आठौ तला माथि थारु कल्चरमा सजियको चारतारे होटलको रूफटप रेष्टुरेण्ट जहाँबाट नेपालगञ्ज नियाल्न सकिन्छ ।

0
२३ फागुन २०७६ शुक्रबार
सुरज खड्का


नेपालगञ्जकै सबैभन्दा उचो स्थान अर्थात आठौं तलामा सिद्धार्थ समूहको यो चार तारे होटलमा रहेको  रेष्टुरेण्ट कला, संस्कृतिका धनी आदिवासी थारु समुदायको ‘कल्चर’को संयोजन गरेर निकै कलात्मक शैलीमा निर्माण भयको रुफ्टप रेष्टुरेण्टले  पाहुनालाई नयाँपन दिने प्रयास गरेको बताउनुहुन्छ  सिद्धार्थ बिजनेश ग्रुपका क्षेत्रीय प्रबन्धक केशव न्यौपाने । उहाँ भन्नुहुन्छ–‘हाम्रा सेवाग्राहीले यस क्षेत्रको कला,संस्कृतिका बारे जान्न पाउनु भन्ने उदेश्य राखेर यसो गरेका हौं ।
माटोले पोतेको भित्तामा लहरै  हात्ती र घोडाका आर्कषक चित्र ! त्यही भित्ताको दक्षिणतर्फ ‘लडिया’ को पांग्रालाई कालो रङ्गले पोतियका । रेष्टुरेन्टको छानोलाई ढकिया,पुराना काठले सजाएको दृश्य  । कोठा भित्र छिर्ने बित्तिकै जोकोहीको र नजरमा यिनै कुरामा पर्छन । झट्ट हेर्दा आदिवासी थारु समुदायको घर वा संग्राहलयमा पुगेको भान हुने यो ठाउँ हो,नेपालगञ्ज–१८ कारकादोमा रहेको चार तारे हो सिद्धार्थको ‘रुफ्टप रेष्टुरेण्ट’ हो।
रुफ्टपमा आउने पाहुनाहरु डुङ्गामा बसेर तस्बिर खिचाउन मनपराउने र माटोले पोतेर कुदेको आर्कषक चित्रहरु नियाल्न । सिद्धार्थ ग्रुपले गरेको सानो काम तर पाहुनाले निकै रुचीपूर्वक नियाल्नुहुन्छ ।’– न्यौपानेले भन्नुभयो । सिद्धार्थको नयाँपन दिने कामले पश्चिमका आदिवासी थारु समुदायको संस्कृतिक चिनाउने अवसर प्राप्त त भएको छ नै होटलमा आउने भिआईपी ग्राहकलाई पनि नयाँ कुरा जान्ने अवसर पाएका छन् ।

आठौ तला माथि बनाएको रेष्टुरेण्टबाट नेपालगञ्ज नियाल्न सकिने । बाहिरका दृश्य अवलोकन गर्दै कफीको चुस्की लिनुको मज्जा नै बेग्लै रहेको रेष्टुरेन्ट  यहाँ टिपिकल नेपालीखाना लगायत  बिभिन्न देशका खानाको स्वाद लिन पाईन्छ । त्यहाँ आउने सेवाग्राहीले  जापनिज, कोरियन, इटालियन, थाई, जस्ता बिश्वबिख्यात खानाको लाभ लिन सक्ने छन् र साथै  बर्षायाममा हरिया फाँट र सफा मौसममा चुरे पहाडको दृश्य हेर्दाको छुट्टै मज्जा छ ।

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top