यू-१९ विश्वकप छनोटमा नेपाली कप्तानको शतक

Unknown
0
२९ असोज, काठमाडौं । यू-१९ विश्वकप छनोट क्रिकेटमा नेपाली कप्तान राजु रिजालले शतक बनाएका छन् । राजुको शतकसँग नेपालले युगाण्डासामू २४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको सेलोङ्गर टर्फ क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २४२ ररन बनायो ।

नेपालको सुरुवात राम्रो रहेन । १३ रन जोड्दा दुई विकेट गुमाएको नेपालको पारी कप्तान राजुले सम्हाले । उनलाई योगेन्द्र कार्की र आरिफ शेखले साथ दिए ।

राजुले तेस्रो विकेटका लागि योगेन्द्रसँग ८४ रनको साझेदारी गरे भने आरिफसँग ९० रनको पार्टरसिप गरे । ४२।१ ओभरमा छक्का हान्दै शतक पुरा गरेका राजुले दोस्रो बलमा एक रन बनाए ।

ओभरका चौथो बलमा क्याच आउट भए । ११५ बलको सामना गरेका उनले ७ चौका र एक छक्का हाने । जारी यू(१९ विश्वकप छनोटमा शतक प्रहार गर्ने उनी पहिलो क्रिकेटर हुन् ।

आरिफले ५४ रन बनाए भने योगेन्द्र ३० रनमा आउट भएका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेन ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top