केटा केटि हुँदा खेरी सोझो थिए अलिकति
बन्थे बाले चिना हेरी सोझो थिए अलिकति
उमेर वड्यो वैश चड्यो समयको रफ्तारमा
बिग्रे क्यारे हत्तेरी सोझो थिए अलिकति
परिवार को रेखदेख यति मानै दिन बित्थ्यो
धाउदा पानी पधेँरी सोझो थिए अलिकति
छोरी–छोरा एकै मान्थे आमा–बाबु सधैँ मेरा
सफाई गर्थे मझेरी सोझो थिए अलिकति
विवश भासी धेरै भयो दोधारमा परेको छु
थाहा छैन कहाँ नेरी सोझो थिए अलिकति
विवश ज्ञवाली (असफल प्रेमी)
