Monday september 19
दक्षिण कोरिया।
स्याङ्जा परिवार गणतन्त्र कोरिया को नवौं सधारणसभा राजु भण्डारी को नेतृत्व मा पन्द्र सदस्यीबय नयाँ कार्यसमिति चयन गरि सम्पन्न भएको छ। सद्भभाव संगै बिताउ प्रदेशी जीवन ” भन्ने मुल नाराका साथ सन १९९७ मा स्थापना भई विभिन्न सामाजिक कार्यमा सक्रिय स्याङ्जा परिवार दक्षिण कोरिया को नवौं साधारण सभा तथा अधिबेशन गत सेप्टेम्बर १६ मा दक्षिण कोरियाको राजधानी सोल स्थिती नेपाल हाउसमा सम्पन्न भएको हो।
नव निर्वाचित कार्यसमितिमा अध्यक्ष राजु भण्डारी ,बरिस्ठ उपाध्यक्ष वाइ वि राना ,उपाध्यक्ष किसान गुरुङ,सचीव वम्जन गुरुङ,स- सचिव कमल कान्त खनाल ,कोषाध्यक्ष बिजय थापा,स -कोषाध्यक्ष नेत्र पौडेल,सदस्यहरुमा पुर्ण गुरुङ, चोलाकान्त सुवेदी , प्रकाश भट्टराई ,खेमनारायण चापागाइ, माधव पाण्डे , दिपक भुसाल,मोहन भट्टराई रहनु भएको छ। नयाँ कार्य समिति लाई सहि मार्ग निर्देश गर्न तथा चुस्त रुपमा अधि बढाउन छिट्टै सल्लाहकार हरु तथा खेलकुद बिभाग , संचार बिभाग ,सांस्कृतिक बिभाग लगायत का प्रमुख हरु को मनोनयन आगामी पहिलो बैठक ले गर्ने नव निर्वाचित सचीव बम्जन गुरुङले जानाकरी दिनुभएको छ।
कार्यक्रममा स्याङ्जा परिवार अन्तर्गत रहेर सामाजिक कार्यमा योगदान गरेका युवराज गुरुङ , नगेन्द्र गुरुङ र भुमिजंग रानालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। साथै पुर्व अध्यक्षहरु तथा सल्लाहकारहरु द्वय हेम थापा मगर र मिलन रानालाई सम्मान तथा बिदाई पनि गरिएको थियो।
ठूलो संख्यामा कोरिया बासी नेपाली हरुको उपस्थिति रहेको सो कार्यक्रम मा परिवारका सह-सचीव भक्ती थापाले संस्थाको प्रगती विवरण प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्षको अनुपस्थितमा सचिव कुमार थापाले आर्थिक प्रतिबेदन पेस गर्नुभएको थियो। ठूलो मात्रामा बचत रहेको र आर्थिक पारदर्शीता देखिएको भन्दै उपस्तिथि स्याङ्जालि हरुले खुशीका साथ सो प्रतिबेदन पास गरेका थिय।
कार्यक्रम प्रमुख अतिथी नेपाली राजदुतावास का सहचारि रमेश गैह्रे,पुर्व अध्यक्ष धर्म गुरुङ ,साथै अन्य बक्ताहरु झक ब.थापा,हेम थापा मगर,गुप्त गुरुङ ,मिलन राना ,भावाना गुरुङ खोम बहादुर गुरुङ ,लगायत का वक्ताहरुले मन्तव्य राख्नुभएको थियो। स्याङ्जालिहरु एक ढिक्का भएर आइपर्ने सक्ने समस्या समाधान गर्न हातेमालो गर्नुपर्ने, प्रवास मा सामाजिक काम मा अझै धेरै सकृय भएर स्याङ्जा परिवारलाई एउटा उदाहरणिय संस्था को रुपमा अगाडि बढाउनु पर्नेमा बक्ताहरुले जोड दिनु भएको थियो।
नेपाली राजदुतावास कोरिया का सहचारी रमेश गैह्रेको प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रममा सह- सचीव भक्त थापाले स्वागत मन्तव्य दिनुभएको थियो भने संस्था का सचीव कुमार थापाले संचालन गर्नु भएको थियो।
स्याङ्जा परिवारद्वारा दक्षिण कोरियमा भब्यरुपमा नवौ साधारणसभा सम्पन्न ।
September 19, 2016
0
Tags