कांग्रेस महामन्त्री सशांक कोइराला स्याङ्जाको मल्याङ्कोट जाँदै ।

0
November 07, 2016
स्याङ्जा - नेपाली काङ्ग्रेसका महामन्त्री तथा बिपि पुत्र डा सशांक कोइराला यहि कार्तिक २९ गते स्याङ्जा जाने भएका छन्। जस्तोसुकै बिषम परिस्थितिमा पनि देश र जनताको निमित्त आफ्नो छुट्टै छवि प्रस्तुत गरि देशको बिकास र सक्षमतामा मात्र ध्यान दिने माननीय प्रा. डा. सशांक कोइरालाको बाहुलिबाट श्री राम मन्दिर उच्च मा बि को नवनिर्मित भवन समुद्घाटन गरिने भएको छ।

ख्यातिप्राप्त राष्ट्रिय कलाकार रामजी खाड, शिव हमाल देबि घर्ती मोहन खड्का हास्यकलाकार कमल बस्याल चटपटे लगाएतको बेजोड  साङ्गितिक प्रस्तुतिको साथमा हुने बिधालय को ४२ औं बार्षिक उत्सब तथा अभिभावक दिवसको अवसर पारी उक्त कार्यक्रम गर्नलागिएको बिधालय ब्यबस्थापन समिति अध्यक्ष तथा ग्रामीण स्याङ्जा बिकासका प्रयाय भनेर चिनिने  नेपाली काङ्ग्रेस स्याङ्जा महाधिवेशन प्रतिनिधि शिव कुमार गिरिले जानकारी दिनुभयो।

गिरीले जानकारी दिदै भन्नुभयो यो राष्ट्र को हस्ती डा  सशांक कोइराला स्याङ्जा आउने भएपछि कार्यक्रम को तयारिलाई तीब्र पारिएको छ।ठाउठाउमा स्वागत गेट निर्माण र मञ्च निर्माण नेपाली काङ्ग्रेस जिल्ला सदस्य बिक्रम सारु र शिक्षक लक्ष्मण सारुको नेतृत्वमा, प्रचारप्रसारमा तरुण नेता बिश्वास पुरी र ने बि संघ क्षेत्रीय सभापति धनराज पौडेल को नेतृत्व मा गठित समिती खटिएको छ।

साथै उहाले भन्नुभयो सशांक कोइरालाको शुरक्षाका निमित्त सुरक्षा को सम्पुर्ण तयारी पनि  पूरा भएको र जसमा नेपाल प्रहरी, ससस्त्र प्रहरी  तरुणदल,ने बि संघ, र स्वयंसेवकहरुले सहयोग गर्ने भएको छ।कार्यक्रम मा करिव ३०० तरुण, नेबि संघ का स्वयंसेवक परिचालन गरिने तरुणदल मल्याङ्कोट अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो।उक्त कार्यक्रमलाई लक्षित गरि बिधालय लाई दुलही जस्तै सिगारिएको छ साथै बिद्यालय को पनि तयारी पूरा भएको प्राचार्य अर्जुन कुमार खाडले बताउनुभयो ।

बिपि पुत्र सशांक कोइराला स्याङ्जा आउने भए पछि छिमेकी गाबिस सेखाम, साखर, क्याक्मी, चिन्नेवास,  मनकामना, लगाएतका गाबिसका सर्वदलीय संयन्त्र ले ज्याग्दी गाउँपालिकाको विषय मागपत्र बुझाउने नेपाली काङ्ग्रेस मल्याङ्कोट सभापति बम बहादुर हमालले बताउनुभयो।उक्त दिन स्थानीय पन्चेबाजा, कौडानाच, झाकी सहित प्रस्तुत गरिने भएको छ ।

ग्रामीण पर्यटन को निम्ति र समग्र ज्याग्दीबासीको बिकासको निम्ति पनि यो कार्यक्रमलाई महत्वका साथ हेरिएको छ।तसर्थ उक्त दिन उपस्तिथि को लागि हार्दिक अनुरोध गर्दछौ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top