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, मन नपर्ने गन्ध आउनु हुँदैन
-मासु काट्दा समाउँदा तन्केको जस्तो हुनुहुँदैन
-मासु किन्ने पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार सफा हुनुपर्छ लगाएको पोशाक, काटेको तरिका, तराजु सफा हुनुपर्छ

मासु भण्डारण गर्ने तरीका
-मासुलाई अन्य पाकेका परिकारसँगै फ्रिजमा त्यतिकै राख्नु हुँदैन
-मासुलाई फ्रिजमा राख्दा जहिले पनि छोपेर राख्ने गर्नुपर्छ कहिले पनि माथिल्लो भागमा राख्नु हुँदैन माथिल्लो भागमा राख्दा मासुमा भएका कीटाणु -मासुमै हुने, तरल पदार्थ, हावामार्फत तल्लो सतहमा झर्न सक्छ तल राखिएका अन्य खाना, पाकिसकेका परिकार, सागसब्जी, शाकाहारीका लागि तयार पारिएका(छुट्ट्याइएका परिकार, फलफूल तथा तरकारीमा पर्न सक्ने खतरा हुन्छ
-काँचो मासु पाकेको मासु एकै स्थानमा राख्नु हुँदैन
-सकेसम्म मासुको प्रयोग गर्दा अधिकतम हरियो सागसब्जी खानु उचित हुन्छ
-मासु खानेबित्तिकै आइसक्रिम, दुध(दही, क्रिमका परिकार खानु हुँदैन
मासु खाँदा ध्यान दिनुपर्ने कुरा
-दशैँ भनेर धेरै मासु खाने चलन तर यो गलत प्रवृति हो स्वस्थ मानिसले दिनभरमा सय ५० ग्राम मासु खानु उपयुक्त हुन्छ
-फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु सकेसम्म नखानुहोस्
-बासी तथा खुल्ला स्थानमा राखेको मासु नखाने
-काँचो मासुको परिकार होडबाजी गरेर कुनै पनि हालतमा नखाने
-पोलेका मासु ९सेकुवा, हाकु छोइला आदि० सकेसम्म नखाए कै राम्रो
-राम्ररी सफासँग पखालेको राम्ररी पाकेको मासु मात्र खाने
-बोसो तथा छालारहित मासुको प्रयोगमा जोड दिने
-मसला तथा तेलीय पदार्थ धेरै प्रयोग नगर्नुहोस ,लसुन, अदुवा हरियो खुर्सानी प्रयोग गर्नुहोस
-मासु खादा सलाद मुला, सलादपात पुदिना बढी प्रयोग गर्नु राम्रो मानिन्छ

( सेफ लक्ष्मण प्रसाद भण्डारी  सेफ फेडेरेशन अफ नेपाल पोखराका संस्थापक प्रमुख, ग्लोबल नेप्लिज  सेफ फेडेरेशन कार्यकारी प्रमुख, होटेल तथा रेस्टुरेन्ट ब्यापार पाक कला परामर्शदाता तथा प्रशिक्षकका साथै कलिनरि मोटिवेसनल इस्पिकर हुन् )