सर्वोच्चमै लोकमानलाई कालोमोसो दलियो।

0
Thursday, Dec 22, 2016
काठमाडौं, पुस ७ – वयानका लागि सर्वोच्च अदालत पुगेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई अदालत भित्रै कालोमोसो दलिएको छ ।
पेशी कक्षमा जाँदै गरेका कार्कीलाई पछाडिबाट गएका दुईजनाले कालोमोसो दलेका थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अदालतले बयानका लागि कार्की आफैलाई अदालत उपस्थित हुन आदेश दिएपछि उहाँ अदालत पुग्नुभएको थियो ।
अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेका चारवटासहित सातवटा रिटमाथि न्यायाधीशहरु ईश्वर खतिवडा, डाक्टर आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा सुनुवाई भएको छ । बिहीबार मुद्दाको पक्षमा अधिवक्ता अर्यालसहित डाक्टर सुरेन्द्र भण्डारी र रमेश बरालले बहस गर्नुभएको छ ।
अधिवक्ता अर्यालले लोकमानको नियुुक्तिका लागि आवश्यक योग्यता नपुगेकोले नियुक्ति नै गर्न नहुने, नियुक्ति बदर गर्नुपर्ने, निलम्बनमा परिसकेपछि उनका सेवा सुविधा खोसिनुपर्ने, सर्वोच्चको म्याद तामेलीमा अवरोध गरेकाले १५ दिन जेल राखिपाउँ भन्ने पाँचवटा रिट दायर गर्नुभएको थियो ।
त्यस्तै म्याद तामेलीमा अवरोध गरेका बारे सर्वोच्च प्रशासनले वडा कार्यालयका कर्मचारीलाई कारबाही गर्नुपर्ने विषयमा दायर गरेको अर्को रिट तथा कार्कीका तर्फबाट वारेस राख्न पाउँ भन्नेबारेको सहित सातवटा रिटमा एकसाथ सुनुवाई सुरु भएको हो ।
यसअघि लोकमानको पक्षका वकिलहरु बालकृष्ण न्यौपाने, सुशील पन्त , कृष्ण सापकोटा र भिमार्जुन आचार्यले आजको लागि तोकिएको सुनुवाइ सारी पाउँ भन्दै निवेदन दिनुभएको थियो । गएको मंसिर १६ गते कार्कीका तर्फबाट बहस गर्ने वालकृष्ण न्यौपानेले पेशी सार्न निवेदन दिएपछि अर्को पटकका लागि सार्न नपाउने गरी बिहीबारका लागि पेशी तोकिएको थियो ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top