२८ मंसिर
स्याङजाको पर्यटकीय गाविस स्वरेकमा एबुलेन्स संचालन गर्न चलाइएको अभियानको एक कार्यक्रममा बो्ल्ने बक्ताहरुले सफलताको कामना गरेका छन् ।
स्वरेकमा स्थापना भएको नमुना स्वरेक सहयोगी समाजको प्रथम साधारण सभामा बोल्ने अधिकांश बक्ताहरुले ग्रामीण क्षेत्रमा एम्बुलेन्स सञ्चालन गर्न शुरु गरिएको अभियानले नजिकका गाविसहरुमा पनि राम्रो शन्देस गएको बताएका छन् ।
साधारण सभाको उद्घाटन गर्दे स्याङजाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्थीले स्वरेकीहरु उत्साह र सहकार्यले एम्बुलेन्स अभियान पुर्ण सफल हुने बताउदै आफ्नो तर्फ सहयोग गर्न तयार रहेको बचन दिनुभयो ।
उहाँले स्वरेकमा सञ्चालन हुने एम्बुलेन्स नमुना तरिकाले सञ्चालन हुने र अन्य ठाँउमा सञ्चालनमा आउन नसकेका एम्बुलेन्सको लागि पनि ठुलो पाठ हुने बताउनु भयो ।
स्वरेक गाविसका निर्बतमान अध्यक्ष छायाराम खनालले स्वरेक एम्बुलेन्स सञ्चालन अभियान शुरु गर्ने अभियन्ताहरु लाई बधाई ज्ञापन गर्दे अब एक घर कम्तीमा नमुना स्वरेक सहयोगी समाजको आजिवन सदस्य अनिबार्य बन्ने प्रस्ताव गर्नुभयो ।
उहाले इच्छाशक्ति भए एम्बुलेन्स सञ्चालन चुनौती नभएको बताउनु भयो । एनआरएन कतारका कोषाध्क्ष भेषराज पराजुलीले कतारमा रहेका स्वरेकीहरुले नमुना स्वरेक सामाजिक कोषको पहलमा शुरु भएको अभियान अहिले सवैको साझा अभियान भएकोमा खुशी ब्यक्त गर्दे सक्दो सहयोग गर्न सवै लाई आग्रह गर्नुभयो ।
नेपाली काग्रेसका स्वरेक गाविस सभापती टिकाराम पराजुलीले सवैको सहकार्य आबश्य रहेकोमा जोड दिनु भयो । नेकपा एमालेका स्वरेक गाविस अध्यक्ष कमल पंगेनी एम्बुलेन्स सञ्चालन चुनौती रहेको बताउनु भयो । चुनौतीको समाधानका लागि सहकार्य गर्दे अगाडि बढ्ने उहाको भनाई थियो । पत्रकार महासंघ स्याङजाका कोषाध्यक्ष एवं प्रेस सेन्टर स्याङजा अध्यक्ष अर्जुन काफ्ले स्वरेकमा सञ्चालन भएको अभियान शुन्दर अभियान भएको भन्दै प्रसंसा गर्नुभयो । उहाले स्वरेक पर्यटकीय क्षेत्र पनि भएकोले स्वरेकमा एम्बुलेन्स संचालन गर्न जरुरी भएको बताउनु भयो ।
कार्यक्रममा नेपाल तरुण दल स्वरेकका नगेन्द्र पराजुली, भैरव कालिका आमा समुहका अध्यक्ष शसि सेन लगायतले मन्तब्य राख्नुभएको कार्यक्रममा समाजका अध्यक्ष घनश्याम पाण्डेयले अभियान अन्तिम अन्तिम चरणमा पुगेको बताउदै अभियानमा खुलेर सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले आफुहरुले कुनै नयाँ काम नभई मात्रै नयाँ तरिकाले एम्बुलेन्स् सञ्चालन गर्ने सोच बनाएको बताउनु भयो । अहिले सम्म झण्डै १६ लाख घोषणा र ६ लाख रकम संकलन भएको पाण्डेयले बताउनु भयो ।
कार्यक्रममा समाज सेवी यमलाल शर्मा पंगेनीले सस्थाको उद्देश्य बारे प्रकाश पार्नुभएको थियो भने । सस्थाका सचिव इन्द्र प्रसाद पराजुली नबराजले सञ्चालन एवं सस्थाको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम समाजका अध्यक्ष घनश्याम पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको थियो । यसै विच स्वरेक पाँच माझथर घर भई हाल दुबईमा कार्यरत मञ्जु सेनले अभियानमा १० हजार सहयोग गर्नुभएको छभने स्वरेक ५ मामmथर घर हुनुभएका युवा समाजसेवी तील बहादुर सेनले १० हजार सहयोग गर्नुभएको छ ।


