सेफ सुरज खड्का
असोज,२६,
२०७६
नेपाली खानाकाे"खोजी अभियानमा १०१ दिनका लागि पुर्व मेचीदेखि पश्चिम महाकाली सम्म निस्कनु भयकाेमा ग्लाेवल नेपालिज सेफ फेडरेशनका सचिव सेफ प्रेम लाल घिसिङको आज १३ दिन पूरा भएको छ उहालाई सफलताकाे शुभकामना
आ-आफ्नाे स्थानवाट सहयाेग गरिदिनुहुन यस संस्थाका जिल्ला तथा प्रदेश शाखाहरू ,प्रर्यटन क्षेत्र सथै सराेकारवाला निकायहरूमा हार्दिक अनुराेध छ ।
सेफ तमाङले नेपाली समाजमा नेपाली मौलिक खानाहरुको सट्टा बिदेशी खानाहरुको प्रयोगमा बढोत्तरी हुँदै गई रहेको प्रति चिन्ता ब्यक्त गर्दै आफुले नेपाली परम्परागत खानाको महत्वलाई आम नेपाली एबम विश्व समुदाय सामु उजागर गर्न नेपाली खानाले स्वास्थ्यमा पार्ने प्रभाव , पोषण आदीको बिषयमा खोज र अन्वेषण गर्ने उहाँको सपना हो ।
सेफ तामाङको भ्रमणको सुरुवात झापाको धिमाल समाजबाट भएको थियो धिमालीहरुले पुर्खादेखि नै खादै अायको रैथाने खानालाई केराको पातमा परम्परागत नै परोसेका थिए ।
दोस्रो दिन झापा बिर्तामोड स्थित अादर्श स्कुल अफ होटलमेनेजमेण्टले सेफ तामाङलाई भब्य स्वागत गरेको थियो तेसै गरि पाँचौदिन झापाको भक्काको स्वाद छौटौ दिन किष्णबास्मती को स्वाद लिदै हाल ईलाम हुँदै पाँचथर फेदान लुबुफा भ्रमणमा हुन्छ।
खाना प्रत्यक्षरुपमा जनजीवन, रीतिरिवाज, चाडपर्व, भूगोल, प्रकृति एवं हावापानीसँग जोडिने हुँदा खानाको माध्यमबाट स्थानीय जनजीवन झल्किने र यसबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने सोचका साथ यो अभियानमा दिन रात नभनि लाग्नु भयका सेफ तामाङले लुकेका खानाहरुलाई बिश्वबजारमा चिनाउन सफल हुनहुन्छ भनेर सबैजना आशाबादी छौ।
नेपाली रैथाने खाना चामल, कोदो, फापर, गुन्द्रुक, च्याउ, आलु, भटमास, बदाम, स्थानीय जडीबुटी तथा मासुका विभिन्न स्वादिष्ट परिकार नेपाली खाना र संस्कृति विश्वभर फैलिएको सन्दर्भमा नेपाली मौलिक खानालाई विश्वव्यापीकरण गरी बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न हौसला दिदै ग्लाेवल नेपालिज सेफ फेडरेशन लायन क्लब इन्टरलेसनल प्रभु RT काठमाडौ साथै पुजा गुरुङ र जासमिन श्रेष्ठ ज्युको ठूलो योगदान रहेको छ सबै सहयोगीहरुले बुलन्दभै हातमा हात राखेर यो १०१ दिनको सफल यात्राको शुभकामना दिएको छन।
खानामा शुद्ध बोलिमा बुद्ध भन्ने अभियानका साथ सेफ प्रेमलाल तामाङ नेपाली रैथान खानाको तिब्रगतिमा खोज!
October 13, 20191 minute read
0
Tags