स्याङ्जामा पहिलो संविधान दिवस ।

0

स्याङ्जा, ३ असोज

नेपाली जनताले आफ्नो भाग्य रेखा आफै कोर्नुपर्छ भन्ने आन्दोलन पुरा भएको एक बर्ष पुरा भएको छ । जनताले चुनेका संविधान सभाका सभाषदले लेखेको संविधान जारी भएको एक बर्ष पुरा भएको हो । संविधान जारी भएको एक बर्ष पुरा हुँदा पनि संविधान कार्यन्वयन र चुनौतिमा स्याङ्जावासीले चिन्ता व्यक्त गरेका छन् ।

सरकारले विभिन्न कार्यक्रम गरी तिन दिन सम्म नेपालको संविधान दिवस मनाउने घोषणा गरेपनि स्याङ्जावासीमा भने अन्योलता देखिएको छ । संविधान जारी भएको एक बर्ष पुरा हुँदा पनि जनताका अधिकार ज्यूँका त्यूँ हुनुले संविधान आएको वा नआएको कुनै खुशीयाली देखिदैन । तर जिल्लामा अगुवाई गर्ने राजनीतिकदल र सरकारी कर्मचारीहरुले भने आ—आफ्नै तवरले संविधान दिवस मनाएका छन् । जिल्लाका राजनीतिकदल र कर्मचारीहरु विच मैत्रिपूर्ण खेलकुदबाट शुरु गरिएको संविधान दिवसमा कुनै नागरिकको सहभागिता भने देखिदैन । संविधान जारी भएको (आज) असोज ३ गते जिल्ला विकास समित स्याङ्जाको आयोजनामा पुतलीबजार नगरपालिका सदरमुकाममा प्रभातफेरी गरिएको थियो ।

प्रभातफेरी पछि जिल्ला विकास समिति स्याङ्जाको सभाहलमा संविधान दिवसको अवसरमा प्रवचन कार्यक्रम सम्पन्न गरिएको थियो । प्रवचन कार्यक्रममा जिल्ला स्थित राजनीतिकदल, सरकारी कर्मचारी, उद्योग वाणिज्य संघ, गैह्रसरकारी संस्था लगायतका अगुवाहरुको मात्रै सहभागिता रहेको थियो । नागरिकको सहभागिता नै नभएको कार्यक्रममा राजनीतिकदलका अगुवाहरुले मुलुकमा जारी भएको संविधान चुनौति र कार्यन्वयनमा चिन्ता व्यक्त गरेका थिए । ९० प्रतिशत नेपाली जनताले चुनेका प्रतिनिधिहरु मार्फत जारी भएको संविधानमा पनि असन्तुष्ट देखिनु विडम्वना भएको बोल्ने बक्ताहरुले बताएका थिए । सरकारले हरेक कार्यक्रमलाई उल्लासपूर्ण वातावरणमा मनाउन भनेपनि अधिकांश कार्यक्रमहरु सदरमुकाम केन्द्रित हुनुले पनि नेपाली जनतालाई खल्लो महशुष हुने गर्छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख जिल्ला अधिकारी हरीप्रसाद पन्थीले भने संविधान सभाको सभाषदबाट निर्मित गरिएको संविधान रक्षा गर्ने जिम्मेवारी हामी सबै सामु आएको बताए । संविधानको महत्वपूर्ण पक्ष भनेको जनताले बनाएको संविधान हो त्यसैले यो संविधानको रक्षा गर्न सकेको खण्डमा यसले हाम्रो पनि रक्षागर्ने छ प्रजिअले भने । संविधान दिवस मनाईरहदा विवाद भन्दा पनि संविधान कार्यन्वयनमा प्रतिवद्धत हुनुपर्ने प्रजिअ पन्थीले आग्रह गरे । मुलुकमा फरक फरक फुल र फरक संस्कृतिमा बाँचेका नेपालीहरुले अपेक्षा गरे अनुरुप संविधानले अधिकार दिएको छ । आँशिक रुपमा सबैका अधिकार समेटिएको संविधानमा सबै नेपालीलाई बुझाउन वा बुझाउन नसक्दा कठिन उत्पन्न भएको हुन सक्ने नेपाली काँग्रेसका जिल्ला सचिव कुमार रानाले बताए । संविधान कार्यन्वयनमा चुनौति हामी सामु आएपनि नीति गत भन्दा पनि मानसिक संकट बढी र एकले अर्काको अस्थित्व स्विकार्न नसक्दाको संकटले कठिन भएको रानाले बताए ।

अहिले प्रतिपक्षको भुमिका निर्वाह गरेको एमाले जिल्ला सचिव सुधिर पौडेलले मुलुकमा जारी भएको संविधानको विशेषता नै लचकता भएको र परिवर्तित संविधान भएको प्रष्ट पारेका छन् । तर परिवर्तित भन्ने नाँउमा मुलुकलाई अफठ्यारो पारेर संशोधन हुन लागेको प्रति इंकित गर्दै पौडेलले चिन्ता मान्नु पर्ने अवस्था आएको बताए । जारी भएको संविधान कलिलो र नावालक रहेको औल्याउदै एमालेका सचिव पौडेलले यसलाई फुलाउने, फलाउने जिम्मेवारी हामी सामु आएको बताए । प्रवचन कार्यक्रममा नेकपा माओवादी केन्द्रका नारायाणप्रसाद लम्साल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्रे, नयाँ शक्ति पार्टीका संयोजक शोभाखर ढकाल, नेपाल महिला संघ केन्द्रीय सदस्य नन्दकुमारी लम्साल, जिल्ला पर्यटन विकास समिति उपाध्यक्ष अनन्तकुमार श्रेष्ठ, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नवराज सुवेदी, उदयबहादुर पराजुली लगायतका बक्ताहरुले सर्वमान्य संविधान भएपनि सबै जातजाती, भाषाभाषीहरुको आंशिक अधिकारका कारण संविधान कार्यन्वयनमा चुनौती देखिएको बताएका थिए ।

नेपाली जनताले ठुलो बलिदान दिएर आएको संविधान कार्यन्वयन नभएमा फेरी गरिविको संकट व्यहोर्नुपर्ने अवस्था देखिने छ । संविधान दिवस मनाइरहदा दुरदराजमा बसेका हरेक नेपालीले यो दिवसको महत्व थाहा पाउनु आवश्यकता पनि देखिन्छ । तर यस्ता कार्यक्रमहरु सदरमुकाममा केन्द्रित हुदा दुरदराजमा बसेका नेपालीलाई संविधान दिवसको अवसर थाहा नपाउनु दुःखद भएको छ । स्याङ्जाका स्थानीय विकास अधिकारी तथा कार्यक्रममका अध्यक्ष समेत रहेका महेश भट्टराईले भने पहिलो पटक संविधान सभाबाट संविधान पाएकोमा हामी भाग्यमानी रहेको बताए ।

सबै राजनीतिकदलहरु एकठाँउमा नआए सम्म जारी भएको संविधान कार्यन्वयनमा चुनौती देखिन्छ भने दुर दराजमा रहेका नेपालीहरुलाई पनि संविधान दिवसको खुशीयालीमा रमाउने वातावरण मिलाउन सकियो भने पनि थप टेवा मिल्ने देखिन्छ । सदरमुकाम र कोठामा बसेर मनाउने दिवसको औचित्य कस्तो होला त्यो भने हेर्न बाँकी रहने छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top