यो ठाउँबाट धेरै पटक एमालेका साथीहरु सभासद,मन्त्रि हुनु भयो तर विकासको नाममा सिंको भाँचेनन् अब विकास गर्ने जिम्मा नेपाली काँग्रेसको हो, रमण थापा” -

Ganapati Manufacturing Company Pvt. Ltd.
0



वैशाख ३१ गतेको स्थानिय निर्वाचन नजिकिदै गर्दा पाल्पाको दोस्रो ठुलो सहर रामपुर नगरपालिकामा पनि चुनावी सरगर्मी बढी रहेको छ । रामपुरको प्रत्येक चोक, चियापसल, र चौतारीमा यसपाली मेयर कस्ले हातपार्ला भन्ने विभिन्न अडकलबाजीहरु भईरहेका छन् । रामपुर एउटा राम्रो सम्भावना बोकेको क्षेत्रभएको हुनाले पनि यहाँ क्षमतावान र योग्य व्यक्तिले मेयरको चुनाव जित्नु पर्छ भन्ने जनताको बुझाई छ । आसन्न निर्वाचनका निम्ती रामपुरमा नेकपा एमालेको तर्फबाट प्रभावसाली नेता राजु प्रसाद श्रेष्ठ र नेपाली काँग्रेसबाट लोकप्रिय नेता रमण थापा मेयरको चुनावी मैदानमा होमि सकेका छन् । यि दुई जनामा कस्ले बाजीमार्ला भन्ने विभिन्न अड्कलबाजीहरु स्थानिय जनता र कार्यकर्ता विच हुन थालेको छ ।२०३६ साल देखी नेपाली काँग्रेसमा आस्था राख्दै राजनीतिमा अगाडी बढेका रमण थापा र २०३६ साल देखी नै विधार्थी राजनीतिमा पाईला चालि अघि बढेका राजु श्रेष्ठ दुवै जना अत्यन्त मिल्ने साथी पनि हुन । दुवै जना साथी साथी अहिले रामपुर मेयरमा अर्को साथीलाई पछारेर आफनो पोल्टामा पार्ने दाउ खेलिरहेका छन् ।



नेपाली काँग्रेसको तर्फबाट रामपुर नगरपालिकाको मेयरमा चर्चा भएका नेता रमण थापाले रामपुरमा जनताहरु कम्युनिष्ट पार्टी प्रति रुष्ट रहेको बताएका छन् । आज हाम्रो अनलाईन  संग कुरा गर्दै “यो ठाउँबाट धेरै पटक एमालेका साथीहरु सभासद,मन्त्रि हुनु भयो तर विकासको नाममा सिंको भाँचेनन् अब विकास गर्ने जिम्मा नेपाली काँग्रेसको हो, थापाले भने” । रामपुरको सबै वडामा वडा भेला सकिएको र नियमित भेटघाटमा जनताको घरदैलोमै आफु व्यस्त रहेको थापाले जानकारी दिए । २०३६ साल देखी आफु नेपाली काँग्रेसमा क्रियासिल रहेको र आफुले आफ्नै स्रोतसाधन मार्फत विकासे गतिविधी अगाडी बढाएको हुनाले र शैद्धान्तिक कुरा भन्दा व्यवाहारिक कुरा वढी जनताले हर्ने र स्वभावको मूल्याङकन गर्ने भएका कारण यसपालीको रामपुर मेयरमा आफुले जित्ने पक्का भएको थापाको भनाइ छ । म कुनै पार्टीको त्यस्तो ठुलो पदमा छैन मैले जनताको काम निरन्तर गरेको छु जनताले पद भन्दा पनि काम हेर्दारहेछन थापाले भने ।

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top