रामपुरमा प्रहरी र स्थानीयवीच झडप हँुदा तीन जना प्रहरी घाइते

Ganapati Manufacturing Company Pvt. Ltd.
0

रामपुर नगरपालिका–१
 बस्ने २८ वर्षीय ओमबहादुर खाँणको हत्याको विरोधमा उत्रिएका आक्रोशित स्थानीयस“ग झडप हु“दा तीन प्रहरी घाईते भएका हुन् । स्थानीयको भीडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । स्थानीयको ढुङ्गा हानाहान र प्रहरीको लाठी चार्जबाट तीनजना प्रहरी जवान र केही व्यक्ति घाइते भएको इलाका प्रहरी कार्यालय, रामपुरले जनाएको छ । प्रहरीका अनुसार झडपमा स्थानीयका तर्फबाट के कति व्यक्ति घाइते भए भन्ने एकिन विवरण आईसकेको छैन । घटना पछि प्रहरीले हिजो राति १० बजे देखि आज बिहान ६ बजे सम्म कङ्खर्यु आदेश जारी गरेको थियो । आज मृतक को शव पोष्टमार्टम गरी दाहासंस्कारका लागि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न कपिलवस्तु हथौसा–२ मैरि बस्ने २९ वर्षीय कृष्णकमल चौधरीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै विरोधमा उत्रेका स्थानीय बासिन्दाले हत्यारा चौधरीको मोटरसाइकल इलाका प्रहरी कार्यालय, रामपुरको परिसरमा जलाइदिएका छन् ।
स्थानीय एक सहकारीमा काम गर्दै आएका ओमबहादुर खाँणलाई शनिवार सा“झ खाना खाएर घरको गल्लीमा बसेको बेला एक्कासी धारिलो हतियारले आक्रमण गरी घाइते बनाइएको थियो । प्रहारबाट घाइते भएका खा“णको उपचारका लागि रामपुर अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।
हत्या पछि फरार रहेका चौधरीलाई आईतवार बिहान १० बजे रम्भा गाउ“पालिका–१ हु“गी असेर्दीमा स्थानीयले फेला पारेपछि प्रहरीलाई बुझाई दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी निरीक्षक रमेशराज पण्डितसहितको टोलीले हत्या भएको घटनाको अनुसन्धान गरेको छ । हत्या भएको स्थान गंगी थापाको घरको गल्लीमा रगतको आहाल देखिएको छ । घटनास्थलमा घरेलु हतियार गै“ती र कुटो फेला परेपनि हत्याका क्रममा प्रयोगमा आएजस्तो देखि“दैन ।
हत्याको आशंकामा घरबेटी गंगी थापा, उनकी बहिनी गुनकेशरी दर्लामी र हत्याका आरोपी कृष्णकमल चौधरीकी श्रीमतीलाई इलाका प्रहरी कार्यालय, रामपुरले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
स्थानीय ज्ञानबहादुर दर्जीले शनिवार राति करिब ९ बजेर २० मिनेटको समयमा आफूले एक्कासी छिमेकीको घरमा हल्ला सुनेपछि तत्काल पुग्दा घटना घटिसकेको बताउनु भएको छ । उहा“ले प्रहरीलाई खबर गरी घटनाबारे जानकारी गराएको बताउनुभएको छ ।
खाँणको हत्याको बिरोधमा रामपुरका विभिन्न संघसंस्थाले प्रेस विज्ञप्ति निकालेर घटनाको सत्यतथ्य विवरणसहित छिटोभन्दा छिटो दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।


Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top