२४० मेगावाट बिजुली चोरी ,सुरक्षा निकायले सहयोग गरे १० प्रतिशत तत्काल घटाउन सकिने।

0
मंसिर २८,२०७३

बिजुली चुहावट हुने गरेको खुलासा
सोमवार विद्युत चुहावट नियन्त्रण सम्बन्धी प्रधानमन्त्री कार्यालयमा आयोजित समन्वयात्मक बैठकमा उनले यस्तो बताएका हुन् ।
हाल आपूर्ति भइरहेको कुल ९ सय मेगावाट मध्ये २४० मेगावाट अर्थात २६ प्रतिशत चुहावट भइरहेको जानकारी दिएका छन् । यसमध्ये १२ प्रतिशत मात्र प्राविधिक चुहावट र १४ प्रतिशत गैर प्राविधिक चुहावट भइरहेको उनले बताए  ।
विद्युत प्रसारणलाइन र उपकरणको कारण हुने चुहावटलाई प्राविधिक चुहावट भनिएको छ ।
हुकिङ लगायत अन्य विधिबाट हुने चोरी गैरप्राविधिक चुहावट हो । सबैभन्दा बढी बिजुली चुहावट जनकपुर क्षेत्रमा भइरहेको उनले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा मात्र ७० प्रतिशत चोरीमार्फत चुहावट भइरहेको छ ।
रातीको समयमा जनकपुर क्षेत्रमा एक सय प्रतिशतसम्म विद्युत चुहावट हुने गरेको घिसिङले जानकारी दिए । उनले चुहावट नियन्त्रणको लागि ‘म्यासिभ’ खालको अभियान संचालन गर्नुपर्ने र त्यस्तो अभियानमा सुरक्षा निकायको सहयोग अनिवार्य रहेको बताए । घिसिङले विद्युत चोरीमा संलग्नलाई नियन्त्रणमा लिए पनि राजनीतिक दबावका कारण २ दिन पनि थुन्न नसकिएको गुनासो गरेका थिए ।
उनले सुरक्षा निकायले पर्याप्त सहयोग गरेमा केही समयमै विद्युत चुहावट १० प्रतिशतले घटाउन सकिने  दाबी गरे । एक प्रतिशत विद्युत चुहावट नियन्त्रण भए ५० करोड रुपैयाँ  आम्दानी बढाउन सकिने  उनले जानकारी दिए । कार्यकारी निर्देशक घिसिङले अत्यधिक चुहावट हुने क्षेत्रमा विद्युत कटौति गर्ने र चोरीमा संलग्न ठूला ग्राहकको लाइन ३ महिनासम्म काट्ने तयारी भइरहेको समेत जानकारी दिए ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top