"सुरज"
बिहिवार फागुन १,२०७६ ,
हाम्रा चाडपर्वमा दिने छुट्टीको कटौती सही छ त ?
हामी अर्का को नक्कल गर्न मा सायद अग्रपंक्तिमा छौ होला!
हाम्रा फागु पुर्णिमा जो लभ डे भन्दा कयौ उच्च कोटी को हुन्थे ! कसै लाई स्मरण छ होला र ? हामी होली सम्झन्छौ रंग खेल्छौ । यो पनि प्रेम को रुप हो जो द्वापर युग देखि चलन चल्तीमा छ ! तर हामी भुली सकेका छौ !फागु खेल्ने भने को केटाकेटीहरु रसलिलाका गित हरु गाउने गर्थे जो कि एउटा डाडा र अर्को डाडा वारीपरि हुन्थ्यो ! कति शुद्धता थियो जो न कि एक दिन जब कि फागुन महिना भरि चल्थ्यो ! मैले पनि हजुरबुबाहरु संग बाट सुने को हो भने आज हाम्रा संस्कृतिहरु कसरी लोप भैरहेको छ ! हाम्रा मौलिकता कसरि हराई रहेको छ ! पश्चिमको लह-लहैमा लगेर हाम्रा चाडपर्वहरु लाई खुम्च्याउदै लगिएको छ ! अनि छुट्टि धेरै भए भनेर हाम्रा चाड पर्वका बिदा काटिदै छ। केहि समय पछि हप्ता को दुई दिन बिदा राख्न सुरु गर्ने छन् उनि हरु कै निर्देशनमा ! सुनियोजित खेल हो हाम्रा सन्ततिलाई संस्कृतिक बिमुख बनाउन ! हेर्नुहोस शिव रात्री १ दिन जनै पुर्णिमा १ दिन , दसैँ को १५ दिन तिहार को ५ दिन मागे सक्रान्ति १ दिन श्री पंचमी १ दिन ठुली एकादशी २ दिन जन्माष्टमी १ दिन हरितालिका १ दिन ऋषि पंचमी १ दिन लोसार 9 दिन इद २ दिन क्रिस्मश १ दिन नया वर्षा १ दिन बुद्ध पुर्णिमा १ दिन जम्मा जम्मी ४३ दिन बर्ष भरि पर्छ ! १ दिन छुट्टि बडाउने बित्तिकै ४८ दिन छुट्टि हुन्छन ! जो कि पहिलाको छुट्टीभन्दा ५ दिन कम हुन्छ र यिनै छुट्टिहरु बाट हाम्रा बाल बच्चाहरुले गाउँ गइ गाउँको रहन सहन सिक्थे ! केहि हद सम्म गाउ को परिवेशपनि बदलिने थियो ! अहिले चाडपर्वको बिदामा गाउँ पुगी आफ्नो खेत बारी को काल्ना नपुग्दै फर्कने बेला हुन्छ ! यो सम्पूर्ण खेल मा ठुलो छलकपट छ तर हामी बुझ्दैनौ ! हाम्रो सहीषुड्तालाई लडाई रहिये को छ !
अब कुरा गरौ भ्यालेन्टाइन डे को ! भ्यालेन्टाइन डे को इतिहास के हो र हाम्रो हिन्दु समाजमा यस पर्वलाई मनाउने आधार र औचित्य के हो त ? कसरि केलाउने ?
पश्चिमेली समाजका मानिसहरु विवाह गरेर बस्नु भन्दा रखौटी - रखौटा राख्न महत्व दिन्छन् । ‘लिभ इन रिलेशनशिप’ को आधार तयार गरेको युरोप ,अमेरीका तिर यस्ता महिला वा पुरुष पाउन मुश्किल छ जस्को एक मात्र विवाह भएको होस् या एक मात्र महिला अथवा पुरुष सँग सम्बन्ध गासिएको होस् । के हामी त्यस्तो समाज चाहान्छौ ? हाम्रो समाज नारी सम्मान को धरोहर हो ! समानताको नाम मा लडाई रहेको को छ परिवारलाई विभाजन गराइएको छ !
इसाईताको अनुसार नारीको निर्माणनै पुरुषको मनोरञ्जन र उपभोगका निम्ति भएको हो ।
दार्शनिक रुसो ले आफ्नो आत्मकथा म लेखेका छन् , जीवनभर एक मात्र महिलासँग बस्न सम्भव नै हुदैन , महिलामा त आत्मा नै हुँदैन, महिला एक कपडा जस्तै हो, जब पुरानोले मन अघाउछ तब नयाँ ल्याइन्छ त्यसैले त चर्चले आफ्ना पादरीहरुको निम्ति वेश्यालय बनायो किन कि पादरी, बिपस तथा क्लर्जीहरुलाई एक या एक भन्दा बढी बेश्या र रखौटी राख्नु अनिवार्य थियो त्यो एउटा पुराना जमाना थियो युरोपेलीको। उपज नै हो वेश्यालय ! के हाम्रो समाजमा त्यो भेटिन्छ ? कदापी नाई ! तर हामी उनिहरु प्रति नै समर्पण भए का छौ !
त्यो समयको त्यो संस्कारलाई चिर्न सन्त भ्याल्न्टाइनले महत्व पूर्ण भूमिका खेले का थिए ! यस्तो पशु तुल्य व्यवहार, विकृत संस्कृतिको र रहनसहनको व्यवस्थाको विरुद्ध कडा शव्दमा आवाज उठाए का थिए ! योे ठिक होइन । यस्तो प्रथाबाट समाजमा विकृती फैलिनु को साथै एक दिन हामी सबै जना यौनरोगको चपेटमा आउनेछौ र आपन्त्व प्रेम भन्ने रहने छैन ,यो बन्द हुनु पर्छ भन्दै फ्रान्स को सहर सहर घुमेर मानिसहरुलाई सम्झाउदै सबैलाई प्रोत्साहित तथा प्रचारप्रसार गर्न थाले कि एक पुरुष वा एक स्त्रीसँग विवाह गर, उनै सँग मात्र सम्बन्ध राख र आफ्नो जीवनलाई आदर्शवान बनाउ । येस्तो विवाह गराउने सोच भ्यालेन्टाइनलाई उनि चर्च को पादरी हुदा हिन्दु धर्म र संस्कृतिको अध्ययन बाट प्राप्त भएको उनि आफैले आफ्ना अनुयायी हरु लाई भनेका छन् ! भ्यालेन्टाइनले युरोप को पुरानो परम्परा विगार्र्दै छन् भन्ने थाहा पाएर मोज मस्तिका साथ बस्न मन पराउने तत्कालिन रोमका राजा क्लोडियस ले ई. सं. ४९८ फरबरी महिनाको १४ तारिख को दिन सार्वजनिक रुपले उनलाई फाँसीको सजाय दिए । युरोपको ठूलो वर्ग भ्यालेन्टाइनद्वारा दिएको हिन्दु सिद्धान्तका कुराहरुबाट प्रभावित भएर विवाह पद्धतीलाई प्रोत्साहन दिने उद्देश्यले उनका अनुयायीद्वारा उनको सम्झनामा हरेक वर्ष १४ फरबरीमा ‘भ्यालेन्टाइन डे’ मानाउन थालियोे ।
हाम्रा हिन्दु संस्कृतिबाट प्रभावित भएर सुधारात्म कदमका रुपमा युरोपेली समाजमा मनाइने भ्यालेन्टाइन डे लाई यति महत्व दिनुकोे औचित्य के छ र ? जो कि हाम्रो दैनिक जीवन का आचरण हुन् ! हाम्रा हरेक दिन भ्यालेन्टाइन डे हुन् ! फागु पुर्णिमा ,शिव रात्री ,हरितालिका तिज ,तथा सम्पुर्ण पर्व हरु नै हाम्रा भ्यालेन्टाइन डे हुन् भन्दा फरक नपर्ला !
हाम्रो सनातन हिन्दु संस्कृतिमा परम्परादेखि नै विवाहगर्ने पद्धति छ त्यो नै भ्यालेन्टाइन डे हो जो जुनी जुनी लाई कसम हुन जान्छ ! कसलाई के थाहा भ्यालेन्टाइन डे को कार्ड मा लेखिने "Would You Be My Valentine " ड यु बी माई भ्यालेन्टाइन " को अर्थ "के तपाईं म सँग बिहे गर्नु हुन्छ "? ना कि प्रेम प्रस्ताव
हाम्रा नयाँ पिंढीलाई ,जनै पुर्णिमा ,कृष्ण जन्माष्टमी, रामनवमी तथा शिव रात्री कुन दिन पर्छ शायदै थाहा होला तर १४ फरबरी भ्यालेन्टाइन डे हो, भन्ने सबलाई थाह छ । प्रेम र भक्तिका प्रेरणास्रोत सीता राम ,शिव पार्वती ,श्री राधाकृष्ण जस्ता जीवन्त उदाहरण हाम्रो संस्कृतिमा छन् । हाम्रो समाज र संस्कारको लागी अत्यन्तै घातक यो छ कि हामीले आफ्नो मौलिक संस्कृति र परम्परालाई छोड्दै जानु विदेशी अर्थात पाश्चात्य प्रभावलाई अँगाल्दै जानु छाडा प्रवृत्तिको विकास हुँदै जानु ,आफ्नो गुरु र बाबा आमालाई नमान्ने अरु विभिन्न दिवस मनाउँदै जाने प्रचलनको विकास हुनु
आफ्ना परापुर्व काल देखि चल्दै आएको धर्म संस्कृतिको महानता तथा महत्वलाई बिर्सेर पश्चिमी सभ्यता–संस्कृतिको नक्कल गरेर आफूलाई आधुनिक ठान्नु मुर्खता हो । सबैलाई चेतना भया
लेखक
सेफ लक्ष्मन प्रसाद भण्डारी
कार्यकारी प्रमुख
ग्लोबल नेप्लिज सेफ फेडेरेशन