स्कुलको गेटमै अन्धाधुन्ध छुरा

0

knife
हेनान (चीन), मंसिर २९ - चीनको हेनान राज्यको एक बिद्यालयमा छुरा प्रहारबाट एक महिलासहित  २२ बिद्यार्थी घाइते भएका छन् । स्कुल छिर्न थालेका बिद्यार्थीलाई ३६ बर्षीय एक स्थानीयले अन्धाधुन्दा छुरा प्रहार गरेका थिए ।
चिनियाँ सञ्चारमाध्यमको हवाला दिंदै बीबीसीले जनाएअनुसार छुरा प्रहार गर्नेलाई प्रहरीले पक्रेको  छ । बिद्यालयका सुरक्षा गार्डले नसमातेसम्म उनले लगातार बिद्यार्थीलाई छुरा प्रहार गरेका थिए ।
स्कुल गेटनजिकैकी एक प्रौढ महिलालाई छुरा प्रहार गरेपछि उनले बिद्यार्थीलाई निसाना बनाएका हुन् । घाइतेमध्ये दुई बिद्यार्थी अन्त्यन्तै गम्भीर अवस्थामा रहेको बुझिएको छ ।
घटनाको कारण खुल्न सकेको छैन् । तर, जागिर गुमाएकाहरुले रिसले छुरा प्रहार गरेको घटना चीनमा यसअघि पनि भएका थिए ।

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top