सुरज खड्का,,
नेपालगन्ज –
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व मंगलबार तराई भेगका जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदैछन । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङहरु खेली मनाउने परम्परा छ ।
यसै अवसरमा नेपालगन्ज होटल सिद्धार्थमा पनि होलीपर्वलाई रङ्गीबिरङ्गी पोशाकमा सजिएर सिद्धार्थ ग्रुपका सपरिवार भेला भई भब्यताका साथ होली कार्यक्रमलाई सफल पारेका छन।
यस वर्ष कोरोना भाइरसको प्रभाव विश्वव्यापीरूपमा बढ्दै गएकाले यस् फागु पर्वमा पानी र लोला जन्य पदार्थ प्रयोग नगर्न सिद्धार्थ होटलका जनरल म्यानेजर सन्तोष न्यौपानेको आह्वानमा एकअर्कालाई रङ दलेर मायाको भाबलाई साटासाट गरि भब्यताका साथ होली कार्यक्रम सम्पन्न भयको छ । नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन होटल सिद्धार्थ नेपालगन्जका जनरल म्यानेजर सन्तोष न्यौपानेले अनुरोध गर्नु भयको थियो ।
त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफै भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएकको हुदा एक आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङहरु का साथै स्वादिलो भोजनका साथ होटल सिद्धार्थमा नै भब्यताका साथ मनाइयो।
नेपालगन्जकै मुटु होटल सिद्धार्थमा होली कार्यक्रम भब्यताका साथ सम्पन्न
March 10, 20201 minute read
0