पुरुष कन्डोम प्रयोगकर्ताहरु बढ्दै

0
” “महिला कन्डम तर्फ उत्साह छैन” ”
मनोरञ्जन शर्मा-भैरहवा,९ बैशाख । जनचेतनामा बृद्धी संगै रुपन्देहीमा परिवार नियोजनको अस्थाई साधनका रुपमा रहेको कन्डोम (ढाल) प्रयोग कर्ताहरु बढेका छन् । आर्थिक वर्ष २०६९/७०मा मात्रै सरकारी तथा गैरसरकारी संघ सस्था मार्फत रुपन्देहीमा ११ लाख कन्डोम बितरण भएको थियो ।
जिल्ला जनस्वास्थय कार्यालय रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताका अनुसार यो हरेक बर्ष २ लाखको हाराहारीमा कन्डोम बढी प्रयोग भैरहेको छ । “अघिल्लो आर्थिक बर्ष ६८।६९को तुलनामा गत आर्थिक वर्ष ६९/७०मा करीब पौने दुई लाख (१ लाख ७५ हजार)कन्डोम बढी बितरण भएको छ” अधिकृत गुप्ताले भने ।
“जिल्ला जनस्वास्थय कार्यालय मातहत रहेका प्राथमिक स्वास्थय चौकी,स्वास्थय चौकी,उपचौकी तथा जिल्लामा रहेका बिभिन्न गैरसरकारी सस्था मार्फत गत बर्ष ११ लाख कन्डोम बितरण भएको हो,अघिल्लो बर्षको तथ्यांकको आधारमा पनि प्रयोगकर्ताहरु बढेको पाईएको छ,” उन्ले भने ।
ग्त बर्ष जनस्वास्थय कार्यालय बाट ७ लाख र गैरसरकारी सस्था मार्फत ४ लाख कन्डोम बितरण भएको हो । चालु बर्षमा गत बर्ष भन्दा २५ प्रतिशतले बढने अनुमान छ । सरकारी र गैरसकारी सस्था मात्र नभई बिभिन्न निजी औषधी सपलहरुमा समेत कन्डमको बिक्री हुन्छ, यो निजी पसलहरुको पनि तथ्यांक राख्ने हो भने संख्या अझ बढी बढछ ।
सुरक्षित,प्रयोग गर्न सजिलो, भरपर्दो र सर्बसुलभ भएकाले कन्डोमको प्रयोगकर्ता हरेक बर्ष बढदै गएको कार्यालयको भनाई छ  । स्वास्थय मन्त्रालयका अनुसार एक दम्पत्ती जोडीले बार्षिक सरदरमा १ सय ५० वटा वटा कन्डोम प्रयोग गर्दछन् ।
पछील्लो समय एचआईभी एडसको खतरा बढदै जादा कन्डोम प्रयोग गर्नेहरुको संख्या बढदै गएको हो । पुरुषहरुले प्रयोग गर्ने साधन भएको र सुरक्षित यौन सम्पर्कका लागी अहिले कन्डोम प्रयोग गर्नेहरुको संख्या बढीरहेको हो । संख्या बढाउनुमा जनचेतनाको पनि मुख्य भुमिका देखिन्छ ।
पुरुषले प्रयोग गर्ने भए पनि कन्डमको सही तरीकाको प्रयोगबाट पुरुष महिला दुबैलाई दोहोरो सुरक्षा दिने जिल्ला एड्स समन्वय समिती रुपन्देही (डिएसीसी)का संयोजक बसन्त मणी पोखरेल बताए । “कन्डम एक मात्र साधन हो,जस्ले सही तरीकाले हरेक पटकको यौन सम्पर्कमा प्रयोग गरेमा दोहोरो सुरक्षा दिन्छ ,पहीलो एचआईभी तथा यौनरोग सर्नबाट बचाउछ भने दोश्रो आफुले नचाहेको गर्भ रहनबाट बचाई जन्मान्तर र परीवारको आकार सिमीत गरी स्वस्थ जिबनयापन र समुन्नत परिवारको लागी सहयोग गर्दछ,पोखरेलले भने ।
अहिले बजारमा समेत कन्डोम त्यो पनि थरी थरीका खरीद गर्न पाईने भएकाले समेत सबैलाई सजिलो भएको छ,यो सबै चेतना अभिबृद्धीका कारणले गर्दा हो । सरकारी तथा गैरसरकारी कार्यालय बाट मात्र नभई बिभिन्न ब्याबसायीक स्वास्थय केन्द , औषधी पसल तथा मेडिकल स्टोर र अहिले सञ्चालनमा आईरहेका कन्डोम हाउसमा बिभिन्न थरीका कन्डोमहरु पाईन थालेका छन् । उता महिलाहरुले प्रयोग गर्ने लेडिज कन्डोम पनि बजारमा पाईन्छ ।
तर पुरुषले प्रयोग गर्ने कन्डोम भन्दा महिलाले प्रयोग गर्ने लेडिज कन्डम तुलनात्मक रुपमा महंगो पर्दछ । लेडिज कन्डम तर्फ भने महिलाहरु खासै उत्साहीत भएको पाईदैन् । पुरुष कन्डम जस्तै महिला कन्डम पनि निशुल्क बितरण गर्ने ब्यबस्था स्वास्थय मन्त्रालयले मिलाएमा पुरुष र महिला दुबैलाई फाईदा पुग्ने देखिन्छ ।
-कारोबर
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top