बिनोद ढकाल/कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको नयाँ नेतृत्वका लागि तरुण दलको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पुर्ण गुरूङ तरुणहरूलाई समेटेर संगठन गर्नका लागि आफूमा उत्साह रहेको बताए ।
‘तरुण दलले अब कांग्रेसलाई मेरुदण्डका रुपमा सहयोग गर्नुपर्छ’ तरूणदलका केन्द्रिय सदस्य तथा नेपाली काँग्रेसका पुर्ब महाधिबेशन प्रतिनीधी पुर्ण गुरूङ्ले भने, ‘अहिलेसम्म जे जसरी संगठन अगाडि बढे पनि अबको नेतृत्वले जिम्मेवारी पूर्वक काम गर्नुपर्ने बाध्यता छ । सोही कारण म तरुण दलको नेतृत्व लिन चाहन्छु ।’
२०४६ सालको आन्दोलन बाट प्रभावित भएका गुरूङ् २०५४ साल देखि कृयासिल सदस्यता लिएर पार्टीको बिभीन्न तह र तप्कामा रहेर निरन्तर पार्टीले दिएको जिम्मेवारी बहन गर्दै ईमान्दारी पुर्बक सकृय राजनिती गर्दै आएका छन।
दोस्रो ६२/६३ जनआन्दोलनमा तरूण दलको इन्चार्ज भई सफलता पुर्वक निभाएको भूमिका देखेर शिर्ष नेताहरू उनी देखि प्रभावित छन् ।गुरूङ अहिले यहि कात्तिक २७,२८ र २९ गते पर्यटकीय नगरि पोखरामा हुन लागेको तरूण दलको चौथो महाधिवेशनको लागि अध्यक्षको तयारी तिव्र रूपमा गरिरहेका छन् ।
कार्यकर्तालाई
संरक्षण
गर्ने
कार्यकर्तालाई
परेको
दुखसुखमा
सजिलै
हातमा
हात
काँधमा
काँध
मिलाएर
दुख
सुख
बाँड्ने
संगठनको
लागी
दिल
ज्यान
दिएर
लाग्ने
भएका
कारण
गुरूङ्
देशै
भरका
तरूणहरू
माँझ
निकै
लोकप्रिय
मानिन्छन ।गुरूङ लाई कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सहयोग गर्ने आश्वासन दिइसकेका छन् । उनीहरूकै बलमा गुरूङ तरुण दलको अध्यक्ष पदको तयारी गरेका हुन् । गुरूङ बि.पि.कोईरालाको सच्चा अनुयायी र नेपाली काँग्रेसको अभियन्ताको रूपमा परिचित छन् ।