नौं मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

Unknown
0
काठमाडौं, कात्तिक १ – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । एकीकृत माओवादीका सात, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट एक र बहुजन शक्ति पार्टीबाट एक जनालाई मन्त्रिनियुक्त गर्नुभएको हो । मन्त्रीहरुले आज राष्ट्रपति डा। रामवरण यादवबाट पद तथा गोपनियताको शपथ लिएका छन् । 
एकीकृत माओवादीका टोपबहादुर रायमाझीले उपप्रधानसहित ऊर्जा मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । उहाँले पार्टीका तर्फबाट सरकारमा नेतृत्व गर्नुहुने भएको छ । शक्ति बस्नेतले गृहमन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
त्यस्तै माओवादीकातर्फबाट गिरिराजमणि पोखरेलले शिक्षा, अग्निप्रसाद सापकोटाले वन, गणेशमान पुनले वाणिज्य तथा आपूर्ति, रेखा शर्माले सामान्य प्रशासन र उमेश यादवले सिंचाइ मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । माओवादीले यसअघि नै हरिबोल गजुरेललाई कृषिमन्त्री बनाइसकेको छ ।
फोरम लोकतान्त्रिकबाट रामजनम चौधरी र बहुजन शक्ति पार्टीबाट विशेन्द्र पासवानाले भने विना विभागीय मन्त्रीका रुपमा शपथ लिनुभएको छ । विस्तार भएसँगै मन्त्रिषरिषद १८ सदस्यीय भएको छ । 
एमालेले भने अझै सरकारमा सहभागी हुनेको टुंगो लगाउन सकेको छैन ।  
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top