के हो ओलि हठ आउनुहोस छलफल गरौ

0
नैन खत्री  बर्दिया
शनिबार असार २६,२०७८            

जिद्दी जोरजुलुम जबर्जस्त एकोहोरो हेपाहा पेलाहा मिचाहा  वा मेरो कुरा मेरै भनेको मैले मात्रै म मात्रै मेरा मात्रै यहि हो हठ?कि सहि कुराको पक्षमा उभिनु जस्तो सुकै अवस्थामा पनि नडगमगाउनु बेइमानका अगाडि नझुक्नु पनि हठ हो,कि के हो?

 तपाईंले देखेको र लेखेको हठ सहि हो त, यसरी हिसाब किताब मिल्छ?

बाल हठ युवा हठ बृद्ध हठ स्त्री हठ राज हठ अनि ओलि हठ सबै उस्तै उस्तै र एउटै हुन?

ओलि कम्युनिस्ट पार्टीमा प्रवेश गरेको दुई चार बर्ष मात्रै भयो त? एमालेमा प्रवेश गरेको अहिले हो र?मानौ केपि फुत्त दुलो बाट निस्केर एमाले अध्यक्ष भएका हुन।तेस्रो माहासचिव तुलसी लाल हुन त्यस यता चौथो माहाधिवेशन देखि हालसम्म लगातार पार्टी नेतृत्वमा रहेका र महाधिवेशन बाट निर्वाचित अध्यक्ष भएका केपि ओलि कसरी तानाशाह ? कसरी गलत अनि हठी ? ओलि हठी हुदा हुन त उहिले पत्तासाफ हुँदा हुन यति लामो समयसम्म पार्टीमा कसरी अडिरहन्थे? कसरी चुनाव जितेर पार्टी अध्यक्ष हुन्थे के तपाईंको दिमागमा यो प्रश्न आउदैन?

अनि तिमी एउटा नगरको हैसियत सम्म नबनाएका भुइफुट्टाहरु केपि ओलि लाई उपदेश दिन्छौ र भन्छौ केपि हठले कम्युनिस्ट पार्टी सिध्यायो,अनि यो दुई तिहाइ के तिम्रो बलमा आएको हो? कुन कम्युनिस्ट पार्टीको वकालत गर्छौ र आफू मात्रै बडो क्रातिकारी भएको दाबी गर्छौ ।एउटा नेताको फेर समाएर स्थानीय कमिटीमा उक्लेका एमालेका दासहरु एउटा नेताको पछि लागेर हुर्केका कौला मुनाहरु केपि ओलि लाई कम्युनिस्ट पार्टी र आन्दोलनको दीक्षा दिन्छन् यो अच्च्म होइन?केपि ओलि अध्यक्ष भएको पार्टीको स्थानीय कमिटीमा बसेर पार्टी  अध्यक्षकै बदख्वाइ गर्नेहरु लाई कुन हठ भनिन्छ?के त्यो हठ होइन?

तेस्रो माहाधिवेसन पछि छिन्न भिन्न कम्युनिस्ट पार्टीलाई ओलि हठ्ले झापा आन्दोलन बाट पुनः सगठित गर्ने आधार तयार गर्दै ब्यक्ती हत्या विरुद्ध कम्युनिस्ट आन्दोलनको प्रजातान्त्रिकधार लाइ नेकपा एमाले वा नेकपा निर्माण सम्म आउँदा कैयौं नायक मध्यका एक जना ओलि हठ होइनन?

 पन्चायती निरंकुशता बिरुद्धको ओलि हठ चौध बर्ष हासी हासी जेल बसेर 046 को परिवर्तन सम्भव भयो

काङ्ग्रेसि कुशासन र ज्यादती बिरुद्ध निरन्तर प्रहार गर्दा ओलि हठले काङ्ग्रेस साइजमा आयो

माओवादी अराजकता र अचाक्ली विरुद्ध ओलि हठ्ले निर्मम प्राहार गर्दा माओवादी एक हदसम्म ठहरावमा गयो।

मधेस आन्दोलन र क्षेत्रीयतावाद वा बिखन्डन बिरुद्धको चट्टानि ओलि हठ्ले सबै लाई मुल धारमा ल्यायो।

सम्बिधान सभा बाट सम्बिधान सहजै बनेको हो? सहजै घोषणा भएको हो? ओलि हठ नै हो जो आज सम्बिधान घोषण भएर एउटा कोर्समा प्रवेश गरेको छ

भारतिय अमानबिय नाकाबन्दी गराउने को हो? किन गरियो नाकाबन्दी? को थियो यसको बारेमा खुलेर मुकाबिला गर्ने? हो त्यही ओलि हठले नकाबन्दी पराजित गर्यो। 

चुच्चे नक्सा प्रकासित गर्ने कुरा गर्नुस चाहे उत्तरी नाका खोल्ने कुरा गर्नुस यी सब ओलि हठका परिणाम हुन।

राजा महेन्द्रको बिकास योजना र बिरेन्द्र को सन्तुलित ब्यावाहार बाट प्रशिक्षित पुर्व पन्च वा राजावादिहरुले अहिलेसम्म पनि परिवर्तन लाई स्वीकार गर्न सकेका छैनन् किन?किन भने यो देशको मौलिकता बोकेर बिश्वका अगाडि उभिने ल्याकत कसैमा नदेखेर, अर्थात अरु प्रतिको त्यो बिशवास नभएर नै हो। तर केपि ओलिको आगमन पछि भने एक हदसम्म रास्ट्र सुरक्षीत हुन्छ कि, अब भने देशले लय समाउछकी भन्ने हल्का ड्गमगाएको देखिन्छ।बिरोधका बावजुद उनिहरु ओलि प्रती नरम छन कारण महेन्द्रको बिकासको भिजन समेत उनिहरु ओलि हठमा देखिरहेका छन।

प्रचण्ड हठले दुनियाँको क्रान्तिकारी पार्टी 2064 को निर्वाचनमा नेपालको सबैभन्दा ठुलो जनाअनुमोदित पार्टी र सरकार बाट छ महिनामा बर्खास्त अनि आज कहाँ छ? 

झलनाथ हठले प्रधानमन्त्री को निर्वाचन 17 पटक त्यो हामीले देखेको होइन

माधव नेपाल हठ न भाले न पोथी

यो कस्ले भनेको हो?

नेकपा बिभाजन र एमाले बिवाद मा केपी हठका कारण दुई तिहाइ खत्तम भो केपि का झोले हरु साइबर स्याल को भुमिकामा आए कुरा यहि होइन? 

केपि प्रधानमन्त्री भएको दुई बर्ष सम्म केही नभएको नेपाल अबका दुई बर्षमा ध्वस्त हुँदै थियो?

नेपाली जनताले दुई दुई बर्ष सरकार चलाउने सरकार अस्थिर बनाउने पालैपालो प्रधानमन्त्रीको रोलक्रम पुर्याउने अनुमती दिएका हुन त? 

उहिले सबै केपि हठ ध्वस्त पारेर देखाइदिन्छौ भनेर लागेका माधव प्रचण्ड आहिले सम्म किन लाचार देउवा शरणम गच्छामी भएका हुन त?

शुर चले पछि प्रधानमन्त्री परिवर्तन पार्टी अध्यक्ष परिवर्तन केहि कमजोरी हुन साथ मनलाग्दी आरोप तय गरेर बर्खास्तको तयारीका विरुद्ध पार्टीका ईमानदार कार्याकर्ताले आवाज उठाएका हुन प्रचण्ड माधवको बिरोध गरेका होइनन,तर तिमिले तिनिलाइ स्याल ओलि हठ भन्यौ ।

तर तपाईंको आफ्नो भुमिका केहो? तपाईं आफुले के के गर्नु भो ,गरेको केहो? पार्टीको बहुमत आफ्नो, सन्सदिय दलमा बहुमत आफ्नो भन्ने नाउमा केपिका केही कमजोरीमा टेकेर सत्ता कब्जा पार्टी कब्जा अनि दुई दुई बर्से प्रधानमन्त्री पार्टी अध्यक्ष फेरबदल हुने यो कुन हठ हो।कुन विधि बिधिबिधान हो?

यी यस्ता बच्कना हठ बिरुद्ध ओलि हठ जब्बर भएर आएको हुँदा  एमाले पङ्त्तिले यसलाई स्वीकार गरेको हो ।यो हठ होइन धुन्धकारिहरुका बिरुद्धको नेपाली जनताको ढाल हो।तसर्थ पनि  नेकपा एमालेको पंक्ति केपिका झोले वा साइबर स्याल हुन तयार भएको हो।

तपाईं लाई लागेको केपि हठ होइन बरु तपाईंको हठ विरुद्धको केपि अडान हो।

के केपिका कमजोरी नै थिएनन? जरुर थिए र छन तर गलत लाई गलत भन्न नसक्ने सच्याउन पहल नगर्ने ओलि गलतलाई तिर देखाएर निशान अन्तै लगाउने अर्थात आफ्नो पकड बलियो बनाउने आफ्नो स्वार्थ मजबुत बनाउने आफ्नो लाइन किलिएर गर्ने र आफ्नो पद बाट भबिश्य सुरक्षीत गर्ने हतारको पार्टी अध्यक्ष र प्रधानमन्त्री मोहोले यो परिणाम आएको हो भनेर किन स्वीकार नगर्ने?

केवल केपि हठ र साइबर स्याल हरु तिर चिसो पानी खन्याएर तपाईंको हल्लिएका किला काटा कस्सिने छैनन आफ्नो खिया लागेको सोच परिवर्तन गर्नुस सहि मार्ग समाउनुस र खोटो सोच बाट सच्चिनुस त्यस पछि केपि हठ र साइबर स्यालको हिसाब किताब माग्न जनता तयार छन तर पहिला तपाईं आफ्नो कुत्सित बेरुजु फर्चौट गरेर देखाउनुस त।

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top