पासपोर्ट हरायो भने प्रहरी तथा पत्रििका का सुचना दिनुपर्दैन चिन्ता नगर्नुहोस्

0
भदौ, २७, आँधिखोला अनलाइन ।
राहदानी (पासपोर्ट) हराए अब प्रहरी रिपोर्ट लिन नपर्ने भएको छ । राहदानी विभागले सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट रिपोर्ट ल्याउनुपर्ने व्यवस्थालाई हटाएको हो ।

प्रहरी कार्यालयबाट प्रहरी रिपोर्ट ल्याउने प्रक्रिया झन्झटिलो भएको र सर्वसाधारणले बढी सास्ती खेप्नुपरेको भन्दै राहदानी विभागले सहजताका लागि प्रहरी रिपोर्ट नचाहिने व्यवस्था लागू गरेको हो ।

नेपाल प्रहरीसँगको सहकार्यमा राहदानी विभागले प्रहरी रिपोर्ट लिन नपर्ने व्यवस्था मिलाइएको विभागका महानिर्देशक लोकबहादुर थापाले जानकारी दिए । ‘अब पत्रपत्रिकामा पनि राहदानी हरायो भनेर सूचना दिइरहनु पर्दैन’, महानिर्देशक थापाले भने, ‘सिधै राहदानी विभाग आएर जानकारी गराउन सक्छन् ।’

थापाका अनुसार पासपोर्ट हराए अब सिधै राहदानी विभागमा गएर निवेदन दिनुपर्नेछ । त्यसपछि विभागले त्यसको भेरिफाइ गरेर नेपाल प्रहरीलाई जानकारी गराउनेछ । राहदानी विभागले पठाएको इमेल नेपाल प्रहरीले बढीमा ५ मिनेट भित्रमा रिप्लाई गर्नेछ । त्यसपछि प्रहरीले इन्टरपोलमार्फत सबै देशहरुमा हराएको राहदानी नम्बर इमेल गर्छ ।

इन्टरपोलले सबै देशका विमानस्थलमा फेरि सो बारे जानकारी गराउनेछ । हराएको पासपोर्ट कसैले बोकेर हिँडे त्यो मानिस पक्राउ पर्ने महानिर्देशक थापाले बताए । राहदानी विभागले नयाँ व्यवस्था लागू भएपछि अरूको नाममा पासपोर्ट बोकेर यात्रा गर्ने, एमआरपी अरुलाई बेच्नेजस्ता काम बन्द हुने विश्वास आफूहरुले लिएको महानिर्देशक थापाले बताए ।

विगतमा सभासदहरु नै राहदानी बेच्ने कार्यमा सम्ंलग्न रहेका थिए । त्यस्तै केही महिनाअघि मलेसियाबाट आएका १० नेपाली युवा त्रिभुवन विमानस्थलमा पक्राउ परेका थिए। उनीहरुले अरुको नाममा जारी भएको एमआरपी बोकेर नेपाल आएका थिए ।

राहदानी हराए कुन क्षेत्रमा हराएको हो, क कर्गको राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गर्नुपर्दथ्यो । त्यसको अर्धकट्टी बोकेर राहदानी हराउने व्यक्ति प्रहरीकहाँ उजुरी गर्न जानु पर्दथ्यो । त्यसपछि प्रहरीले दिएको रिपोर्ट लिएर फेरि राहदानी हराउने ब्यक्ति राहदानी विभागमा गएर निवेदन दिनुपर्ने झन्झटिलो प्रक्रिया थियो ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top