प्रथम भिरकोट महोत्सव नजिकिदैै बेहुुलीझै सिंगारियो बयरघारी बजार।

0
२०७३ मङ्सिर ३० बिहीबार
स्याङ्जा :"स्याङ्जाको कान्छो नगरपालिका भीरकोटमा हुन लागेको महोत्सवको मिति नजिकिदै छ । पौष ८ गतेदेखि १८ गते सम्म संचालन हुने प्रथम भीरकोट महोत्सवको तयारी तिब्र गतिमा अगाडी बढाइएको छ । स्थानीय कृषि, पर्यटन र लोक संस्कृतिको जर्गेना गर्ने उदेश्यका साथ आयोजना हुन लागेको महोत्सवका लागि आयोजक खटेर लागेका छन् । नगरपालिका घोषणा भएको एक बर्ष नपुग्दै नगर उद्योग वाणिज्य संघमा परिणत भएको भीरकोट उद्योग वाणिज्य संघले पहिलो पटक पश्चिमाञ्चल स्तरीय महोत्सव आयोजना गर्न लागेको हो ।

महोत्सव भीरकोटलाई राष्ट्र तथा अन्तराष्ट्रिय स्तर सम्म चिनाउनका लागि आयोजना गर्न लागेका हौं प्रथम भीरकोट महोत्सव २०७३ का मुल आयोजक समितिका संयोजक हर्कबहादुर गुरुङ्ले भने,“नगरीभित्र रहेका कृषि, पर्यटन, लोकसंस्कृतिको विभिन्न जातजातीको भेषभुषालाई प्रचारप्रसार र उथान गर्नु महोत्सवको मुल मन्त्र हो ।” महोत्सवले भीरकोट मात्रै नभएर स्याङ्जाको पहिचानलाई अझै गरिमा बढाउने काम गर्ने छ संयोजक गुरुङ्ले थपे । महोत्सवलाई सफल बनाउन आयोजकले विभिन्न ठाँउमा तुल व्यानर र ध्वँजापतकाले बजार सिंगारिएको छ ।

विभिन्न संघसंस्था, स्थानीय युवा क्लव, आमा समुह, उद्योगी व्यवसायीले तुल र व्यानर सहित ध्वजा पतकाले बजार सिंगारिदा बयरघारी बजार साच्चिकै उज्यालो बनाएको देख्न सकिन्छ । महोत्सवमा दर्शक भित्राउन प्रचार प्रसारलाई व्यापकता दिएका छौं महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक कमलप्रसाद त्रिपाठीले भने,“महोत्सवको जति मिति नजिकिएको छ उति प्रचार प्रसारलाई प्रथामिकता दिएका छौं ।” भीरकोट महोत्सव सफल हुनु भनेको सबै भीरकोटवासीको सफलता हुने विश्वास हामीले लिएका छौं । महोत्सवको रौनकता प्रदान गर्न राष्ट्रिय स्तरका लोक कलाकार, हास्य कलाकारहरुको समेत बेजो प्रस्तुती रहने आयोजकको भनाई छ ।

महोत्सवले खास गरी स्थानीय स्तरमा लुकेका र बजार नपाएका बस्तुहरुको खोजी गर्ने प्रमुख भुमिका रहनेछ महोत्सवका आर्थि संयोजक जगदिश कोइरालाले भने,“उत्पादीत कृषि सामाग्रीको बजारीकरणका साथै पर्यटन क्षेत्रको प्रचारप्रसार र लोकसंस्कृतिको जर्गेना गर्ने प्रमुख दायीत्व हुनेछ ।” ३ करोडको कारोवार र २ लाख ५० हजार दर्शक भित्राउने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको आर्थिक संयोजक कोइरालाले भने ।

 धार्मिक पर्यटकीय क्षेत्र लुम्विनी र सुन्दर पयटकीय शहर पोखराको मध्य भागमा पर्ने भीरकोट महोत्सवले स्थानीय स्तरमा रहेका पर्यटन, साँस्कृतिक, कृषिको विकासका लागि महोत्सव कोशेढुङ्गा सावित हुने आयोजकको विश्वास छ । भीरकोट नगरपालिका कृषि, पर्यटन र साँस्कृतिक विविधाले भरिएको नगरी भएकाले पनि यसको पहिचान र प्रचार प्रसार हुन सके पर्यटकीय नगरीका रुपमा परिचित हुन सक्ने देखिन्छ ।

 विभिन्न जातजातीको बसोवास रहेको भीरकोट नगरीलाई महोत्सवको माध्यमबाट सम्पूर्ण जातजातीको कल्चरलाई बाहिर ल्याउने काममा सघाउ पुग्ने विश्वासका साथ आयोजक लागि परेको छ ।

महोत्सवमा कृषिमा सुन्तला, कफी, अदुवा लगायत स्थनीय स्तरमा उत्पादीत मौसमी तथा बेमौसमी तरकारीहरुको प्रदर्शनी, विभिन्न दुधका परिकार, प्यारगलाईडिङबाट विभिन्न दृश्य अवलोकन, लामो सुरुङ मार्गको रुपमा चिनिने गडहरे गुफा, बनस्पति बाटिका अवलोकन लगायत महोत्सवका आर्कषणका रुपमा रहेका छन् ।
(हाम्रो कुरा बाट शाभार)
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top