रामपुरमा भाेली देखि सेकेण्ड युथ युनियन कप २०७५ हुँदै खेल तालिका सहित

Ganapati Manufacturing Company Pvt. Ltd.
0
इमान सिं राना
पाल्पा (रामपुर) रामपुर ५ मटेरी पाल्पामा भोली देखि सेकेण्ड युथ युनियन कप २०७५ खुल्ला फुटबल प्रतियोगिता हुँदैछ । स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेलकुद भन्ने नाराका हुन लागेको प्रतियोगिता युथ युनियन मटेरीको आयोजनामा हुन लागेको हो ।
मटेरी ठूलोटार खेल मैदानमा हुने प्रतियोगिता २५ गते देखि २९ गते सम्म चल्ने छ । प्रतियोगिता रामपुर र चापाकोट नगरपालिकाको १२ समुहको सहभागीता रहने क्लवका अध्यक्ष अमिर रानाले बताए । उनले प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको बताए । प्रतियोगिता २५ गते विहान १० बजे देखि हुने छ । उट्घाटन खेल टाईगर फुटबल क्लव चापाकोट र युथ युनियन मटेरी ए रामपुर विच हुने छ ।
प्रतियोगितामा विजयी समुहले नगद ५० हजार र उपविजेताले नगद २५ हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top