दशै खर्चले कालिमाटीको पहिरो फाल्ने कृष्ण खाँणलाइ स्याङ्जाली जनताको सलाम।

0
२५ असौज २०७३

   २०२८ सालमा बनेको सिद्धाथराजमार्ग यतिखेर भने मज्जाले थिलथिलियको छ बाह्रैमास यो राजमार्गमा यात्रा गर्न अति जोखिम छ वालिङ् नगरपालिका राम्बाच्छा र मिर्दीको बिचमा पर्ने यो कालिमाटी सडक हो  यसलाई कृष्ण भिर भन्दा पनि फरक नपर्ला ।
कालिमाटी सडक यो बर्षमा मात्र दर्जनौंपटक पहिरोले अवरुद्ध बनायको छ सरकार वालिङ् नगरपालिका र सडक बिभागले पनि आँखामा पट्टी बाँधेर बसेका छन। कृष्ण खाँण बाट पटकपटक सरोकार निकाय सँग सडक मर्मतका बारेमा प्रस्ताव नगरेको पनि हैन तर सरकार नगरपालिका र सडक बिभाग लाचार छ । कालिमाटीको पहिरो फाल्न लाग्ने ५००००/- पनि सरकार सँग छैन सम्बन्धित निकायले पहिरो फाल्ने कुनै चासो नदेखिए पछि कृष्ण खाँणले दशै खर्चको लागी राखेको पैसाले आफैले सडक सफा गर्ने निर्णय गर्नु भयो ।
साँझ करिब ५ बजेबाट सडकको पहिरो सफा गर्नु सुरुवात गरेको रातिको २ बजेमात्र सडक सफाई कार्य सम्पन्न भयको थियो सडकको पहिरो सफाई गर्ने अवधिसम्म समाज सेवी
कृष्ण खाँण आफै खटिनु भयको थियो ।दशैंका लागि खर्च जोहो कोही एउटा सामन्य मान्छेको पनि हुन्छ । हुँदा खाने देखि हुने खाने सम्मले दशैं आ-आफ्नो तरिकाले मनाउछन ।
छोरा-छोरीलाई एक सरो नयाँ नाना फेर्ने अनि एक छाक भए पनि मिठो चिची पापा खुवाउने गर्छन तर कृष्ण खाँणको दशैँ बिल्कुलै फरक छ । २ छोरी (सुजाता र सृष्टि) दशैं मनाउन घरमा (काठमाडौँ) बाट आएका छन।
उनीहरुलाई दिने समय कति र कसरी मिलाउनुहुन्छ  कुन्नि त्यो उहाँ आफैलाई थाहा होला । जीवन समाजको लागि सुम्पनु भयको कृष्ण खाँण । अजम्बरी कोहि छैन भन्ने भावना भएका महान व्याक्ति हर पल समाजको भलो चाहाने कृष्ण खाँण जस्तो ब्याक्ती प्रति साच्चिकै स्याङ्जाली जनता प्रभावित छन ।
 क्षेत्रनम्बर २ बाट निर्वाचित संसद कमल पंगेनी जनताले तपाईंलाई गरिमामय पदमा राखेका छन् कहिलेकाँही त्यो बाटो अवस्य पनि हिड्नु हुन्छ  एक चोटि यो सडक प्रति अवस्य पनि ध्यान जाअोस् जनताले तपाईबाट पनि यस्तै शुभकार्यको अपेक्षा गर्न सक्छन् कि ?
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top