१३ अगष्ट, २०१६
रामचन्द्र तिमिल्सिना बचाउ/छुटाउ अभियान
तेज थापा
हिजो शुक्रबार 12 तारिक बसेको गैर आवासिय नेपाली संघ साउदी अरबको ‘रामचन्द्र तिमिल्सिना बचाउ अभियान’ समिक्षा आकास्मिक साइवर कन्फ्रेन्स बैठकले "रामचन्द्र बचाउ अभियान” पूर्णतः सफल बनी, सिर्फ ५ दिनमै रामचन्द्रको ब्लड मनी तिर्न पुग्ने भन्दा बढी नै सहयोग संकलन भैसकेको निश्कर्ष निकाल्दै यसै सूचनाद्वारा अब यो सहयोग अभियान आजैका मितिबाट बन्द भएको जानकारी गराउंछौ, सहयोग रासि घोषणा गर्नुभएका तर रकम हस्तान्तरण गर्न बांकी सहयोगि दाताहरूले पर्सी आइतबार, १४ अगस्त बेलुका ८ बजेभित्र रकम ट्रान्सफर (हस्तान्तरण) गरिदिनुहुन अनुरोध गर्दछौ । साथै साउदी अरब लगायत बिश्वका बिभिन्न मुलुकहरूबाट हाम्रो संस्थागत आव्हानलार्इ स्वीकार गर्दै सो इच्छाले रामचन्द्र बचाउं अभियानमा सहयोग दिनुहुने सम्पूर्ण दाता तथा महानुभावहरूमा एनआरएनए एनसिसी साउदी अरब हार्दिक धन्यवाद तथा कृतज्ञता ब्यक्त गर्दछ । पर्सि बेलुका संकलित कूल राशी तथा सम्पूर्ण दाताहरूको बिस्तृत सूची सहित संस्थाले औपचारिक प्रेश बिज्ञप्ती सार्बजनिक गर्ने अग्रिम जानकारी गराउछौ ।
अन्तमा बढी हुने रकमको सदुपयोग बारे दाता महानुभावहरूका कुनै सुझाव भए हामीलार्इ भोली सम्ममा सुझाउनुहुन बिनम्र अनुरोध गर्दछौ । संस्थाले त्यसको पनि औपचारिक कोष हस्तान्तरण पत्रमै ठोस प्रस्ताव गर्नेछ ।
रामचन्द्र बचाउ अभियान पुर्णतः रुपमा सफल ५ दिनमै भयो तिर्नुपर्ने भन्दाबढी सहयोग संकलन ।
August 13, 20161 minute read
1
Tags
Gharko rin tiridine Kura ramro hoina galat najir baschha sansthako account Ma similar case Ma use garne gari rekhinu ramro ho
ReplyDelete