साउदी सरकारले गर्यो भिषा शुल्कमा भारी बुद्धी।

0
saturday 01/october 2016
साउदीको भिषा शुल्कमा भोलीदेखि भारी बृद्धी गर्ने भयको खबर छ ।
तेलको मूल्यमा अाएको भारी गिरावटका कारण साउदी अरबले सरकारी खर्च धान्न समेत तेल बाहेकका राजश्व संकलनका कैयन बैकल्पिक (अतिरिक्त स्रोतहरू) खोज्ने क्रममा भोलीदेखि नै लागू हुने गरी भिषा शुल्कमा भारी बृद्धी गर्दैछ । यस अघि मात्र २५ रियालमा पाइने भिजिट भिषाका लागि अब २,००० (दुर्इ हजार) रियाल तिर्नुपर्ने छ, ५०० रियालमा पाइने ६ महिनाको मल्टिपल भिषाका लागि अब ३,००० रियाल तिर्नुपर्नेछ र दुर्इ महिना भन्दा बढी अवधिका लागि छुट्टीमा जानेहरूले अब प्रत्येक महिनाको १०० रियालका दरले अतिरिक्त शुल्क तिर्नुपर्ने छ । यस अघि नै इकामा (अावासिय अनुमति पत्र)को शुल्कमा गरेको यस्तै भारी बृद्धीका कारण कामदार तथा रोजगारदाता कम्पनीहरूमा अतिरिक्त भार परेकै थियो । यस पटकका यी थप बृद्धीहरूले साउदी अरबको रोजगार तथा यहांको बसार्इ तथा घुमफिर थप खर्चिलो बन्ने भएको छ । कुनै पनि नेपालीहरूको साउदीमा स्थार्इ भबिश्य (बसार्इ सरार्इ, नागरिकता, पिअार या ग्रिनकार्ड जस्ता सुविधा र अधिकार) त थिएन नै, अब सुखद भबिश्यका लागि अस्थार्इ रोजगार तथा अाप्रबासनका लागि पनि साउदी अरब उपयुक्त गन्तब्य मुलुक हो या हैन? एक पटक गम्भीर भएर सबैले सोंच्नै पर्ने भएको छ । स्मरण रहोस, साउदी अरबसंग नेपालको दाैत्य सम्बन्ध ४ दशक पुरानो हुनै लाग्दा पनि नेपाल र साउदी अरबका बिच अाजका दिनसम्म दुर्इ देशिय श्रम सम्झाैता हुनसकेको छैन । बैदेशिक रोजगारमा अाउने नेपाली महिला पुरूष दुबैले तुलनात्मक रूपमा कम तलब पाउने र बढी दुख, जोखिम तथा बिचल्ली खेप्नुपर्ने मुलुक पनि साउदी नै हो भन्दा सत्य निकट नै हुनजान्छ ।

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top