आज फेरि विद्यालयमा बम ?

0
टेकराज गुरुङ
wednesday september 21/2016
आदरणीय प्रचण्ड, वादल, विप्लव, आक्रोश, क्रान्ति, अग्नि, ज्वाला, गर्जन, तुफानजी यो देशको नाममा सलाम छ ।
म विगत वि स २०४५ देखि सामन्य नीजि विद्यालयमा अध्यापन कार्य शुरु गरी निरन्तर २८ बर्षसम्म सोही पेशामा रहेर कार्यरत आम नेपाली नागरिक हुँ । म एक पूर्व वृटिश गोर्खा सैनिकको छोरो चाहना, ईच्छा र रुची भएको भए सोही बाटो अपनाएर पिताजीको मार्ग अपनाउन पनि त्यति असहज थिएन मलाई । तर मैले आफूलाई आफ्नै देशभित्र एउटा सानो उभिने ठाउँ बनाउन सकेँ भने त्यहीँबाट यो मातृभूमिको चिन्तन गर्न पाउँछु नजिकबाट माया गर्न पाउँछु । त्यसैले समकालिन साथीहरु रोजगारी र अन्य अवसरको खोजीमा विश्वभर फैलिँदा पनि म अचल र अटल रहेर निरन्तर स्देशमै रहिरहेँ । सँधै देश र माटोको लागि खबरदारी गर्ने सोचबाट अगाडि बढिरहेँ । २०४६ सालको प्रजातन्त्र प्राप्तिको लागि वालिङको मोडबाट साथी साथी मिलेर हाते साँग्लो बनाएर विगुल पनि फुकेको हो । प्रजातन्त्र प्राप्तिपछि साथीहरु उत्तरपन्थी र दक्षिणपन्थीमा विभाजित भएर एकआपसमा द्वन्द्वमा फसे त्यसपछि मलाई राजनीतिक गन्धले विकर्षण ग¥यो त्यतिबेला नि मैले सोचें म त नेपालकाृ नेपाली हुँ । मिलेर पो देश निर्माण गर्न सकिन्छ, विभाजित भएपछि त कमजोर हुन्छ । शायद त्यही मान्यता, आपसी द्वेष, कलह, विद्रोहले मलाई राजनीतिबाट अझ पर राख्यो । तपाईंहरु २०५२ मा भूमिगत हुँदा पनि मनमा सा¥है चिसो पसेको थियो । फेरि एउटा भाइ छुट्टिएर जँगलको बाटो अवलम्वन गर्दा यो मनमा झन पीडा महशुश भएको थियो । त्यसपछिका घटनाक्रमलाई कसरी लिएँ , त्यो फेरि यहाँहरुलाई कुनै भेटमा प्रत्यक्ष वर्णन गर्नेछु । तपाईंहरुको भूमिगत अवस्थामा पनि परिवारको भोका अनि साना केटाकेटीकोे पेट काटेर स्वेच्छाले वा धरपकडले चन्दा दिएकै हो । विप्लवजी आज पनि तपाईंले पडकाउने हरेक बम, वारुद र बन्दुकको गोलीमा ती नै प्राइभेट तथा नीजि विद्यालयमा पढाउने निरीह शिक्षकहरुको श्रम र पसिना पनि पड्किन्छ । त्यहाँ नानीबाबु पढाउने आमाबाबाको रगत र पसिना पनि विष्फोट हुन्छ । अब परिवर्तनको नाउँमा गरिने यी र यस्ता आतँक वा विद्रोहलाई आम नेपाली नागरिकहरुले अति नजिकबाट नियालिसकेका छन् । हिजोको १० बर्षे अविरल पड्केका बमबारुद र बन्दुकको गाउँशहर थर्किने विष्फोटन र २०७२ सालको महाभूकम्पलाई त्राही त्राही सहन वाध्य भएका आम नेपालीहरुलाई तपाईंहरुको बमबारुद र बन्दुकको आवाज अब सामन्य हुन सक्छ । यदि तपाईंहरु देशलाई सही अर्थमा परिवर्तन गर्न चाहनुहुन्छ भने आतँक, हत्या, हिँसा, विद्रोह र धरपकड त्यागेर नयाँ विचार र सिद्घान्त लिएर जनताको मन जित्ने गरी जनतामाझ आउनुहोस, जित तपाईको पक्षमा हुनेछ । असतोमा सद्गमय । आज जुन विद्यालयलाई निशाना बनाएर परिवर्तनको नाउँमा विष्फोट गर्ने प्रयास भएको छ । यो किमार्थ असल मार्ग होइन । तर यसरी नै म जित्छु भन्ने अहँता लिएर अगााडि बढ्नुभयो जनताले तपाईंलाई बुझ्दा समय ढिलो हुन सक्छ । लेख्न अझै धेरै  बाँकी छ । जय देश ! जय जनता !!

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top