जापानमा कागजपत्र खोसेर सयौं नेपाली युवतीमाथि यौन शोषण ।

0
December 12, 2016

टोकियो, २७ मंसिर - राहदानी लगायतका निजी कागजपत्र नियन्त्रणमा लिएर जापान आएका सयौं नेपाली विद्यार्थीमाथि यौन शोषण भइरहेको तथ्य सार्वजनिक भएको छ। नेपाली दलाल तथा शैक्षिक परामर्शदा कम्पनीसँगको मिलेमतोमा जापान सरकारले प्रदान गर्ने जाइरयूउ कार्ड बीमा कार्ड समेत स्कूलले खोसेर नेपाली युवतीहरूमाथि यौन शोषण भएको वास्तवकिता सार्वजनिक भएको हो।

अध्ययनका लागि आएका २ हजारभन्दा बढी नेपाली ओकिनावामा बसोबास गर्छन्। यी मध्ये धेरैजसो युवती छन्। उनीहरूका कागजपत्र आफूसँग छैनन्। युवतीमाथि यौन शोषण गर्न निजी कागजात कब्जामा लिइएको  हो। यति ठूलो संख्यामा नेपाली युवतीको यौन शोषण भइरहेको घटना जापानमा पहिलो पटक सार्वजनिक भएको हो।

जापानको ओकिनावा टापुमा अध्ययनरत नेपालीहरु यसरी पीडित बनेका हुन्। भाषा विद्यालयमा पढ्न आएका विद्यार्थी विभिन्न बाहानामा भाग्न थालेको भन्दै सो क्षेत्रका स्कूलहरुले यस्तो कदम चालेका बताएका छन्। नेपालीलाई ओकिनावासम्म पुर्याउने नेपाली दलाल तथा शैक्षिक परामर्शदाता संस्थाहरुकै सल्लाहमा उनीहरुका कागजपत्र खोसेर मानवअधिकारको चरम उल्लंघन गरिएको जापानी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

’निजी जीवनसँग सम्बन्धित जाइरयूउ तथा बीमा कार्ड विद्यालयले नियन्त्रणमा लिनू गैरकानी हो। नेपाली दलाल तथा परामर्शदाता कम्पनीकै सल्लाहमा बाध्य भएर विद्यालयहरुले यस्तो कदम चालेको बताएका छन्’, स्थानीय ओकिनावा टाइम्सले भनको छ।

अध्ययनका लागि आएका २ हजारभन्दा बढी नेपाली ओकिनावामा बसोबास गर्छन्। यी मध्ये धेरैजसो युवती छन्। उनीहरूमध्ये अधिकांशका कागजपत्र आफूसँग छैनन्। सो पत्रिकाले एक वर्ष लगाएर गरेको खोजले नेपाली युवतीमाथि यौन शोषण गर्न निजी कागजात कब्जामा लिएको तथ्य बाहिर आएको हो।

जापानमा यति ठूलो संख्यामा नेपाली युवतीको यौन शोषण भइरहेको घटना पहिलो पटक सार्वजनिक भएको हो।  विद्यालय सञ्चालकहरुले नेपाली दलाल तथा कन्सल्टेन्सीको सुझावअनुसार अघि बढ्दा कानुनी फन्दामा पर्ने देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। जापानी भाषा कमजोर रहेका एवं थौरै पैसा भएकाहरु ओकिनावामा अझ पीडित छन्। नयाँ आएका नेपाली युवतीहरुलाई काम लगाए बापत पैसा माग्ने र पैसा नभएको थाहा पाए यौन सम्पर्कका लागि प्रस्ताव राख्ने गरेको खुलेको छ।

नेपाली कन्सल्ट्यान्सी तथा दलालहरुले नै युवतीलाई फन्दामा पार्न थालेपछि त्यहाँबाट भाग्ने घटना बाक्लै हुन थलेका छन्। ’सो क्षेत्रमा रहेका कम्पनी तथा काम दिलाउने कम्पनीहरुले समेत यौन शोषण गर्ने गरेका छन्। यो बाहेक नेपाली विद्यार्थीको हकमा जापान सरकारले निर्धारण गरेको २८ घन्टाभन्दा बढी काममा लगाउने, प्रतिघन्टाको पैसा पनि अन्यको तुलनामा थोरै दिने गरेका छन्’, सो पत्रिकाले भनेको छ।

ओकिनावा क्षेत्रमा रहेका नेपालीहरु तरकारी काट्ने, खेतीपाती, माछामासु काट्ने जस्ता सबैभन्दा तल्लो स्तरका काममा रोजगारीमा छन्। केही नेपाली युवती अवैध डान्सबार तथा रेष्टुराँमा समेत काम गर्दै आएका छन्। नागरिक दैनिकमा खबर छ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top