ग्यास्ट्रो नोमीटुरिजम अभियान बिश्वब्यापी बन्दै,नेपालको आर्थिक बिकासमा सहयोग पुर्याउने लक्ष्य ।

0
Feb 9, 2018
सुरज खड्का

नेपाली खाना बिश्व बजारमा अरु देशको तुलनामा निकै स्वादिलो भएको पुष्टि भैसकेको छ । जनजिब्रोमा झुण्डिएको नेपाली खानाको प्रचार प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले सुरु गरीएको ग्यास्ट्रो नोमीटुरिजम अभियान देशब्यापी रुपमा संचालन भईरहेको छ । २०७२ साल चैत २६गते देखि सुरु भएको अभियानले नेपाली खानालाई विश्वबजारमा पुर्याउने लक्ष्य अभियानले लिएको छ । अभियान बारे सञ्चारखवरकर्मी प्रकाश बस्यालले ग्यास्ट्रोनोमी अभियानका अभियन्ता सुरेश बस्नेतसंग कुराकानी गरेका छन् ।
ग्यास्ट्रोनोमी अभियान के हो ?
Gastronomy भन्नाले खाद्य र संस्कृतिलाई जोड्ने गरी खाना पकाउने शैली र राम्रो खानाको अध्ययन हो । गस्ट्रोनिक्समा खानाको उचित तरिकाले व्याख्या गरिन्छ । व्यावहारिक ग्योस्ट्रोनोमी विश्वभरका विभिन्न देशहरुमा खाद्य पदार्थ र पेय पदार्थको तयारी, उत्पादन र सेवाको अभ्यास र अध्ययनसँग सम्बन्धित छ । सैद्धान्तिक गठबन्धन व्यावहारिक ग्यास्ट्रोनोमीको समर्थन गर्दछ । ग्यास्ट्रोनोमी खानासंग सम्बिन्धित उच्चशब्द भएको र यसले हरेक देशको खानेकुराको सभ्यतासंगैँ देशको गौरव बढाउछ । हाम्रो अभियान पनि नेपाली खानाको प्रवद्धन गर्नु नै हो ।
नेपालको खानालाई विश्वभर चिनाउन कसरी सम्भव छ ?
सम्भव देखेरनै अभियानमा लागेका हौँ । मेरो २७ बर्षे कुकिङ्ग अनुभवसंगै कलेजमा अध्यापन गरेको अनुभवका कारणा सन् २०१७ बाट ग्यास्ट्रोनोमि अभियान संचालन गरेका हौँ । त्यसको निकै सकारात्मक प्रतिकृया पाएपछि स्थानिय र विश्वब्यापि रुपमा कार्यक्रम गर्ने सोचमा पुग्यौ । अर्को कुरा नेपालमा विभिन्न जातका फरक फरक खानाका परिकार हुने भएकाले ति क्षेत्रहरुमा पुगेर उनिहरुसंंगै खान सुरु गर्यौ सोही अवसरलाई अध्यायनको रुपमा प्रयोग पनि गर्यो । राइसमुदायको खाना, गुरुङ्गको खाना थकाली खाना त्यहाँ हेर्दा र अध्यायन गर्दा नेपाली खाना निकै उच्च कोटीको र अन्य देशको तुलनामा स्वास्थ्यकर र स्वादिलो पाइयो जस्ले भने नेपाली खाना विश्वको रोजाईमा पनमा हामी ढुक्क भयौं । नेपाली खाना पनि अन्य देशको जस्तै सुप, टोकेर खाने, निलेर खाँने पिउने सबै रहेको र परम्परागत खानालाई थोरै मात्र मोर्डनाईज गर्यो भने पनि नेपाली खाना विश्व बजारमा खोजिन्छ ।
पुरातात्विक नेपाली खाना के विदेसीले मन पराउलान् त ?
परम्परागत शैलीनै भयो भने त ग्वलोबलाईज हुदैन तर हाम्रो खाना विश्वभर सुट पनि हुँदैन । अर्को कुरा जति पनि हाम्रा नेपाली सेफहरु विदेशमा काम गरीरहेका छन् ति सबै भारतमा सिकेर गएकाले पनि नेपाली खानाको प्रभार कम भएको हो । सेफहरुलाइ पनि नेपाली खाना चिल्लो पिरो अमिलो हुनुपर्छ भन्ने धारणा छ । त्यो त अन्य ठाउँमा सुट नहुन सक्छ । त्यसैले नेपाली खानालाई ठाउँ अनुसारको स्वादमा दिने गर्नुपर्छ । खाना पस्कने तरीका पनि समय सापेक्ष बनायो भने पक्कै पनि सबैले मन पराउछन् ।
तपाईहरुले नेपाली खानाको अध्यायन अनुसन्धान गर्नुभएको भन्नुभयो , खानाको अनुसन्धान कसरी गरीरहनुभएको छ ?
अध्यायन भनेर अरु बिषय जस्तो त हुँदैन हामीले यसमा फर तरीका अपनाएका छौँ । हामी स्थानिय स्तरमा पुग्ने गर्दर्छौ र त्यहा उपलब्ध खाना जस्तै उदाहरणकालागी तरुल भयो , हामी तरुललाई उसिनेर खान्छौ तर यसलाई फ्राई गरेर छोईला बनाएर पनि खान सकिन्छ । त्यही तरुललाई अन्य ठाउँमा पुर्याउदा त्यहाको वातावरणा अनुसार कम चिल्लो राख्ने नुनकम राख्ने गर्न सक्र्छौ यसरी नै हामीले गर्दैै आएको विधिलाई फरक तरीकाले प्रस्तुत गर्ने गरेर अध्यायन गरिरहेका छौं ।
तपाईहरुको यो अभियानमा क कस्को सहयोग पाईरहनुभएको छ ?
अहिले सम्म खासै कसैको पनि सहयोग लिएको छैन तर हामी जुन ठाउमा पुग्छौँ त्यहाँ रहेका स्थानिय होमस्टे र होटलहरुले सहयोग गर्दै आईरहेका छन् । अर्को कुरा मानिस जुन पेशामा आवद्ध हुन्छ त्यसको गहीराईमा पुग्नुपर्छ जस्तो मलाई लाग्छ । त्यसैले मेरो जिवन यही पेशाामा समर्पीत भयो । धेरै ठाउँमा काम गर्दाको अनुभवले नेपाली खानाको प्रभावको महसुष भयो । पेशाको गहीराईमा पुग्न मन लाग्यो त्यसपछि सोच बनिहाल्यो । खाना पनि पर्यटनको मुख्य अंग हो । देशमा पर्यटन प्रवद्र्धन गर्न पनि खानाको भुमीका महत्वपुर्ण भएकाले लामो समयको अनुभनलाई कसरी निर्खान सकिन्छ भनेर यो अभियानमा लागेका हौ ।
यो अभियानले विदेशी खानाको स्वादमा रमाउने नेपालीहरुलाई तान्न सक्ला र ?
पहिले पहिले नेपाली समाजको ठूलो जातका ब्रामण क्षेत्रीहरुले घरबाहीर गएर खान हुँदैन भन्न्े मान्यता राख्थे तर समयको परिवर्तन संगै अहिले घर बाहिर खानेलाई ठुलो मानीने चलन छ । नेपालीहरु हरेक देशमा भएपनि नेपाली खानाको राम्रो पक्षको बिषयमा प्रचार प्रसार गर्न नजान्नु हामी सबैको कमजोरी हो । आफ्नो देशको खानाको प्रचार प्रसार गर्दा देशको गौरव बढ्ने गर्दछ । विस्तारै मानिसहरु परिवर्तन हुदैछन् विदेशमा पनि नेपाली खाना खोजिन्छ भने स्वदेशमा त पक्कैपनि राम्रो हुन्छ ।
नेपालीहरुले आफ्नो खाना के लाई बुझ्ने ?
विगतमा नेपाली खाना दाल भात तरकारी मात्र बुझिन्थ्यो भने अब नेपालीहरुले नेपाली सुप पनि छ, डेजर्ट पनि छ भनेर बुझाउनुपर्यो, हिमालमा खाईने तराईमा खाईने खानालाई बुझाउन पर्यो यो त कसरी मार्केटीङ्ग गरीन्छ भन्ने कुरामा भर पर्छ ।
स्थानिय सरकारबाट नेपाली खानालाई विश्वब्यापी बनाउन यहाँहरुको अपेक्षा के छ ?
एक्लैले त केही पनि गर्न सकिदैन, हाल हामीले होटल म्यानेज्मेन्टका विद्यार्थीहरुलाई एम्बेस्टरका रुपमा परीचालन गरेकाछौ । अब पहिले जस्तो कुक सिक्न दशौ बर्ष लाग्दैन स्मार्टफोनका कारणा मानिसले चाहेको खाना छिन भरमै सिक्न पनि सक्छन् । अहिले हामीले विदार्थीहरुलाई परीचालन गरेका छौं अहिले त स्थानिय तहमा बजेट पनि छ सरकाले नेपाली खानाको उत्पादन र प्रबद्र्धनमा लगानी बढाउनुपर्ने देखीन्छ ।
नेपाली खाना कत्तिको महगो पर्छ त ?
संसारको खाना अन्य देशको तुलनामा उत्पादन लागत निकै कम छ । साथै नेपाली खाना राम्रोसंग पाकेको भएर स्वाथ्यकर पनि छ । महगो त ठाउ र पस्कने तरीकाले फरक पार्छ । कस्तो ठाउँमा खाने भन्ने नै मुख्य कुरा हो ।
अन्त्यमा यो अभियानको बिषयमा केही भन्नु छ ?
नेपाली खानाको प्रचार गरौ खानाको प्रयोग गरौं नमिठो भयो भन्दैमा फाल्नेकाम नगरौं खानाको महत्वबुझौ बिश्वका कतिपय मुलुकमा अझै पनि भोकमरी कायमै छ भन्ने कुरा बुझौं । खाना हाम्रो परिचय हो त्यसैले नेपाली खानालाई राम्रोसंग प्रचार गरौं, यसले देशलाई आर्थीक समृद्ध बनाउन सहयोग गर्दछ । खाना नै देशको परिचय र पर्यटनको आधार भएकाले यसलाई विश्वब्यापि बनाउन सबै लागैँ । यो अभियान हाम्रो मात्रै होइन सारा नेपालीको हो यसमा सबैको सहयोग भयो भने हाम्रो अभियानले सफलता पाउँछ त्यसबाट पाउने लाभले देशको आर्थिक संबृद्धि ल्याउन सकिन्छ ।
(सेफ सुरेश बस्नेत बाट साभार)
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top