कालीगण्डकी सार्वजनिक पुस्तकालय स्थापनाका अनुभूतिहरु  

Ganapati Manufacturing Company Pvt. Ltd.
0
 अर्जुन खनाल चापाकोट, स्याङ्जा /कालीगण्डकी सार्वजनिक पुस्तकालय स्याङ्जा जिल्लाको दक्षिणपूर्वी भूभागमा छ । यो वालिङ् नगरपालिकादेखि करिब २३ कि.मि. पूर्वमा चापाकोट नगरपालिकाको पायक पर्ने सुन्तलिटारमा रहेको छ । यो पुस्तकालय यसै क्षेत्रका उत्साही युवा उच्च शिक्षा हासिल गर्ने उद्देश्य लिएर काठमाडौं आएकाहरुको पहलमा भएको हो । आफ्नो जन्मथलोमा केही गरौं भन्ने उद्देश्यबाट प्ररित भई यो पुस्तकालय समाज विकास युवा सञ्जालको पदाधिकारी तथा सदस्यहरुको सक्रियतमा स्थापना भएको हो । यस संस्थाको मूल उद्देश्य समाज विकास र परिवर्तनका लागि युवा अभियान भन्ने हो । आज भन्दा ४ वर्ष पहिला यस समाज विकास युवा सञ्जालको स्थापना भई जनचेतना मूलक कार्यहरु गर्दै अघि बढ्ने सन्दर्भमा पुस्तकालयको अवधारण आयो र यसले मूर्त रुप लियो।राजधानीमा बसेर पढ्दा प्राप्त हुने सुविधा र गाउ ठाउमा पढ्दा झेल्नुपर्ने समस्याहरु बुझेर हामीले गाउमा पढ्ने विद्यार्थी मात्र नभएर यस क्षेत्रका १२,००० मानिसहरु, २९ वटा विद्यालयहरु प्रत्यक्ष रुपले लाभान्वित होऊन भन्ने चाहयौं । यसै क्षेत्रमा हुने गरी सम्पूर्ण बुबाआमा, दाजुभाई, दिदिबहिनी, शिक्षक, राजनीतिज्ञ, पेशाकर्मी र बृद्धिजीवीहरुले अरु पुस्तकालयबाट जस्तै पुस्तकहरु घरमै लागेर समयको उचित उपयोग गर्न सिक्ने वातावरण मिलाइएको छ । समाज विकास युवा सञ्जालको काठमाडौं मिति २०६९ भदौ २३ मा अर्जुन खनलाको संयोजकत्वमा पुस्तक संङ्कलन समिति गठन गरी अघि बढ्ने क्रममा विभिन्न संङ्घ संस्था तथा व्यक्तिहरुबाट राष्ट्रिय अन्तरराष्ट्रियस्तरका करिब ४००० पुस्तक जम्मा गर्न सफल भयौ । यस ग्रामीण भेगमा पढ्ने बानीको विकास भएको छैन । पढ्ने बानीभएकाहरुले पनि विभिन्न किसिमका पुस्तकहरु पढ्न पाएका छैनन् । यस समस्यालाई मध्यनजर गर्दै एउटा सार्वजनिक पुस्तकालय आवश्यक भएको महसुस हामीले ग¥यौं । हामीलाई शैक्षिक गुणस्तरमा केही परिवर्तन ल्याउन सकिन्छ भन्ने लाग्यो । पुस्तकालय खोल्ने निर्णय ग¥यौं । सुरुमा हामी आफैबाट पुस्तक संङ्कलन काम थाल्यौं । एक व्याक्ति एक पुस्तक भन्ने नाराका साथ पुस्तकहरु संकलन अभियान अघि बढ्यो । पहिलोपटक हामीले करिब ५३ वटा पुस्तकहरु जम्मा गर्न सफल भयौ । यस अभियानलाई हामी आफूमा मात्र सीमित राखेंनौं । यस अभियानलाई आआफ्ना साथीहरुसग समन्वय ग¥यौ र निरन्तर दियौं । साथीभाईहरुसग पनि पुस्तक माग्यौ । धेरैले पुस्तक दिए । ४०० पुस्तकहरु सङ्कलन भए । हामीलाई यो अभियान सफल भयो भने लाग्यो । हामीलाई पुस्तकहरु धेरै भन्दा धेरै जम्मा गर्न सकिन्छ भन्ने लाग्यो । यो अभियानलाई सहित्यिक स्रष्टासम्म पु¥याउने सोच बनायौं । साहित्यिक स्रष्टाबाट पर्याप्त पुस्तक जम्मा गर्न सकिन्छ भन्ने लाग्यो । त्यसै अनुरुप हामीले यस क्षेत्रका राष्ट्रिय कवि मित्रलाल पंगेनीलाई भेट्ने निर्णय ग¥यौं । हामीले उहासग फोन सम्र्पक ग¥यौं । उहाले पनि मेरो कार्यालयमा भोलि दिउसो १२ः०० बजे भेट्न आउनु भनेर समय दिनुभयो । उहालाई भेट्न हामी उहाकै कार्यालय थापाथली पुग्यौं । उहासग हामीले कुराकानी ग¥यौं । कुराकानी गर्दै जादा हामीले उहालाई भेट््न खोज्नुको कारणाबारे जानकारी गरायौं । हाम्रो कुराकानी विषयवस्तुमा केन्द्रित भयो । उहालाई हाम्रो गाउ ठाउमा पुस्तकालय खोल्ने निर्णय गरेको कुरा समेत जानकारी गरायौं । अहिलेसम्म कसरी पुस्तक संङ्कलन गरिएको छ भन्ने विषयमा पनि जानकारी गरायौं । हामीले गर्न लागेको कामबाट उहा पनि अत्यन्तै खुसी हुनुभयो । उहाले भन्नुभयो म तपाईहरुलाई बाटो देखाउने अथवा पुस्तक संकलन गर्ने उपाय बताउछु । पुस्तकहरु पनि जम्मा हुन्छन् । तपाईहरुले चिन्ता मान्नुपर्दैन । तपाईहरुले त्यसको लागि एउटा काम गर्नुपर्छ । हामीले हाम्रै ठाउमा पुस्तकालय खोल्नु थियो । पुस्तक जम्मा हुन्छ भने पछि हामीले पनि छिटै हुन्छ भन्ने नै भयौ । पुस्तक जम्मा गर्ने हो भने तपाईहरु मैले भनेको ठाउमा जान सक्नुपर्छ । हामीले उहाले दिनुभएका केही फोन नम्बर लिएर विदा भयौ । भोलिपल्टदेखि उहाले दिनुभएको नम्बरमा फोन गर्न थाल्यौं । समय समयमा फोन गर्ने काम ग¥यौं । उहाहरुसग हामीले समय माग्यौ । उहाहरुले विभिन्न समयमा मलाई भेट्नु भन्दै आफूलाई अनुकुल समय उपलब्ध गराउनुभयो । उहाहरुले दिएको समय अनुसार हामीले भेट्न काम ग¥यौं । हामी पहिलो दिन कपन गयौ । हामीलाई कसरी घरमा पुग्ने भनेर बाटो बताउनुभयो । हामी त्यसै गरी उहाको घरमा पुग्यो । उहाको घरको भित्तो सम्मान पत्र र कदर पत्रहरुले भरिएको रहेछ । उहा सुत्ने कोठा नजिकै पुस्तकालय रहेछ । हामीले खोल्ने लागेको पुस्तकालयको बारेमा संक्षिप्त जानकारी गरायौ । उहा अति नै खुसी हुनु भयो र भन्नुभयो । तपाईहरु जस्ता युवाहरु पुस्तकालय खोल्ने अभियानमा लाग्नुभएको रहेछ । मैले सक्ने सहयोग अवश्य गर्नेछु । उहाले ११७ वटा विभिन्न विधाका पुस्तकहरु हामीलाई दिनुभयो । हामी पनि सुरुमा यति धेरै पुस्तक जम्मा भएको देखेर मनमनै खुशी भयौ । उहाले एउटा कुरा गर्नुभएको थियो । जुनकुरा अझै पनि मेरो मनमा ताजै छ । हामी साहित्य स्रष्टाहरु यस क्षेत्रमा लागेका छौ । आजभोलि पुस्तक पढ्ने बानी अत्यन्तै कम छ । तपाईहरुको यो पुस्तकालय खोल्ने अभियानले हामी लेखकहरु उत्साही छौं । उहाले हामीलाई पछि पनि आउनुहोला पुस्तक जम्मा गरेर राखिदिने छु भन्नुभयो । त्यहाबाट पुस्त्क लिएर हामी आफना् कोठामा फर्कियौ । यस कामलाई हामीले निरन्तर रुपमा अघि बढायौ । फोन गर्दा फोन लागेन भनेर हामीले कहिल्यै हार खाएनौं । हामीले फोन नलागे वा फोन नउठ्दा उहा व्यस्त हुनु हदो रहेछ भन्ने बुझथ्यौ । कसैलाई एकचोटिमा फोन नलागे, नउठे हामीले बारम्बार फोन गरी रहयौं । हामीले फोन गर्ने कहिलै पनि अल्छी गरेनौ । हामी दिन प्रतिदिन पुस्तकहरुको संख्या बढाउदै लग्यौ । पुस्तक संङ्कलन गर्ने क्रममा हामीले विभिन्न उच्च तहमा रहनुभएका व्याक्तिहरुबाट पुस्तक प्राप्त ग¥यौं । साथै हामीले उहाहरुलाई नजिकबाट चिनजान गर्ने अवसर समेत प्राप्त भयो । पुस्तक सहयोग गर्ने व्यक्तिहरुबाट पनि हामीलाई विभिन्न किसिमका सल्लाह, सुझाव प्राप्त भयो । उहाहरुलाई पनि पुस्तक संङ्कलन गर्ने विभिन्न उपायहरु हामीलाई बताउनुभयो । पुस्तकालय खोल्ने धेरै छन् । पुस्तकालय खोल्ने भनेर पुस्तक जम्मा गर्दछन् । पुस्तक जम्मा गरेर बेच्ने गरेका घट्नाहरु पनि विभिन्न व्यक्तिहरुबाट सुन्न पाइयो । पुस्तकालय कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने कुराको उपाय समेत प्राप्त भयो । पुस्तक सङ्कलन गर्ने क्रममा हामीलाई पूर्व शिक्षा मन्त्री मोदनाथ प्रश्रिद देखि लिएर साहित्य सष्टा नरनाथ लुइटेल, नरेन्द्रराज प्रसाई, छायादत न्यौपाने, महेश्वर प्रसाद उपाध्याय, रामप्रसाद ज्ञवाली , अतृप्त पाण्डे, बिप्लव ढकाल, विष्ण प्रभात, केशव सलिवाल, खेम थापलिया, निभा शाह, राजेन्द्र सुवेदी, शशि लिम्बू, शिव पन्त, सागर रेग्मी, खेमलाल पोखरेल, प्रतिमा भण्डारी, डा. चक्रपाणी लुइटेल, किरण थापा, शालिकराम कोइराला, ऋषिराम पाण्डे, तिल प्रसाद श्रेष्ठ, अर्जुन पाण्डे, थानेश्वर खनालहरुबाट यथायोग्य सहयोग प्राप्त भयो । साथै विभिन्न संघ संस्था अर्थ मन्त्रालय, स्वदेश प्रकाशन, असिम पब्लिकेशन, वि.एन पुस्तक, भेराइटी पुस्तक भण्डार, प्रगति पब्लिकेशन, केन्द्रीय पुस्तकालय, आयम पब्लिकेशन, बुद्ध पब्लिकेशनबाट पनि पुस्तकहरु प्राप्त भए । विभिन्न समयमा विभिन्न व्यक्तिहरुहरुबाट आबश्यक सल्लाह र सुझावाहरुले गर्दा पुस्तक जम्मा गर्ने हाम्रो अभियान करिब २५०० पुस्तक प्राप्त गरी सफल भयौ । यसलाई औपचारिकता दिन २०६९ को विजय दशमी तथा शुभदीपावलको पावन असरमा हामीले प्रारम्भिक अन्र्तक्रिया तथा शुभकामना कार्यक्रम सञ्चालन ग¥यौं । त्यस कार्याक्रममा विभिन्न व्याक्तिहरु खेमराज भटराई, विन्दु कोइराला, सिताराम गह्रै, डा. नविन रायमाझी, टुकराज पाठक, गायत्री आचार्य, ढाकाराम डोटेल, कमल रेग्मी, गोविन्द भण्डारी, डिलेश्वर श्रेष्ठ, बन्धुभक्त भण्डारी, गोपाल घिमिरे लगायतले सहयोग गर्नुभएको थियो । साथै उक्त कार्याक्रममा विभिन्न संघ संस्था तत्कालिन चापाकोट गाविस कार्यालय, स्याङ्जा कतार सहयोग समाज अन्र्तगत चाकुर समाज, श्रीराम सुट एन्ड साडी सेन्टर चापाकोट, यमाहा अटोमोवाइल चापाकोट लगायतले पनि आर्थिक सहयोग गर्नुभएको छ । यसरी नै विभिन्न महानुभवाहरुले आगामी दिनमा विभिन्न किसिमका सहयोग गर्ने आवश्यन दिनुभएको छ । हामीलाई आर्थिक सहयोग प्राप्त हुने क्रम जारी छ । यस आर्थिक सहयोगले हामीलाई कोठा भाडा, किताब राख्ने याक, टेबुल, कुर्चीको व्यवस्थापनमा उत्पन्न अन्यो केही हदसम्म समाधान गरिदिएको छ । हाल पुस्तकालय कोठा भाडामा लिएर संचालन भएको छ । पुस्तकालय अहिलेसम्म एक जना स्वयंसेवकबाट रेखदेख भइरहेको छ । कालीगण्डकी सार्वजनिक पुस्तकालय दुई वर्षदेखि संचालन छ । अहिले हामीसग करिब ४००० प्रति पुस्तकहरु छन् । यी विभिन्न विधाका जस्तै कला, साहित्य संस्कृति, सेवाआयोग, बालसाहित्य , कथा, कविता, नाटक धर्म, संस्कृति, राजनीति, खेलकुद, इतिहास, क्यापस तथा स्कूलका पाठयपुस्तक उपलब्ध छन् साथै अहिले हामी सग ३ वटा याक, दुइृबाट कुर्ची, एउटा टेबुल छन् । 
अहिलेसम्म २२१ ज्नाले पुस्तकालयको सदस्यता दिई सक्नुभएको छ । सदस्यता लिनेले मात्र पुस्तक घरमा लगेर पढ्न पाउछन् । हामीले सुरुमा कसरी पुस्तक व्यवस्थापन गर्ने भन्ने समस्या थियो । यो समस्या तत्काललाई हटेको छ । पुस्तक थप गर्दा पुस्तक राख्ने प्रशस्त ठाउ छैन । पुस्तकालय सेवालाई विकास र विस्तार गर्ने हामीसग भवन छैन । भवन बनाउन जग्गा छैन । अझै सफल भइएको छैनौ । अत ः पुस्तकालयका लागि जग्गमा प्राप्त गर्न, भवन बनाउन, सुविधा सम्पन्न पुस्तकालय बनाउन समुदायका सबै बर्गको, सदभाव, विश्वास र मायाको खाचो छ । यो माया विश्वास र सद्भाव सधै प्राप्त भइरहोस् भन्ने विश्वास गर्दछौं । हामीले आफ्नो ठाउबाट टाढा रहेर पनि पुस्तकालयको लागि काम गरिरहेका छौं । दुर्गम क्षेत्र भएर वा पुस्तकालयको महत्व नबुझेर पनि होला । अहिले यस पुस्तकालयमा दिनमा ८÷९ जना मात्र नियमित पुस्तक पत्रिका पढ्न आउने जाने गर्दछन् । पुस्तकालय अहिले शनिबार र सार्वजनिक विदाको दिन बाहेक अरु दिन १२ बजेदेखि ४ बजेसम्म संचालनमा आइरहेको छ । अहिले हामीले पुस्तकालयको महत्वको बारेमा गाउगाउमा जानकारी गराई रहेका छौं । यसका लागि स्कूल स्कूलमा गएर यसको महत्वको बारमो जानकारी गराउने काम जारी छ । यसमा काममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षकबाट उल्लेखनीय सहयोग प्राप्त भएको छ । उहाहरुले पनि विद्याथी भाई बाहिनीहरुलाई पुस्तकालको महत्व आफैले जानकारी गराउनु भएको छ । साथै विद्यार्थीहरुलाई अवलोकन भ्रमण पनि गराउनु भएको छ । पुस्तकालयमा विद्याथीहरु आउने जाने क्रम बढी रहेको छ । आजभोलि त विद्यार्थी लगाएत अरुले पनि हामीले पुस्तकालयमा यो पुस्तक प्राप्त गरेनौं तपाईहरुले यस्ता खालाका पुस्तकहरु पुस्तकालयमा छिटो भन्दा छिटो उपलब्ध गराई दिनु भनेर माग पनि आउन थालेको छ । यसले हामीमा अझै धेरै हौसला थपेको छ । नजिकै रहको क्याम्पसबाट पनि विद्यार्थीहरु पुस्तकहरु लैजाने गर्दछन् । घरमा लगेका पुस्तकहरु लैजाने गर्दछन् । घरमा लागेका पुस्तक पनि समयमा ल्याउने गरिरहेका छन् । हामीले पुस्तकालय खोल्न समयमा आउन नभ्याउनेको लागि छुटै व्यवस्था गरका छौ । उहाहरुको सल्लाह बमोजिम पुस्तक घर लैजाने व्यवस्था मिलाएका छौं । यसबाट पनि किताब पढ्ने बानीको विकास हुन्छ भन्ने हामीले विश्वास लिएका छौं । यसबाट पनि किताब पढ्ने बानीको विकास हुन्छ भन्नेमा हामीले विश्वास लिएका छौं । एउटा पुस्तक एक हप्तासम्म घरमा लैजाने व्यवस्था गरेका छौं । पुस्तक घर लैजानको लागि नियम पुरा गर्नुपर्ने हुन्छ । यसबाट पनि हाम्रो पाठक संख्या दिनप्रतिदिन बढ्दै छ । हाल राष्ट्रियस्तरका केही पत्रपत्रिकाहरु लैजाने व्यवस्था गरिएको छ । हाम्रो पुस्तकालयमा अहिलेसम्म मदन पुरस्कार र साझा पुरस्कार प्राप्त सम्पूर्ण पुस्तकहरुको अलावा विभिन्न विधाका पुस्तकहरु प्रशस्त रुपमा छन् । पाठकले माग गरेको खण्डमा र बेला बेलामा बजारमा आएको नया नया पुस्तकहरु लैजाने व्यवस्था मिलाएका छौ । यसले गर्दा पनि पुस्तकालयमा नियमिति पढ्न आउनेको संख्या बढ्ेको छ । अहिले पाठकहरुको मागलाई मध्यनजर गर्दै निशुल्क वाईफाईको समेत व्यवस्था मिलाएका छौं । पुस्तकालय सञ्चालनको क्रममा आर्थिक अभाव भएपछि हामीले सामाजिक सञ्जालबाट सहयोगको लागि अपिल गरौं । हामीले अपिल गरेको र काम गरीरहेको देखेर देश विदेशबाट १६४ जनाबाट आर्थिक रकम सहयोग प्राप्त भयो । सो सहयोग रकमलाई २०७३ सालको विजयदशमीमा एक कार्यक्रम आयोजना रु ७ लाखको अक्षय कोषको स्थापना गरिएको छ । अहिले सम्म हामीले यसै अक्षय कोषको व्याजबाट  एक जना कर्मचारी र कोठा भाडा बुझाउदै आएका छौं ।अब हामीले २०७४ सालको विजयदशमीमा एक कार्यक्रममा आयोजना गरी पुस्तकालयको आफ्नै भवन बनाउन शुरु गर्ने योजना बनाईरहेका छौ । उक्त भवनको डिजाइन समेत तयार भईसकेको छ । हामीले भवन निर्माणको लागि आवश्यक पर्ने रकम जुटाउने कोशीस गरिरहेका छौं । दशैमा भवनको शिलान्यास गरी त्यसपछि भवन निर्माणको काम लगतै अगाडि बढाउने योजना बनाईरहेका छौं । अव हामीले बनाउन खोजेको पुस्तकालयको तीन तल्ले हुनेछ । जसमा पहिले तलामा पत्रिपत्रिका, पुस्तक पढ्ने व्यवस्था मिलाईनेछ भन्ने दोस्रो तल्लामा ईलाइबे्ररी हुनेछ तस्तै गरी तेस्रो तला भन्ने कार्यक्रम हल हुनेछ । जसमा पाठकहरु विभिन्न विषयमा अन्तरक्रिया गष्ठी कार्यक्रम गर्न मिल्ने खालको हुनेछ । अहिले हामीलाई पुस्तकालय भवन निर्माण सुरु गर्नुहोस् भवन निर्माणको लागि पैसाको समस्या हुने छैन भन्नेर सबैतिरबाट सल्लाह, सुझावहरु आईरहेको छ जसले गर्दा भवन निर्माण गर्ने यो योजना सफल हुनेछ भन्ने पूर्ण विश्वास छ । 

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top