वाशिंगटन (एजेन्सी) | कमिलाले टोक्छ तपाइँ सबैलाई यो कुरा थाहा छ तर यो कुरा जान्दा तपाइँलाई आस्चर्य लाग्न सक्छ कि वातावरणमा हुने कार्बन-डाईअक्साइडको मात्रा कमी गर्दै पृथ्वीमा सबै जीवात्मालाई बाच्न उपयुक्त बनाउने काममा कमिलाले अति महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।
एक अध्ययनको निष्कर्षको अनुसार, कमिला खनिज तत्वको नास गर्ने सबैभन्दा शक्तिशाली जैविक घटक मध्ये एक हो । कमिलाले वायुमण्डलमा रहेको कार्बन-डाईअक्साइडलाई क्याल्सीयम र म्याग्नेशियम सिलिकेटलाई कार्बोनेटमा बदल्ने काम गर्छ । यसै प्रकारले वायुमंडलमा कार्बन-डाईअक्साइडमा कमी हुने गर्दछ । अमेरिकाको एरिजोना स्टेट यूनिभर्सिटीका रोनाल्ड डर्नले बताए अनुसार क्याल्शियम र म्याग्नेशियम सिलिकेटलाई विघटन गर्दा वायुमंडलमा रहेको कार्बन डाईअक्साइडमा बिस्तारै कमी आउने गर्दछ, किनकि यो लाइमस्टोन र डोलोमाइटमा बदलिन्छ ।
कमिलाले यस प्रक्रियालाई ३०० गुणा ज्यादा बढाउन मद्धत गर्छ । कमिलाले क्याल्शियम-म्याग्नेशियमको अजैविक विघटनको बढ़ाउनमा अहम तवरले सहायता गरिरहेको हुन्छ । कमिला कुनै पनि तरिकाले खनिजसंग प्रतिक्रियामा रहने गर्छ र पृथ्वीका सबै जिबात्माको संरक्षण गर्न मद्धत गर्छ भन्ने कुरा बिश्वप्रख्यात पत्रिका 'जियोलोजी' मा प्रकाशित भएको छ ।

