राष्ट्रपति विद्यादेवी भण्डारीकी आमा वृद्धा आश्रममा।

0
18 December, 2016

काठमाडौंः धेरैले अनुमान गर्नै सक्दैनन् राष्ट्रपतिकी आमालाई कति सुविधा होला ? कस्तो ठाउँमा बस्छिन् होला ? तर, नेपालकै दोस्रो र पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीकी आमा भने वृद्धाआश्रममा दैनिकी बिताइरहेकी छिन् ।

सुनसरी जिल्लाको चतरामा रहेको वृद्धा आश्रममा बस्दै आएकी छिन् । हाँस्यकलाकार मनोज गजुरेलले उनलाई भेटेर कुराकानी गर्दा उनले आफ्नै रहरले आश्रममा बसेको बताएकी छिन् ।

‘म मेरै रहरले आश्रममा बसेकी हुँ, छोराछोरीले छोडेका हैनन है बाबु ।’ गजुरेलसँगको कुराकानीमा भनेकी छिन् ।कलाकार गजुरेलले राष्ट्रपति भण्डारीकी आमासँग् कुरा गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top