यो रेकर्ड बनाउने महिला अमेरिका की मोली स्क्युलर हुन्। खाने प्रतियोगिता जीतने मोलीले ३ जनवरी २०१४मा यो भन्दा पहिलेको गिनीज बुक अफ वर्ल्ड रेकर्ड तोडेकी हुन्। मोलीले २ किलोग्राम तौल भएको मासुको टुक्रालाई टेवुल माथि प्लेटमा राखिन् र साथै एक गिलास कोल्ड ड्रिकसँग फटा-फट मासुको टुक्रा खान थालिन्। दुई किलो मासु खान उनलाई तीन मिनट ४४ सेकेन्ड मात्र लागेको थियो। यो भन्दा पहिलेको रेकर्डमा दुई किलो मासु ६ मिनेट ४८ सेकेन्ड समयमा सकेकीथिन्। मिनेसोटामा बस्ने मोलीले यस भन्दा पहिला जनवरी २०१३ मा एडम अमेनेकर च्यालेङज जीतेकी थिइन्, जसमा उनले ५ पाउण्डको बारबीक्यू मील खाएकी थिइन्। यसमा उनले आफ्नो रेकर्ड तोडिन जुन उनले डिसेम्बर २०१२मा बानाएकी थिइन्। उनि यो भन्दा पहिले नब्रास्का ब्रीव्युइङ कम्पनीको डेथ पिज्जा खाने रेकर्ड बनाएकी थिइन्, जसमा ५ पाउण्डको पिज्जामा खुर्सानि राखिएको थियो, पिज्जा खान उनलाई २४ मिनेट ५६ सेकेन्ड लागेको थियो। एजेन्सी।
भिडियो हेर्न बायाँतर्फ बजिरहेको रेडियो अफ गर्नुहोला ।