पाल्पाको रामपुर नगरपालिका मा स्थानीय निर्वाचनको माहोल तिब्र बन्दै गएको छ । जेष्ठ ३१ मा हुने स्थानीय तह निर्वाचनको माहोल ताते सगैँ नेपाली कांग्रेसको पक्षमा जनमत देखिएको हो । निर्वाचनको मिति घोषणा भएपछि रामपुर नगरपालिका का स्थानीय जनता कांग्रेसको पक्षमा उभिएका हुन् । निर्वाचनको गतिविधि बढेपछि अहिले नगरपालिका मा कुनैपनि पार्टिको सदस्यता नलिएका र कुनै पार्टिमा आस्था नराखेका स्थानीयहरुले नेपाली कांग्रेसको मेयरका उमेरदवार रमण बहादुर थापाको पक्षमा खुलेर मत माग्न थालेका छन् । कांग्रेसबाट रमण बहादुर थापा , एमालेबाट राजु प्रसाद श्रेष्ठ , प्रतिस्पर्धामा छन् । मुख्य दुई दल अहिले रस्साकस्सीमा उत्रिएका छन् ।दुईदलको प्रतिस्पर्धा तीब्ररुपमा भएपनि युवा एबमं विकास प्रेमी, मिलनसार जुझारु नेता रमण बहादुर थापाका पक्षमा जनलहर उर्लिएको छ । अहिले मुख्य दुईदलको चुनावी प्रतिस्पर्धाको विषलयलाई लिएर चिया पसल देखि मेलापातमा समेत चर्चा चल्ने गरेको छ । तर ती मध्ये चुनावी माहोलमा रमण बहादुर थापा अब्बल देखिएको मतदाताको अनुमान छ । कांग्रेससगँ एमाले प्रतिस्पर्धा हुनेछ हाल देखिएको कांग्रेसको माहोलले एमाले लाई तनाव र ठुलो झड्का लागेको एमालेका एक नेताले बताए । ७०को सांसद निर्वाचनमा एमालेलाई भोट दिएका एमाले निकट कार्यकर्ता अहिले एमाले हराउ अभियानमा लागेका एमाले निकट कार्यकर्ता ले बताए । कांग्रेस निकटका वडा अध्यक्षहरु भन्छन् हामीले आफ्नो पक्षमा जनमत उभ्याइसकेका छौँ हामी जनतालाई तर्साएर होइन मन जितेर चुनाव जितेर देखाउने बताउँछन् अहिले रामपुर नगरपालिका सबै वडा सहित नगरपालिका को निर्वाचन माहोल कांग्रेसको पक्षमा उभिएको हो ।