दैलेख जिल्लामा जन्मिएका , बसाइ सरेर बांकेको नेपालगन्ज आएका र हालको कर्मथलो दुबई लाई बनाएका एक कुशल छायांकार तथा निर्देशक हुन , " सुर्य कुमार बोहोरा " उनै सुर्य कुमार बोहोरा संग हाम्रा मित्र प्रकाश ढकाल ले गर्नु भएको कुराकानी -
१-कसरी आउनु भो साङीतिक क्षेत्रमा ?

- मेरो सानै देखिको रुचि थियो स्कुल होस या कतै रमाइलो होस या रेडियोमा गीत बजोस मलाई साह्रै मन पर्थियो , तर खासगरी मलाई यस क्षेत्रमा आउन सहयोग मधुमांया परियार , बाबुराम परियार र हुमनाथ कुवंर को साथ छ।
२-तपाइलाइ हामी के भनेर चिन्ने , शब्द सर्जक , छायांकार , गायककार ? किन भने तपाइले गीत लेख्नु हुन्छ , गाउनु हुन्छ अनि छायांकन पनि गर्नु हुन्छ !
- मलाई सुर्य कुमार बोहोरा नै भनेर चिन्ने , किनकी म सबै क्षेत्रमा बामे सर्दै छु, र तपाइले भनेको सबै काम गरिरहेको छु प्रकाश जि।
३-अहिले सम्म कति वटा गीत गाउनु भयो कति एल्बम बजारमा आय , कति वटा भिडियो छायांकन गर्नु भयो ?
-मैले हालसम्म त ७/८ वटामा छायांकन गरे , २ वटा आधुनिक १ तीजको गीत अनि १ लोक पोप ३ वटा लोक गीत मा आंफै गाएको पनि छु केही भिडियो अभिनय पनि गरेको छु ।
४-तपाइले भिडियो निर्देशन पनि गर्नु भएको छ रे हाल सम्म कति वटा भिडियो निर्देशन गर्नु भयो ?
-मैले अहिले सम्म ७ वटा भिडियोको निर्देशन गरे।
र केही भिडियो हरु गर्दै पनि छु , केही बजारमा आए भने केही आउने तयारीमा छन, नाम लिनु पर्दा आइ लब यु काली , फेसबुकमा दम छ , बिबश नारी , चुम्न देउ मलाई , व्रत बस्छु बरु, छोडी गयौ जस्ता गीतमा कुनैमा शब्द स्वर संगीत तथा कुनैमा छायांकन निर्देशन गरेको छु !
५-क्यामेरा मात्र चलाउदाको मज्जा र दुबै काम एकसाथ गर्दा को अनुभव बताइदिनु न !
-क्यामेरा मात्र चलाउदा एक काम मा मात्र ध्यान दिंदा हुन्थियो भने अहिले क्यामेरा र निर्देशन गर्दा अल्लि गाह्रो त हुन्छ नै , तर मज्जा चाहिँ दुबै काम गर्दा आउने रहेछ,आफ्नै शैलिमा क्यामेरा चलाउन पाइने अनि आफै जस्तो कथा बनायो आंफुलाइ खिच्न सजिलो हुने।
६- तपाइले लोक गीत मात्र गाउने लेख्ने गर्नु हुन्छ कि अरु पनि ?
- मैले गीत गाउने मात्र हैन शब्द कोर्ने पनि गर्छु , गाउने पनि गर्छु , अभिनय पनि गरेको छु २ भिडियोमा तर खुसी हुन सकिन।
७-रुची कस्तो छ । अरु के काममा हुनुहुन्छ?
- सबै भन्दा पहिले त नोकरी हेरेको छु , र छुट्टी को दिन अरु केही गर्न फुर्सद नै हुन्न , आजकल त एकै दिनमा ३/४ वटा भिडियो खिच्नको लागि अफर आउँछ , समय पुग्दैन , रुचि त संगीत नै हो अनि साथिभाइ संग रमाउन मन पर्छ।
८-घर परिवारले के बने हुन्थ्यो भन्ने चाहन्थ्थे
सपोट क कसको हो?
- घर परिवारले तं यहि बन्नु पर्छ भनेर कर त गर्नु भएन तर पनि देशको एक संगीतप्रेमी बन भन्नू हुन्थियो आमाले , यस्को सपोर्ट त आमालाइ नै दिन्छु। र अर्को कुरा शुरुमा त मेरि जिबनसंगीनी शुशिला ले मलाई सपोर्ट पनि गरिनन , नलाग्नु भनेर झगडा समेत भयो , तर आजकल केही देखिन होला फुल सपोर्ट गर्छिन बिग्रेको शब्दहरु लाई समेत मिलाइदिन्छिन।
९-मोडलिङ्गमा बामे सर्दै गरेकालाई कत्तिको सजिलो या गाह्रो ?
- एकदम गाह्रो , र भन्न पनि चाहन्छु कोहि साथिहरु यो क्षेत्रमा आउन चाहनुहुन्छ भने केही सिकेर मात्र आउनु होला यहाँ आएर सिकौला भन्ने सोचले नआउनु होला ।
१०-के पाइन्छ जस्तो लाग्छ यो क्षेत्रमा ?
- यो क्षेत्रमा लागेर मैले मांया पाएको छु र सदैब दर्शक श्रोताको मांया ममता नै पाइन्छ , तर कहिलेकाही गाली पनि पाइन्छ।
११-अब के गर्ने सोचमा हुनुहन्छ? यही क्षेत्रमा अझै अघि बढ्ने या रहर पुग्यो?
-अब को सोच मेरो संगीत नै हो , मेरो रहर यो क्षेत्रमा कहिले पनि पुग्दैन , यो क्षेत्रको एक पाटो लिएर नै जिबनमा चल्ने छु ।
१२- अन्तमा केही भन्नू छ ?
सर्बप्रथम त तपाइलाइ विशेष धन्यवाद , अनि सम्पुर्ण मेरा दर्शक स्रोताहरुलाइ । मलाई आजको दिनमा भन्दा अझै धेरै मांया गर्दिनु होला , म भर्खर तपाइहरुको काखमा छु केही सिक्दै छु , मैले तपाइहरुलाइ एक नौलो अनुभूति दिने छु , मैले छायांकन , गायन तथा निर्देशन गरेका लोक होस या आधुनिक मा नयाँ स्वाद दिने छु , सम्झिरहनु होला यो सुर्यकुमार बोहोरालाइ ।
आशा गरौ र कामना गरौ तपाईंको यो चाहना हरु पूरा हुन एक असल संगीतकर्मी बनेक देख्न र सुन्न पाइयोस,धन्यवाद !
