यसपालीको रामपुर नगरपालिका को मेयरमा काँग्रेसले जित्ने पक्का भएको रमण बहादुर थापाको भनाइ

Ganapati Manufacturing Company Pvt. Ltd.
0



स्थानीय निकायको निर्वाचन नजिकिएसँगै चुनावी सरगर्मी बढ्न थालेको छ ।बीस वर्षपछि हुन लागेको स्थानीय चुनावले राजनीतिक पार्टी तथा स्थानीय छन् । २०७४ वैशाख ३१ गते सरकारले चुनावको मिति घोषणा गरेको छ
 । चुनावको मिति घोषणा गरेसँगै विभिन्न पार्टीमा आवद्ध स्थानीय नेताहरू आफ्नो प्रभाव क्षेत्रमा उम्मेदवारी दिन लविङमा जुटेका छन् । पूर्बी पाल्पा को केन्द्रबिन्दु रामपुर नगरपालिका को मेयरमा आकांक्षीको चर्चा चल्न थालेको छ । प्रतिस्पर्धीलाई उछिनेर कसरी आफ्नो पक्षमा उम्मेदवारी पार्ने रणनीतिमा उनीहरू छन् । नयाँ संविधानले स्थानीय निकायलाई बलियो बनाउने नीति अख्तियार गरेकाले अबको मेयर र उप–मेयर मन्त्रीजतिकै शक्तिशाली हुन्छन् । त्यही भएर पनि मेयर÷उप–मेयर पदको महत्व बढेको हो । नेपाली कांग्रेसबाट मेयरको लागि रमण बहादुर थापा को नाम चर्चामा छ । व्यापारिक क्षेत्रबाट राजनीतिमा प्रतिनिधित्व गर्ने भएकाले थापा शक्तिशाली मानिँदै आएका छन् । नेपाली कांग्रेसले स्थानीय निकाय निर्वाचनमा तल्लो तहलाई नै उम्मेदवार छान्ने अधिकार दिएकाले पहुँच भएका कारण नेताको भन्दा स्थानीय कार्यकर्ताकै पहुँचबाट उम्मेदवार आउनेछन् । ‘टिकट जसले पाए पनि नेपाली कांग्रेस एकढिक्का भएर आफ्नो उम्मेदवार विजयी गराउन लाग्छ,’ नगरसभापति नेत्र भट्टराईले भने ।

रामपुरमा जनताहरु कम्युनिष्ट पार्टी प्रति रुष्ट रहेको बताएका छन् । “यो ठाउँबाट धेरै पटक एमालेका साथीहरु सभासद,मन्त्रि हुनु भयो तर विकासको नाममा सिंको भाँचेनन् अब विकास गर्ने जिम्मा नेपाली काँग्रेसको हो, थापाले भने” । रामपुरको सबै वडामा वडा भेला सकिएको र नियमित भेटघाटमा जनताको घरदैलोमै आफु व्यस्त रहेको थापाले जानकारी दिए । कार्यकर्तालाई संरक्षण गर्ने कार्यकर्तालाई परेको दुखसुखमा सजिलै हातमा हात काँधमा काँध मिलाएर दुखसुख बाँड्ने संगठनको लागी दिल ज्यान दिएर लाग्ने भएका कारण थापा रामपुर मा निकैलोकप्रिय मानिन्छन
काँग्रेसले लोकप्रिय उम्मेदवार चयन गरेका कारण रामपुरमा चुनावी गतिविधि बढेको र काँग्रेसको जित सुनिश्चित देखिएको नगरसभापति नेत्र भट्टराईले बताए । शैद्धान्तिक कुरा भन्दा व्यवाहारिक कुरा वढी जनताले हर्ने र स्वभावको मूल्याङकन गर्ने भएका कारण यसपालीको रामपुरको  मेयरमा काँग्रेसले जित्ने पक्का भएको थापाको भनाइ छ ।

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top