स्याङ्जा सहयोग समाज साउदी अरबको दोस्रो महाधिवेशन भब्यताका साथ सम्पन्न।

0

16 जुलाई
 प्रवास : रोजगार,ब्यबसायको सिलसिलामा साउदी अरबमा क्रियाशील स्याङ्जा जिल्लाबासीहरुको साझा संस्था स्याङ्जा सहयोग समाज,साउदी अरबको दोस्रो महाधिवेशन १४ जुलाई तदानुसार शुक्रबारका दिन सम्पन्न भएको छ ।

महाधिवेशन ले आगामी २ बर्षे कार्यकालको लागी बाल कृष्ण पंगेनी को अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिको निर्बिरोध चयन गरेको छ।एन.ए मिडिया ले कार्यक्रमको दोस्रो खण्ड आधिकारिक फेसबुक पेज मार्फत प्रतक्ष्य प्रशारण गरेको थियो ।
रियादमा सम्पन्न अधिबेशन कार्यक्रमको सभापतित्व निबर्तमान अध्यक्ष मोहन बिएसके,प्रमुख अतिथि नेपाली राजदुत महामहिम प्रा.डा. महेन्द्र सिंह राजपुत,विशिष्ट अथिति स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय कमिटिका सचिब भोला पौडेल,सँरक्षक राजु सैयद,सल्लाहकार जेस कुमार श्रेष्ठ अथितिहरुमा जनजाती महासंघ,साउदी अरबका अध्यक्ष हुम सुनारी मगर,एनआरएनए आईसीसी सदस्य रमेश भण्डारी,नेपाली जनसम्पर्क समितिका अध्यक्ष दीपक रेग्मी,फ्रेन्ड्स अफ नेपाल,साउदी अरबका अध्यक्ष श्री कृष्ण श्रेष्ठ,मगर संघ प्रबास शाखाका का.वा अध्यक्ष युबराज पुन मगर,तमु धी का प्रमुख सल्लाहकार ओम तमु,दलित एकता संजाल आई सी सी महासचिब निर ब सुनार,काभ्रे समाजका अध्यक्ष ब्यबसायी जेन लामा,नेपाली साझा मंचका रियाद ब्युरो प्रमुख बिष्णु घिमिरे,प्रबासी नेपाली मंच का उपाध्यक्ष राजेन्द्र खत्री एबम ब्यबसायीहरु कमल खरेल,बाल कृष्ण श्रेष्ठ,परशुराम मिश्र,शरद शर्मा लगायतका रहेका थिए।

एन.ए मिडियाका प्रबन्ध निर्देशक एबम स्याङ्जा सहयोग समाजका निबर्तमान सह कोष-अध्यक्ष रोशन एन श्रेष्ठ द्वारा संचालित कार्यक्रम मा रास्ट्रीय गान,द्विप प्रज्वलित एबम प्रमुख अथिति र सभापति द्वारा ब्यानर पर्दापण गरि औपचारिक कार्यक्रमको सुरुवात गरिएको थियो। कार्यक्रममा नबिन कुमार द्वारा स्वागत मन्तब्य राखिएको थियो भने सचिब बालकृष्ण पंगेनी ले कार्यसम्पादन प्रतिबेदन पेश गरेका थिए।

महाधिवेशन कार्यक्रम अन्तर्गत सम्पन्न बन्द सत्र ले अध्यक्षमा बाल कृष्ण पंगेनी सहितको नयाँ कार्यसमिति निर्बिरोध चयन गरिएको घोषणा गरिएको थियो र आईसीसी सचिब भोला पौडेल द्वारा नयाँ कार्यसमिति लाई पद तथा गोपनियताको सपथ दिलाईएको थियो निर्बाचित कार्यसमिति निम्नानुसार रहेको छ,

कार्यसमिति २०१७/१९

१. अध्क्षय – बाल कृष्ण पंगेनी

२.प्रथम उपाध्यक्ष्य – पारश काफ्ले

३. उपाधक्ष्य –सुरज सापकोटा

४.उपाध्यक्ष (रिक्त )

५.महासचिव – टिका के.सी.

६.सचिव – सन्तोष परियार

 ७.कोषाध्क्षय – विजय सुनाम

८.सह-कोषाध्क्षय – रियाध

सदस्यहरु

 अजिज खान , राजु श्रेष्ठ, पशुपति भट्टराइ, दिनेश श्रेष्ठ, लोक नाथ पाठक

संरक्षक –राजु सैयद

प्रमुख सल्लाहकार – यस्मीन बेगम

सल्लाहकार,

 जेश कुमार श्रेष्ठ ,भोला पौडेल ,बिनोद खड्का

कार्यक्रममा मन्तब्य को क्रममा अथितिहरु द्वारा नवनिर्बाचित पदाधिकारीहरु लाई शुभकामना व्यक्त गरिदै निबर्तमान कार्यसमितिको खुलेर प्रसंशा गरेका थिए।

 प्रमुख अथिति नेपाली राजदुत महेन्द्र सिंह राजपुत ले आफ्नो मन्तब्य को क्रममा हाल नेपाली दुताबास ले साउदी अरबमा किर्याशील नेपालीहरु को स्वास्थ परिक्षण को कार्य लाई अघि बढाई रहेको उल्लेख गर्दै स्वस्थता नै मूल पुंजी हुने कुरा बिस्तारमा चर्चा गरेका थिए राजपुत ले  दुताबास द्वारा हाल चालिएको कदमहरुको बारेमा जानकारी दिंदै नेपालीहरुको हित प्रेरित कार्यमा सहकार्य गर्न मिडिया,सामाजिक संस्थाहरु लाई आग्रह गरेका थिए साथै स्याङ्जा सहयोग समाज ले निरन्तर रुपमा सामाजिक काममा योगदान दिंदै आएको बारेमा आफु जानकार रहेको जनाउंदै नयाँ कार्यसमिति संग पनि सोहि प्रकृतिको सहकार्य को अपेक्षा राखेको समेत मन्तब्यको क्रममा  जनाए ।

कार्यक्रमका सभापति मोहन बीएसके ले सबैको सहकार्यमा नै अघि बढ्न सक्षम भएको जनाउदै संस्था  स्यांगजा जिल्लाको पहिचान विकासमा योगदान दिन स्थापना भएको भएता पनि आफुहरु कहिले पनि सिमिति घेरा मा नरहने जनाउंदै नेपाल र नेपालीहरुको हितमा सदा सक्दो योगदान दिएको जनाएका थिए। कार्यक्रममा संस्था एबम विभिन्न व्यक्तित्वहरु लाई सम्मानित गरिएको थियो।

रियाद आसपास विभिन्न कार्यक्रमहरु समान दिनमा रहेको ले अपेक्षा अनुरुपको उपस्थिति नरहेता पनि समयमा नै खानपिन को लागि ब्यबस्था गरिनु एबम व्यवस्थित ब्यबस्थापनको सहभागीहरु ले मुठकण्ठ ले प्रशंसा गरेका थिए ।
(NA मिडिया बाट साभार)
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top