वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने कामदारमाथि आर्थिक भार थपिने ।

0
 मंसिर २८
वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने कामदारमाथि आर्थिक भार थपिने भएको छ । आगमी पुस १७ देखि साउदी, ओमन र बहराइन जाने कामदारले अहिलेकोभन्दा थप एक हजार १ सय रुपैयाँ बढी शुल्क तिर्नुपर्ने भएको छ ।

खाडी क्षेत्रका देशहरुको संगठन गल्फ अपरेसन काउन्सिलको स्वास्थ्य मन्त्रीहरुको परिषदले विदेशबाट लिने कामदारका मेडिकल परीक्षणका लागि रजिष्ट्रेशन शुल्कको नाममा १० डलर बढाएका वैदेशिक रोजगार ब्यवसायी संघका महासचिव रोहन गुरुङले जानकारी दिए ।

यि देशमा रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने गाम्का नेपालले जनवरी १ देखि निर्णय कार्यान्वय हुने जानकारी दिएको छ । अहिले ५५ सय रहेको मेडिकल शुल्क अब झण्डै ६६ सय पुग्नेछ । अहिले यो संस्थाअन्तरगत स्वास्थ्य परीक्षण गरिरहेका १२ वटा मेडिकल सेन्टरले शुल्क बढाएर लिनेछन् ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top