विश्वशंकर पालिखेले आफ्नो प्यानल घोषणा गर्नु भएको छ ।
घोषित प्यानलमा बरिष्ठ उपाध्यक्ष रबिन्द्र ब. प्रजु , उधोग तर्फको उपाध्यक्ष गोकर्ण कार्की , बाणिज्य उपाध्यक्ष केदारनाथ भट्टराई , महासचिब दामु अधिकारी , कोषाध्यक्ष पवन प्रजापति , उपमहासचिब नबिन बराल तेसै गरी सदस्य तर्फ प्रेम बहादुर भुजेल , यदुनाथ अधिकारी , अनिल सिग्देल , देबकृष्ण काफ्ले , प्रेम प्रसाद पौडेल , किसन सुनार , पवित्रा गुरुगं , गीता कुमारी तिवारी ( गौतम ) , सुरेन्द्र बिजुक्छे र सीता बराल रहेका छन । यो समुहको तर्फ बाट समग्र पोखराका ब्याबसायीहरुको हित र सम्बृद्दीका लागी सबै क्षेत्र , वर्ग र लिगं लाई समेट्ने गरी सबैको चाहना र उदेस्य पुरा गर्ने बिस्वास सहित चुनावी प्रतिबद्धता - पत्र सार्बजानीक गरेको छ । हाम्रा समाचारदाता संगको भेटको क्रममा अध्यक्षका प्रत्यासी विश्वशंकर पालिखेले सबैलाई राजनिती गर्ने स्वतन्त्रता भए पनि पोखरा उधोग बाणिज्य संध जस्तो स्वतन्त्र सामाजिक संस्थामा कसैले पनि राजनीति गन्ध देखाउन नहुने कुरामा जोड दिदै ब्यापारी मतदाताहरुलाई आफ्नो स्वविवेक प्रयोग गर्दै समाबेसी समुहलाई अत्याधिक बहुमतले बिजय गराउन आग्रह गर्नु भयो । हिजो मात्र अध्यक्षका अर्का प्रत्यासी देब क्षेत्रीले आफ्नो टिम सहित प्यानलको घोषणा गरेता पनि विश्वशंकर पालिखे ,दामु अधिकारी र केदारनाथ भट्टराई सहितको समाबेसी समुहले चुनाब ढुक्क संग जित्ने कुरा ब्यापारी मतदाताहरुले बताए ।