स्वास्थ्य संस्थामा औषधी अभाव

Unknown
0
ओखलढुंगा , कात्तिक १ – ओखलढुंगाको दुर्गम गाविसका स्वास्थ्य संस्थामा सरकारले निःशुल्क उपलब्ध गराउने औषधी अभाव भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले औषधी समयमा नपठाउँदा औषधी अभाव भएको हो । 
स्वास्थ्य संस्थामा औषधी नभएपछि सर्वसाधारण निजी क्लिनिकमा गएर औषधी किन्न बाध्य भएका छन् । 
आजभोलि, रुघाखोकीदेखि एलर्जीको औषधी समेत स्वास्थ्य संस्थामा नभएको विलन्दु स्वास्थ्य चौकीले जनाएको छ । प्रशुति गृह समेत भएको स्वास्थ्य चौकीमा हातमा लगाउने ग्लोभ्स समेत छैन । स्वास्थ्य चौकीमा  औषधी नभएपछि अन्यत्र किन्न सिफारिस गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीको भनाइ छ । 
अन्य गाविसका स्वास्थ्य चौकीमा समेत औषधी नभएको स्वास्थ कर्मीले बताएका छन् । जन्तरखानी, भदौरे, कुइभीर लगायतका गाविसमा पनि सरकारले दिने निःशुल्क औषधी सबै उपलब्ध नभएपछि सर्वसाधारण महंगोमा किन्न बाध्य भएका छन् । 
औषधी समयमा नआउँदा कतिपय ठाउँमा समस्या भएपनि जिल्लाभर समस्या नरहेको जिल्ला स्वास्थ्य कार्यालयले दावी गरेको छ ।
डिजेल अभाव भएपछि जिल्लामा भएका औषधी ढुवानी गरेर गाउँमा पठाउन समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारले जनाएको छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top