मार्च ५ / दुबई
सापकोटाकै शब्दहरुमा सुसज्जित गीतमा किरण धमलाले सुमधुर स्वर दिएका छन् भने दृष्यमा कलाकारहरु केशव कटवाल, लिला लामिछाने र गोपाल बस्नेत प्रस्तुत भएका छन् । थुप्रै म्युजिक भिडियो तथा परदेश हुने सत्य घटनामा आधारित चलचित्र काँचो प्रेमको निर्देशन गरिसकेका केशव कटवाल यसपालि निर्देशक र कलाकार दुबै भूमिकामा आएका छन् भने भिडियोको छायाङ्कन मार्क सुब्बा र राम गुरुङ्गले संयुक्त रुपमा गरेका हुन् ।
अञ्जान युवा र युवती कुनै स्थानमा घुम्ने क्रममा अप्रत्याशित रुपमा संयोगवश ठोकिन पुग्दाको घटनाबाट उब्जित प्रारम्भिक प्रेमका भावनाहरुयुक्त कथाले भरिएको उक्त भिडियोमा प्रेमिल क्षणहरुको थुप्रै दृष्यहरु देखिनेछन् । ती दृष्यहरुको लागि भने प्रतिक्षा गर्नैपर्ने हुन्छ ।