पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२० जुलाईसम्म सञ्चालनमा आउने।

0

पोखरा, ४ पुस-    
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२० जुलाई सम्ममा सञ्चालनमा आउने गरी काम अगाडी बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताएका छन् । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सञ्चालन भई रहेको बताउदै काम प्रति आशंका नगर्न अनुरोध गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिले शनिबार पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा महानिर्देशक गौतमले विमानस्थल डिजाइनको काम अगाडी बढेको बताए ।
उनले नाला बनाउने र विमानस्थलसम्म पुग्ने बाटो निर्माण सम्पन्न भई विमानस्थलको डिजाइनको पहिलो चरणको काम सकिएको बताए । उनले पोखरा विमानस्थलको परिफेरीको लागि आवश्यक पर्ने थप १ सय ७ रोपनी जग्गा अधिग्रहणको काम अगाडी बढ्को बताए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले विसं २०३२ सालमा ३ हजार १ सय ६ रोपनी जमिन अधिग्रहण गरेकोमा नपुग ५ सय २१ रोपनी जग्गा र ३५ वटा घरटहरा अधिग्रहण गरिसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख प्रदिप अधिकारीले जानकारी दिए । उनले अधिग्रहणका लागि दुई अर्ब ३४ करोड ७० लाख मुआब्जा वितरण गरेको बताए विमानस्थलको ठेक्का लिएको चीनको ठेकेदार कम्पनी सिएमसीइको प्राविधिक टोली आइसकेको र निर्माण अवधिभर कम्पनीको प्राविधिक टोली, कर्मचारी र कामदार बस्ने अस्थायी भवन बनाउने काम भइरहेको अधिकारीले बताए ।
कार्यक्रमका सभापति व्यवस्थापिका संसद् विकास समितिका सभापति एवम् विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिका संयोजक रवीन्द्र अधिकारीले विमानस्थलको काम अघि बढिरहेकाले यसमा आशङ्का नगर्न सबैसँग आग्रह गरे । उनले सबै मिलेर सहयोग गरेमा विमानस्थल निमार्णको काम समय नै सकिने बताए । उनले विमानस्थलबाट प्रत्यक्ष प्रभावित वडा नं १४, १८ र १५ मा निर्माण गरिने पूर्वाधारका काम कतिपय आयोजनाले र बाँकी नेपाल सरकारले पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा सभासद सारदा पौडेल, डिवि नेपाली, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, निर्वतमान अध्यक्ष विन्दुकुमार थापा, पश्चिमाञ्च होटल संघका अध्यक्ष भरत पराजुली लगाएतले सुझाब दिएका थिए । कार्यक्रममा विमानस्थलबाट प्रभावित स्थानीय बासिन्दा बोधराज कार्की, रोमबहादुर कार्की, गोकर्ण कार्की, भीमसेन थापा, बलराम कुँवर लगायतले कबुल गरेका पूर्वाधार विकासका काम तत्काल सुरु गर्न आग्रह गरेका थिए । बैठकले थप जग्गा अधिकरणका काम अगाडी बढाउने, निर्माणाधीन विमानस्थलको सामानको सुरक्षाका लागि सुरक्षा निकाय खटाउने लगाएका निर्णय समेत गरेको छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top