भारतीय भूमिमा एसएसबीले नेपालीलाई कुटे

Unknown
0
१ कात्तिक, नवलपरासी । नवलपरासीसँग सीमा जोडिएको भारतको झोलनीपुर बजारमा किनमेल गर्न गएका दुई नेपालीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कुटपिट गरेका छन् ।
शनिबार राति ८ बजेतिर नवलपरासी गुठीसूर्यपुरा ५ का ३२ वर्षीय अजय जैसवाल र विहारीलाल जैसवाललाई कुटपिट गरेका हुन् ।
भारतीय बजारबाट मोटरसाइकलमा २० लिटर पेट्रोल र अन्य सामाग्री लिएर र्फकदै गरेको अवस्थामा कुटपिट गरेको पीडित अजयले बताए ।
अजयका अनुसार झोलनीपुरमा रहेका सुुरक्षाकर्मीले राति साढे ८ बजेदेखि नियन्त्रणमा लिएर कुटपिट गरी नौ बजेतिर छाडेका थिए । उनीहरुसँगै रहेको मोटरसाइकल भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।
कुटपिटसँगै भारतीय सीमा सुरक्षाकर्मीले गाँजा तस्कर लगायतका झुटो मुद्दामा जेल हाल्ने धम्की दिएकोसमेत जयसवालले बताए ।
उनीहरुले विहारको निर्वाचन भएकोले सीमानाका बन्द गरिएको भन्दै सीमा भारतमा नआउनसमेत बताएका थिए ।

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top