काठमाडौबाट बाहिर जानलाई सहज हुने असौज १० भित्र सडकका खाल्डाखुल्डी पुरिने।

0
बुधबार असौज ०५
काठमाडौंलाई बाहिरका जिल्लासँग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडक दसैँको बेला सहज हुने भएको छ । सडक निर्माणको जिम्मा पाएका कम्पनीले असोज ८ गते भित्र सडकमा भएका सबै खाल्डा पुर्ने र १० गते भित्र सडक ग्राबेलिङ गरिसक्ने प्रतिबद्धता जनाएका छन् ।
दसैँको बेला दोहोरो गाडी चल्ने गरी सडक बनाउने निर्णय भएको जिल्ला टाफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजन भेटवालले बताउनुभयो । अघिल्लो वर्षको वैशादेखि निर्माण कार्य सुरु गरिएपछि हरेक दिन सडक जाम हुँदै आएको छ । एक घण्टामा पार हुने सडक यात्रा पूरा गर्न ११ घण्टासम्म लाग्दै आएको थियो ।

नारायणगढ–मुग्लिन सडक निर्माण अयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार दसैँको बेला ५ वटा लोडर, ६ वटा ट्रिपर र तीनवटा ट्यांकर चालु अवस्थामा राखिनेछ । धुलो उडन नदिनका लागि सडकमा पानी अनिवार्य राखिने पनि उहाँले बताउनुभयो । नारयाणगढबाट मुग्लिनसम्म गाडीको यात्रा गर्दा अहिले ७० मिनेट लाग्दै आएकोमा  अब ३५ मिनेटमा पार गर्न सकिने लक्ष्य राखिएको छ ।
नारायणगढबाट १६ किलो मिटर दूरीसम्म सडक ११ मिटर फराकिलो हुनेछ । त्यसपछि मुग्लिनसम्म सात मिटरको फराकिलो पिच हुने आयोजना कार्यालयले जानकारी दिएको छ । नारायणगढ–मुग्लिन सडक खण्ड ३६ किलोमिटर लामो छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top