पेट्रोल लिटरको ५ सयमा किनबेच

Unknown
0
काठमाडौं, कात्तिक १ – काठमाडौंमा पेट्रोलिय पदार्थको अभाव हुँदा कालोबजारी बढेको छ । दसैँका बेला घर जानेहरुले प्रतिलिटर पाँच सय रुपैयाँमा पेट्रोल किन्न बाध्य भएका छन् । 
पम्पले लुकाइ राखेको र तराईका जिल्लाबाट आएका गाडीले ल्याएको पेट्रोल चर्को मूल्य लिएर किनबेच भइरहेको छ । सिन्धुपाल्चोक घर भएका चुच्चेपाटी बस्ने धुव्र आचार्यले आफूले पाँच सय रुपैयाँ तिरेर पेट्रोल किनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पाँच लिटर पेट्रोल पच्चिस सय हालेर किने । नकिनेर के गर्नु घर जानै नपाइने भयो ।’
जोरपाटीका नवराज ढकालले पनि पाँच सय तिरेर पेट्रोल किनेको जानकारी दिनुभयो । यति चर्को मूल्य तिरेर पनि बसपार्क र पम्प आसपासमा मात्र पेट्रोल पाइने गरेको छ । 
भारतको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ ल्याउन नसक्दा उपत्यकामा पेट्रोलियम पदार्थको अभाव रहेको छ । पेट्रोलिय पदार्थको आयातमा कमी हुँदा सर्वसाधरणलाई आफ्नो दैनिकी चलाउन पनि मुस्किल हुँदै आएको छ । 
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top