तरुणदल के हो र कस्तो भुमिका निभाउनु पर्छ

Ganapati Manufacturing Company Pvt. Ltd.
0

विश्वाश पुरी

स्वतन्त्रताको पक्षधर तरुणले सिद्धान्त मर्यादा र कर्तव्य पालनामा बिश्वास गर्नुपर्दछ । तरुण परिबर्तनको बाहक भएको हुँदा ब्यक्तिमुखी र स्वार्थमुखी हुनुहुँदैन । तरुण सदैब संस्थामुखी हुनुपर्दछ । अबका जनता नेपाली काँग्रेसको छ दशकको ईतिहास त्याग र बलिदानीको कथा गाथा सुनेर मात्र अाकर्षित हुने अबस्था छैन । जनतालाई प्रत्यक्ष देखि नै अनुभूति हुने काम गरेर प्रभाबित पार्न दैनिक जल्दाबल्दा समस्या समाधान गरिदिनु पर्ने हुन्छ । ५८% गाउँक्षेत्र भएको नेपाली जनता अझै पनि समाजका ठूलाठूला भनाउँदाबाट पिडित छन । यस्ता बिपन्न जनतालाई भाषण जुलुस र नाराले मात्र पुग्दैन । यिनीहरूलाई रचनात्मक काम र मामको ब्यबस्थापन गरिदिएको खन्डमा मात्र लोकतन्त्रमा अाबद्ध गर्न सकिन्छ ।
त्यस कारण तरुणदलले राजनीतिक साँस्कृतिक आर्थिक एबंम अन्य बिबिध पक्षमा अामुल परिवर्तनमुखी बिचार लिएर अग्रसर हुन नितान्त अाबश्यक छ । यसका निमित्त पार्टीमा देखा परेका रिश दोष अश्वस्थ प्रतिस्पर्धा मनमुटाव र असहयोगको दुष्प्रबृती तरुणदल भित्र छिर्न दिनु हुदैन । चाकडी चाप्लुसी चुक्ली जस्ता भष्मासुर व्यवहार तरुणदलको सदस्यले त्याग्नु पर्छ । एउटा नेताको प्रभाबमा परेर वा पारेर ब्यक्तिगत स्वार्थ सिद्धि हुने काम गर्नु हुदैन । अतिबादी अतिभक्ती र अतिसेवा त्याग गर्नु पर्दछ । तरुणमा मदिरा प्रयोग र अन्य कुनै कुलत हुनुहूदैन । चारित्रिक शुद्धता र नैतिक बल तरुणको सम्पती हो । घमण्ड र काम नगर्ने प्रबृतीले तरुणलाई उठ्न दिदैन महिलाप्रतिको भेदभाब मेटाउन र दाईजोप्रथा एबंम छोरा र छोरीमा गरिने पक्षपातका बिरुद्ध जनचेतना जगाउने काममा तरुणहरु सक्रिय हुनुपर्छ समाजमा दलित उपेक्षित एवं अछुत कहलिएका बर्गलाई उठाउन तरुणदलले अग्रिम भुमिका खेल्नुपर्दछ । देशका पर्याबरण एवं बाताबरण संरक्षण गर्ने काममा पनि तरुणहरुले अग्रसरता लिनुपर्ने हुन्छ । नेपाली काँग्रेसको अादर्श र सिद्धान्त नै तरुणदलक‍ो अादर्श र सिद्धान्त भएकोले तरुणदल संग छ दशकभन्दा लामो प्रजातान्त्रिक संघर्षको ईतिहास छ । तीन वटा सफल क्रान्ति र प्रजातन्त्रको प्राप्तिको बिजय उल्लास छ । सयौं शहिदका रगतले भिजेको माटोको ममता छ । हजारौं त्यागी र बलिदानी प्रजातान्त्र सेनानी सद्भाव र पुकार छ । तरुणमा जननेता बि.पि.कोईरालाका चिन्तन र बिचारहरु प्रेरणा र स्रोतको रुपमा रहेका छन ।

 



Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top