काठमाडौँ, २० फागुन ।
द्वन्द्वरत मुलुक कङ्गोमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको गाडीमाथि अज्ञात सशस्त्र समूहले आक्रमण गर्दा पाँच जना नेपाली सेना घाइते भएका छन् ।
त्यहाँस्थित बेनी सहरमा तैनाथ नेपाली सेनाको मुख्यालयभन्दा छ सय मिटर दक्षिणमा सशस्त्र समूहले सोमबार राति नेपाली सेनाको गाडीमाथि ग्रिनेट प्रहार गर्दा उनीहरू घाइते भएका हुन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । घाइतेहरूको नाम उल्लेख गरिएको छैन । रासस