वालिङ महोत्सवमा नेकपा एमालेका अध्यक्ष केेपी शर्मा ओलीको सम्बोधन पश्चात ढुङ्गा प्रहार ।
January 27, 2017
0
स्याङ्जा, १३ माघ
विहिबारबाट शुरु भएको छैटौ वालिङ महोत्सवमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन पश्चात ढुङ्गा प्रहार भएको छ । ढुङ्गा प्रहारबाट दुई जना घाईते भएका छन् । घाईत हुनेहरुमा आयोजक वालिङ् उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुधन श्रेष्ठ र पोखरा उद्योग वाणिज्य संघका वरिष्ट सदस्य रविन्द्र बहादुर प्रजु रहेका छन् । उनीहरुको आखामा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
पार्टी अध्यक्ष ओलीलले महोत्सवलाई सम्बोधन गर्दै गर्दा नियोजित तरिकाले लाइन काटिएको भन्दै एमाले निकटका युवाहरुले नाराबाजी र मञ्चमा ढुङ्गा प्रहार गरेका हुन । ओलीले महोत्सवलाई सम्बोधन गर्न शुरु गरेको दुई मिनेटमै लाईन गएको थियो । करिब १० मिनेट पछाडी दोस्रो पटक जेनेनेटरबाट पनि आएको विद्युत बन्द भएपछि हात हल्लाउदै ओली विदा भएका थिए ।
महोत्सव स्थल तानाव ग्रस्थ भएपछि नेकपा एमालेका जिल्ला सचिव सुधिर पौडेलले नाराबाजी रोक्न आग्रह गर्दा युवाहरु झन आक्रोसीत भएका थिए ।
सम्बोधनका क्रममा ओलीले निर्वाचन नै संविधानको कार्यान्वयन भएको बताए । आगामी २०७४ माघ भित्र तीन वटै निकायको निर्वाचन गरेर संविधानको कार्यान्वयन गरेर संविधानको कार्यान्वयन गरी वर्तमान संक्रमणकालको अन्त्य गर्नु आजको आवश्यकता भएको बताए ।
देश अहिले संक्रमण कालमा रहेकोले यसको निकासकालागी पनि संविधानको कार्यान्वयन जरुरी रहेको ओलीले बताए । “सरकारले अहिले संविधानको कार्यान्वयनभन्दा पनि संविधान संशोधनको कुरा अगाडि सारिरहेको छ” नेता ओलीले भने, “देशलाई निकास दिएर संक्रमण कालबाट बचाउने नै हो भने छिटोभन्दा छिटो निर्वाचनमा जानुको विकल्प छैन ।” राष्ट्रिय एकतालाई मजबुत बनाउनुपर्नेमा जोड दिदै नेता ओलीले लोकतन्त्र छाडेर देश प्रतिगमनतर्फ नजाने तर लैजानकालागी भएका प्रयासहरु पनि असफल हुने दाबी गरे । अहिलेको अवस्थामा राजनीतिक दलका नेताहरुले आफ्नो ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशकाबारेमा सोच्नु आवश्यक रहेको बताए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठले संविधान कार्यान्वयन भएन भने मुलुक दुर्घटनामा जाने बताए । संविधानसभाबाट प्राप्त उपलब्धीको रक्षाकालागी पनि सबै दल एकै ठाउँमा उभिनुपर्नेमा जोड दिए ।
महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ । संघका वरिष्ठ उपाध्यक्ष अनन्तराज गैह्रेको स्वागतसंँगै शुरु भएको कार्यक्रममा संघका अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन महासचिव गिरमान गुरुङले गरेका थिए । महोत्सव शुरु हुनुपुर्व विभिन्न आमा समूह, क्लब, जातिय तथा धार्मिक संघ संस्था, विभिन्न विद्यालयले ¥याली तथा झाँकीसहित वालिङ नगरको परिक्रमा गरी महोत्सव स्थलमा आएर समापन गरेका थिए ।
त्यस्तै स्वरेकमा रहेको बाबु एडभेञ्चर प्रालिले प्याराग्लाईडिङमार्फत महोत्सव परिसरमा पुष्पगुच्छाहरु छरेका थिए । बिहीबार समुद्घाटन समारोह भएकाले पनि दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
Tags


