दिदीको घरमा बालिका बलात्कृत

0

बैतडी , पुस ३ - दिदीको घर गएकी बालिकामाथि यौन दुर्व्यवहार गर्ने युवकलाई दार्चुला प्रहरीले पक्राउ गरेको छ । खार ७ सुन्नामुन्नाका २२ वर्षीय पदमराज टमटालाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो ।
टमटाले खार ३ चौरकी १० वर्षीया बालिकालाई मंसिर २२ गते बलात्कार गरेका थिए । सुन्नामुन्नामै दिदीको घर गएकी उनलाई टमटाले गोठमा लगेर बलात्कार गरेको खुलासा भएको छ । उनी बिहेमा सहभागी हुन दिदीको घर गएकी थिइन् ।
घरमा कोही नभएको बेला गोठमा लगेर बलात्कार गरेको स्थानीयवासीले बताए । दुवैका आफन्तले घटना मिलाउन खोजे पनि सहमति नभएपछि प्रहरीमा उजुरी परेको थियो । सहमति हुन नसकेपछि बालिकाका आफन्तले २९ गते दल्लेक प्रहरी चौकीमा उजुरी दिएका थिए । बालिका र युवकबीच साली-भिनाजु नाता पर्छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top