पटक पटक अवसर पाएका राना र क्षमता भएर पनि अवसर नपाएका विकासप्रेमी घिमिरे

Ganapati Manufacturing Company Pvt. Ltd.
0
पाल्पा जिल्लामा नेपाली कांग्रेसले युवा नेता विजय घिमिरेलाई प्रत्यक्ष तर्फको टिकट दिएको छ । घिमिरेले टिकट पाएसंगै यस क्षेत्रका युवाहरुका बीचमा व्यापक खुशियाली छाएको छ ।
विजय घिमिरेको उमेद्वारीलाई लिएर पाल्पाको क्षेत्र नम्बर १ मा कांग्रेसको पक्षमा जनलहर नै उत्पन्न भएको छ । क्षेत्रका हरेक गाउँ गाउँबाट युवाहरु चुनाबी अभियानमा लागेको घिमिरेले बताए ।
विजय घिमिरेले ०४२ सालदेखि नै राजनीतिमा सक्रिय युवा हुन् । रामपुरको रामतुलसी मा.बिमा कक्षा ६ पढ्दादेखि नै राजनीतिमा लागेका घिमिरे क्षेत्र नम्बर १ का युवा पुस्ताका सबैभन्दा चर्चित नेता हुन् । उनी कांग्रेसमा मात्र होइन अन्य पार्टीका युवा पुस्ताका माझ पनि उत्तिकै लोकप्रिय छन् ।
०४६ सालमा रामपुरको बृहद जनप्रदर्शनमा उनका दाई सुर्य घिमिरे प्रहरीको गोली लागेर शहिद भएका थिए । कांग्रेस र संयुक्त वाम मोर्चाको यो आन्दोलनको नेतृत्व विजयले नै गरेका थिए । प्रहरीले उनलाई नै ताकेर गोली हानेको जानकारहरु बताउछन । यस क्षेत्रमा विजयलाई जिउदो शहिद भनेर पनि भनिन्छ ।
"हामी परिबर्तन चाहन्छौं । यसपटक हाम्रो क्षेत्रमा राजनीति बुझेको एउटा जुझारु र विकासप्रेमी युवा उमेद्वार पाएका छौं । उहाँलाइ हामीले जिताउछौँ । विजय घिमिरेको जीतमा हामी सबैको जीत जोडिएको छ ।" रामपुरका संगम राना भने ।
संगम राना त प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्ता धेरै युवाहरु अहिले विजयको पक्षमा खुलेर लागेका छन् ।
विजयको प्रतिस्पर्धा एमालेका दलबहादुर रानासंग हुदैछ । रानालाई सधै प्रतिबद्दताका पुरिया बाँडेर विकासको सिन्को नभाँच्ने नेताका रुपमा चिनिन्छ । २० वर्षमा पटक पटक संसद र मन्त्री समेत भएका रानाले यस क्षेत्रमा देखाउन मिल्ने एउटा पनि काम नगरेको आरोप आफ्नै पार्टीभित्र खेपीरहेका छन् ।
पटक पटक अवसर पाएका राना र क्षमता भएर पनि अवसर नपाएका घिमिरे बीचको यो प्रतिस्पर्धा अत्यन्त पेचिलो देखिन्छ । तर, विकासप्रेमी यस क्षेत्रका जनताले दर्शाएको प्रारम्भिक झुकावले बिजय घिमिरेको पल्ला भारी देखिन्छ । #copy news

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top